जलविद्युतमा नागरिकको लगानी, यस्तो हुने छ प्रक्रिया र प्रतिफल

  • Get News Alerts

उर्जामन्त्रालयले सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा २४ घण्टामै उत्साहजनक प्रतिवद्धता आएपछि उर्जामन्त्रालय यसमा हौसिएको छ। विशेषगरी यो आयोजनामा प्रत्यक्ष रुपमा संलग्न टिम धेरै नै उत्साहित भएको छ। 
 
सोमवार उक्त योजनाअन्तर्गत जलविद्युतमा जनताको लगनी कति आउछ भनेर प्रतिवद्धता माग गर्दै वेवसाइट लन्च गरेकोमा मंगलबारसम्म ५७ करोड रुपैयाँको लागनी प्रतिबद्धता प्राप्त भएको थियो। जनताको सहभागिता उत्साहजनक भएको अधिकारीहरुले बताएका छन्। 
 
नेपालभित्रको आन्तरिक वित्तीय स्रोतलाई जलविद्युतको विकासका लागि अधिकतम उपयोग गर्नेगरी उर्जामन्त्री  जनार्दन शर्माले ल्याएको कार्ययोजना अनुसार अगाडि सारिएको यो कार्यक्रममा सर्वसाधारणको लगानी प्रतिबद्धता माग गर्दै वेवसाइट सार्वजनिक गरिएको थियो। 
 
सरकार मातहतका वित्तीय संस्थाहरु, नीजि वित्तीय संस्थाहरु, कल्याणकारी कोषहरु, रेमिट्यान्स्  राष्ट्र सेवक कर्मचारी, शिक्षक, संचारकर्मी, मजदुरहरु एवं सर्वसाधारणले आयोजना बनाउको लागि सुरु गरिएको कार्यक्रम संचालनमा महत्वपुर्ण भुमिका निर्वाह गरिररहेका मन्त्रीका स्वकीय सचिव बसन्त शर्माले जानकारी दिए।
 
यस्तो छ लगानीको प्रक्रिया
हाल सर्वसाधारणले कति लगानी गर्न सक्छन् भनेर उनीहरुको प्रतिवद्धता माग गर्ने काम भएको र यसको ठोस आकार आएपछि सरकारले आयोजना सर्वाजनिक गर्ने छ। कार्यविधि अनुसार लगानीको प्रक्रिया निर्धारित हुने उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। 
 
हाल विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनाहरुको सूची बनाएर हालकै वेवसाइटमा राखिने र ति आयोजनाबाट हुनसक्ने सम्भावित प्रतिफलसमेत समावेस गरिने उनले बताए। 
 
लागनीको प्रतिबद्धता गरेका सर्वसाधारणले अप्पर अरुण, दुधकोशी र तमोर, मध्यका सुनकोशी ३ र लाङटाङ तथा पश्चिमका नलसिङगाड, उत्तरगंगा, नौमुरे र तिला जस्ता आयोजनामा लगानी गर्न सक्नेछन्। 
 
कुनै पनि नागरिकले प्रतिबद्धता गरेको रकममा फेरवदल गर्न पाउने यो प्रक्रियामा आयोजनाको छनौट गरेर वेवसाइटमा राखिने खातानम्बरमा रकम जम्मा गर्नेछन्। जुन जम्मा गरेको भौचर मन्त्रालयमा प्राप्त भइसकेपछि औपचारिक रुपमा लागनी हुने छ। 
 
आयोजनाको निर्माण भने नेपाल विद्युत  प्राधिकरण,हालै बनेको विद्युत उत्पादन कम्पनी तथा अन्य समितिहरुबाट निर्माण गरिने उर्जामन्त्रालयले जानकारी दिएको छ। 
 
प्रतिफलको ग्यारेन्टी कसरी हुन्छ? 
प्रतिबद्धताले ठोस आकार लिएपछि अध्ययन सकिएका आयोजनामध्ये सबैभन्दा कम लागतमा निर्माण  हुने र बढी प्रतिफल प्राप्त हुने आयोजनाहरुको छनौट गरेर फेरि  आयोजना छनौटको लागि सरकारले हालकै प्रक्रियाअनुसार वेवसाइटमा राख्ने छ। 
 
यसरी सकेसम्म बढी प्रतिफल प्राप्त हुने आयोजनालाईमात्र प्राथमिकता दिइने भएकोले लगानी सुरक्षण तथा नाफाको कुनै चिन्ता नहुने मन्त्री शर्माले बताए। नागरिकलाई मात्र होइन देशलाई पनि समृद्ध बनाउने यो कार्यक्रममा सबैले प्राप्त गर्नेबाहेक अरु केही पनि नहुने मन्त्री शर्माले विश्वास दिलाएका छन्। 
 
कार्यक्रमको निरन्तरता? 
मन्त्रीपिच्छे कार्यक्रम आउने तर मन्त्री फेरिएपछि सेलाउने नेपालको प्रवृत्तिप्रति नागरिकको आशंका रहेको छ। यस्तै हुने हो कि भनेर केही लगानीकर्ताले आशंका जनाएको भएपनि यो कार्यक्रम  सरकारकै प्राथमिकता भएकोले भ्रममा नपर्न मन्त्रीले आश्वस्त पारेका छन्। 
 
उच्च तहको राजनीतिक र प्रशासनिक नेतृत्वसँगको सहकार्यमै यो कार्यक्रमको रुपरेखा तयार भएकोले सरकार र मन्त्री फेरिनुले केही पनि  फरक नपार्ने यो अभियानकै रुपमा जारी रहने अधिकारीहरुले बताएका छन्। 
 

नेपालको पानी जनताको लगानीः कसरी भर्ने सेयर आवेदन?

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

    यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । करिब एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो । गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउछन्।

  • कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

    कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ।

  • नेपालमा लगानीमैत्री वातावरण आवश्यकः जापानी पूर्वप्रधानमन्त्री

    नेपालमा लगानीमैत्री वातावरण आवश्यकः जापानी पूर्वप्रधानमन्त्री जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताए।

  • घारखोला जलविद्युत आयोजना निर्माण सुरु

    घारखोला जलविद्युत आयोजना निर्माण सुरु अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो ।

  • घरबहाल कर न्यून सङ्कलन

    घरबहालअनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून सङ्कलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय संस्थाबाहेक अधिकांश घरधनीले न्यून कर तिर्ने गरेका छन् । उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष राजन गौतम घरबहाल कर १० प्रतिशतभन्दा कम सङ्कलन हुने गरेको बताउछन्। घरधनी र बहालमा बस्नेका बीचमा कर प्रयोजनका लागि न्यून रकमको सम्झौता हुने गरेको पाइएको छ ।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी