भक्तपुरमा पनि साझा बस गुड्ने, व्यवसायी भन्छन्: छिर्न पाउँदैन

  • Get News Alerts

साझा बसले भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गर्नेगरी रुट पर्मिटको लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ। साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भक्तपुरका स्थानीयको मागलाई ध्यानमा राख्दै रुट पर्मिटका लागि विभागलाई पत्र पठाइएको जानकारी दिए। 
 
दैनिक दस वटा बसले भक्तपुरलाई काठमाडौंको नाका कलंकीसम्म जोड्नेगरी साझाले विभागसँग रुट पर्मिट माग गरेको हो। कलंकी, त्रिपुरेश्वर, सुन्धारा, बानेश्वर, कोटेश्वर, जडिबुटी, सल्लाघारी, व्यासी कमलविनायक, जगाति, सुर्यविनायकसम्म पुग्नेगरी साझाले रुट पर्मिट मागेको छ। 
 
हाल कायम रहेको रुट कोटेश्वर, बानेश्वर, शहीदगेट, त्रिपुरेश्वर, कलंकी, स्वयम्भूलाई नै केही लामो बनाएर साझाले भक्तपुरमा सेवा सुरु गर्ने जनाएको हो। 
 
 यस सम्वन्धमा विभागले भने अध्ययन गरिरहेको र कानूनअनुसार ‘रुट पर्मिट’ दिने जनाएको छ। विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार साझाले प्रस्ताव गरेको रुट पर्मिटका लागि कानूनले कतै अवरोध नगरेकाले उसले प्रक्रियाअनुसार पाउने बताए।
 
‘रुट इजाजतसम्वन्धी मापदण्ड पुगेपछि सम्वन्धित यातायात कार्यालयले अनुमति दिन्छ’ उनले भने ‘त्यसका लागि त्यहाँका अरु व्यवसायीलाई सोध्नुपर्ने जरुरत छैन।’प्रतिस्पर्धात्मक रुपमा सेवा विस्तार गर्न खोज्नेलाई कसैले रोकतोक गर्न खोजे त्यो कानूनविपरित हुने डा. पाण्डेले स्पष्ट पारे। यातायात क्षेत्रमा सिण्डिकेट लाद्न खोजेमा त्यो कानूनविरुद्ध हुने र सजायको भागिदार हुने भन्दै विभागले साझालाई ‘रुट पर्मिट’ दिने तयारी गरेको छ। 
 
अर्कोतर्फ साझाका बसहरु ठूला भएकाले तीनकुने–सुर्यविनायक सडकखण्ड उपयुक्त रहेको विभागको भनाई छ। यदी भक्तपुरमा पनि रुट पर्मिट र संचालन गर्न पाएमा तीनै जिल्लालालाई साझा यातायातले जोड्न सक्छ।
 
हाल ललितपुरको लगनखेल, जाउलाखेल, कुपण्डोल हुँदै सुन्धारा, चक्रपथ, बसपार्कसम्म र बसपार्कदेखि सोही रुट हुँदै लगनखेलसम्म बस संचालन भइरहेको छ। 
 
साझाका कामु कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका तीनै जिल्लालाई सहज रुपमा यातायातले जोड्नका लागि पनि साझाले प्रयास थालेको हो। तर भक्तपुरमा रुट पर्मिट दिए पनि साझाका बसलाई छिर्न नदिने भन्दै त्यहाँका व्यवसायी आक्रोशित भएका छन्। 
 
सो रुटमा साझालाई पर्मिट नदिनका लागि दवाव दिइरहेका छन्। ‘हालै भक्तपुरका बस व्यवसायीहरुको बैठक बसेर कुनै पनि हालतमा साझालाई संचालन गर्न नदिइने निर्णय भएको छ’ एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने। 
 
भक्तपुरका मात्रै होइन, छाता संगठन राष्ट्रिय यातायात व्यवसायी महासंघ नै साझालाई सो रुटमा संचालन गर्न नदिने पक्षमा जुटेको छ। महासंघका महासचिव सरोज सिटौलाले निजी व्यवसायीहरुले गरेको अरबौं लगानीलाई जोखिममा पार्नेगरी सरकारले कदम चाल्न नहुने बताउँछन्। ‘राजधानीको सजिलो बाटोजति साझाले हडप्ने, निजीले सधैं भीरपाखामा मात्रै संचालन गर्नुपर्ने हो भने सरकारले हाम्रो सहयोग नमागे हुन्छ’ उनले भने।  
 
व्यवसायीलाई लात हान्ने काम सरकारले गर्न नहुने भन्दै उनले निजी क्षेत्रका यातायातहरु एकआपसमा प्रतिस्पर्धामा होमिइसकेको दावी गरे। उनले थपे ‘लामो दुरीमा सुविधासम्पन्न बसहरु चलिरहेका छन्, उच्च प्रतिस्पर्धा छ, लोकल सवारीमा पनि नयाँ नयाँ थपिने क्रम जारी छ, त्यसकारण प्रतिस्पर्धाका नाममा निजी क्षेत्रलाई मार्ने काम बन्द गर्नुपर्छ।’ 
 
शहरी क्षेत्रमा साना सवारीलाई परिमार्जन गरेर आफूहरुले नै ठूला बसहरु चलाउन तयार रहेको जानकारी दिँदै उनले आफूहरुको अरबौं लगानीको सुरक्षा गर्ने जिम्मा सरकारको पनि भएको उल्लेख गरे। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

    यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । करिब एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो । गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउछन्।

  • कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

    कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ।

  • नेपालमा लगानीमैत्री वातावरण आवश्यकः जापानी पूर्वप्रधानमन्त्री

    नेपालमा लगानीमैत्री वातावरण आवश्यकः जापानी पूर्वप्रधानमन्त्री जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताए।

  • घारखोला जलविद्युत आयोजना निर्माण सुरु

    घारखोला जलविद्युत आयोजना निर्माण सुरु अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो ।

  • घरबहाल कर न्यून सङ्कलन

    घरबहालअनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून सङ्कलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय संस्थाबाहेक अधिकांश घरधनीले न्यून कर तिर्ने गरेका छन् । उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष राजन गौतम घरबहाल कर १० प्रतिशतभन्दा कम सङ्कलन हुने गरेको बताउछन्। घरधनी र बहालमा बस्नेका बीचमा कर प्रयोजनका लागि न्यून रकमको सम्झौता हुने गरेको पाइएको छ ।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी