सरकारी राजश्वबाट आफ्नै खल्ती भर्ने यातायातका पाँच कर्मचारी निलम्बनमा

  • Get News Alerts

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँचजना कर्मचारीहरु निलम्बनमा परेका छन्। ५६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निलम्बन गरेको छ। 
 
यातायात व्यवस्था कोशी कार्यालयका प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापाल शुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले निलम्बन गरेको हो।
 
मन्त्रालयका सचिव धनबहादुर तामाङले आजका मितिदेखि लागुहुनेगरी उनीहरुलाई निलम्बन गरेका छन्। 
 
सर्वसाधारणबाट उठाइने राजश्वलाई आम्दानीमा नराखी आफै लिएर ५६ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेको देखिएकोले विस्तृत छानविनको लागि निलम्बन गरिएको स्रोतले जानकारी दिएको छ। 
 
आम्दानी र दाखिलामा ठुलो भिन्नता देखिएको र प्रारम्भिक अनुसन्धानको क्रममा कैफियत देखिँदा उनीहरुलाई  निलम्बन गरेर विस्तृत छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई पत्राचार गरिएको स्रोतले बतायो।  
 
कार्यलयका प्रमुख नयराज नेपाल निर्वाचन कार्यक्रममा खटिसकेको भएपनि निर्वाचन आयोगलाई पत्राचार गरेर उनलाई फर्काइएको छ। 
 
विभिन्न शिर्षकबाट उठ्ने राजश्व वर्षौदेखि हिनामिना गरिरहेका उनीहरुलाई कार्यालयको सबैै  कामकारबाही गर्न रोक लगाइएको छ। 
 
उनीहरु मिलेर संगठितरुमै रकम हिनामिना गर्नेगरेको पाइएको स्रोतले बताएको छ। निलम्बीतमध्येका लेखापाल शुरेश अधिकारी २ वर्ष अगाडि सरुवा गर्दा पनि रमना नलिएर जवरजस्ती यातायात कार्यलय कोशीमै बसेका थिए। 
 
कार्यालयमा दादागिरी देखाएर बसेका उनी कार्यालयप्रमुखलाई बसमा राखेर बस्नेगरेको बताइएको छ। राजनीतिक दलका नेताहरुको पावर लगाएर कार्यालयका अन्य कर्मचारी तथा माथिल्लो  दर्जाका अधिकारीहरुलाई पनि थर्काएर बसेका अधिकारीको व्यक्तिगत सम्पत्ती पनि शंकाको घेरामा परेको छ। 
 
हाललाई प्रारम्भिक अनुसन्धानबाट कैफियत देखिएको तर अख्तियारले विस्तृत अनुसन्धान गरेपछि उनीहरुलाई मुद्दा दायर हुनेछ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाहिरी चक्रपथकाे निर्माण कार्य तत्काल सुरु हुने

    बाहिरी चक्रपथकाे  निर्माण कार्य तत्काल सुरु हुने लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्य यही वर्षबाट सुरु हुने भएको छ। चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) स्वीकृत भएसँगै निर्माण कार्य सुरु हुने पक्का भएको उपत्यका विकास प्राधिकरणका

  • एडिबी र नेपालबीचको साझेदारीका ५० वर्षः एसियाको समृद्धिमा सहयोग

    एडिबी र नेपालबीचको साझेदारीका ५० वर्षः एसियाको समृद्धिमा सहयोग एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ ।

  • स्थानीय लगानीमा २५ मेगावाटको आयोजना बन्ने

    स्थानीय लगानीमा २५ मेगावाटको आयोजना बन्ने स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ। स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिए।

  • कर फर्स्यौट आयोगसँग लेखा समितिले माग्यो विवरण

    कर फर्स्यौट आयोगसँग लेखा समितिले माग्यो विवरण संसदको सार्वजनिक लेखा समितिले कर फर्स्यौट आयोगले गरेको कर फरफारक संकास्पद देखिएको भन्दै पूर्ण विवरण माग गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले उक्त आयोगसँग कसलाई किन, कसरी र कति कर मिनाहा गरिएको हो र हाल करदाताको आर्थिक अवस्था कस्तो छ? भनेर विवरण माग गर्ने निर्णय गरिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। कर फर्स्यौट ऐन २०३३ अनुसार चार्टड एकाउन्टेन्ट लुमध्वज महतको अध्यक्षतामा गठित उक्त आयोगले अन्तिम प्रतिवेदन अघिल्लो वर्ष नै सरकारलाई बुझाइसकेको छ।

  • मन्त्रालय सहित अस्पतालहरुले खानेपानीको बक्यौता तिरेनन्

    मन्त्रालय सहित अस्पतालहरुले खानेपानीको बक्यौता तिरेनन् स्वास्थ्य मन्त्रालय तथा मन्त्रालय मातहतका निकाय र सरकारी अस्पतालहरुले खानेपानीको बक्यौता रकम नतिरेको पाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बक्यौता रकम उठाउन नसकेपछि मन्त्री शाही आफै खानेपानीको बक्यौता उठाउने भन्दै कसिएका छन्। २०७३ मंसिर मसान्तसम्म काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उठाउनु पर्ने बक्यौता रकम १ करोड ४३ लाख पुगेको छ ।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी