राजस्व संकलन ३२ प्रतिशतले बढ्याे

आर्थिक वर्ष २०७३÷०७४ चैत मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य १ खर्व ६५ अर्व १६ करोड ४ लाख २५ हजार रहेकोमा १ खर्व ७२ अर्व १७ करोड ४ लाख ५९ हजार संकलन भई लक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको आन्तरिक राजश्व विभागले जानकारी दिएको छ। यो गत वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो।
२ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजा वार्षिक लक्ष्य तोकिएमोमा चैतसम्मको संकलनको आधारमा लक्ष्य पुरा हुने विभागको भनाइ छ।
प्रतिकृया दिनुहोस
थप समाचार
-
बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै
लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्यले गति लिएको छ। सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।
-
एक करोडको लगानीमा पूर्वाधार विस्तार
निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ। स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिए।
-
मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु
सरकारले आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए। स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।जीवनभर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ।
-
चाइना गेजुवासँग बूढीगण्डकी आयोजना निर्माण सम्झौतामा हस्ताक्षर
चीनको चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) र सरकारबीच बुढीगण्डकी आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर (एमओयू) भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनकै निवास बालुवाटारमा उर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसी प्रतिनिधीबीच सम्झौतामा हस्ताक्षर भयो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको सबैभन्दा ठूलो आयोजना बुढीगण्डकी समयभित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे।
-
खुशिको खबर खुशिको खबर !!
बेरोजगार युवाहरुका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्,सीप विकास परियोजनाको सहयोगमा निशुल्क ३ महिने तालिम संचालन हुने भएको हुदाँ समयमै सम्पर्क राख्नुहोस । तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई खाजा भक्ता, तालिम सामाग्री व्यवस्था गरिएको छ ।
किनमेल अनुभव
-
सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ
सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।
राजेश सापकोटा, कपन, काठमाडौँ
-
महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति
म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।
सौरभसिंह कार्की, जापान
-
दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ
म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।
मनोज सुवेदी, चावहिल
-
जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम
मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।
विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं
-
पुस्तकको अभावले व्यापार नै डामाडोल भयो
हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?
विष्णुप्रसाद खनाल, पाल्पा
-
सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै
झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।
सरोज गोपाली, झम्सिखेल
-
सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ
मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।
सञ्जिता परियार, काठमाडौँ
-
ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?
नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।
इश्वर नेपाल, चितवन