प्रमुख आयुक्त यादवलाई भेटेर ओलीले भने-एमाले हार्न तयार छ भरतपुरमा पुनः मतगणना गर्नुस्

  • Get News Alerts

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख निर्वाचन अयुक्त अयोधीप्रसाद यादव लगायत पदाधिकारीलाई भेटेर भरतपुर महानगरपालिकामा पुनः मतगणना गर्न अग्रह गरेका छन्।

ओलीसहितको टोलीले आयोग पदाधिकारीसँग मंगलबार अायोग कार्यालयमा भएको भेटमा अोलीले एमाले बरू हार्न तयार भएको तर भरतपुरमा पुनः मतदान होइन मतगणना गर्न अाग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

‘मतगणना गरौँ एमाले हार्न तयार छ भनेका छौँ,’ नेम्वाङले भने, ‘यसरी परिपाटी भत्किए देश र जनता हार्छन् भनेर आयोगको ध्यानाकर्षण गराएका छौँ।’

प्रमुख आयुक्त यादवले आफूहरू यस बिषयमा गम्भीर रहेको जवाफ दिएको पनि नेम्वाङले बताए। एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता नेम्वाङ सहितको टोलीले आयोग पदाधिकारीलाई भेटेर आफै भरतपुर जान अाग्रह गरेको छ।

‘आफूले हार्ने निश्चित भएपछि अचानक त्यहाँ संविधान, कानुन र निर्वाचनसम्बन्धी मूल्यमान्यता विपरित काम भयो। तर मतगणनास्थललाई अापराधिक क्रियाकलाप गर्ने मानिसहरूले कब्जामा लिन सकेनन्। यो कब्जा होइन त्यसैले मतगणना सुरु गर्न हामीले अाग्रह गर्यौँ,’ उनले भने, ‘मतदान र मतगणनालाई भत्काउने कल्चर स्थापित भयो भने निर्वाचनको पद्धति समाप्त हुन्छ।’

आफूहरूले यस्तो स्थिति आउन सक्छ भनेर पहिले नै सम्झाएको उनले बताए। ‘हामीले पहिलेदेखि सचेत गराएका थियौँ, कब्जा होइन तर कब्जा भयो भनेर प्रतिवेदन ल्याउने र फेरि चुनाव गराउने प्रयास भैरहेको छ भन्दै हामीले अहिले पनि आयोगको ध्यानाकर्षण गर्यौं,’ नेम्वाङले भने, ‘भरतपुरमा जे भयो त्यो अपराध हो त्यसलाई जानीजानी वेवास्ता गरेर फेरि चुनाव गर्नु भनेको पुरष्कृत गर्नु हो भन्दै हामीले त्यसलाई दण्डित गर्न पनि माग गरेका छौँ।’

निर्वाचन अायोगले मतपत्र च्यातिएको विषयमा छानविन गर्न बनाएको समितिले भरतपुरमा गएर काम सुरू गरिसकेको छ। एमालेले पनि महासचिव ईश्वर पोखरेलसहितको टोली भरतपुर पठाएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी