चाइना गेजुवासँग बूढीगण्डकी आयोजना निर्माण सम्झौतामा हस्ताक्षर

  • Get News Alerts

चीनको चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) र सरकारबीच बुढीगण्डकी आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर (एमओयू) भएको छ। 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनकै निवास बालुवाटारमा उर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसी प्रतिनिधीबीच सम्झौतामा हस्ताक्षर भयो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको सबैभन्दा ठूलो आयोजना बुढीगण्डकी समयभित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे।
 
साथै उनले सरकारले आयोजनाका लागि गर्नुपर्ने सहयोगका लागि तयार रहेको उल्लेख गरे। सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत यु होङको पनि उपस्थिति थियो। गत जेठ ९ गते बसेको मन्त्रिपरिषद बैठकले चाइना गेजुवा कम्पनीलाई बुढीगण्डकी आयोजना निर्माणको जिम्मा दिने निर्णय गरेको थियो। 
 
कुल एक हजार २०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । करिब  तीन खर्ब लाग्ने सो आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्ने र निर्माण सम्पन्न भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ। 
 
आयोजनाले चालु आवमा १५ अर्ब मुआब्जा वितरण गर्नेछ । नेपाल आयल निगमले भन्सार बिन्दुमा नै प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार करमार्फत उठाएको रकम नौ अर्ब बढी पुगिसकेको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सहरी विकास मन्त्रालयले रुग्ण आयोजनाको छानविन गर्ने

    सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजनाहरु छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण अयोजनाको छानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ । सुक्रबार सहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गरी रुग्ण आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्सिय छानविन समिति गठन गरेको छ ।

  • बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण

    बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले बाढी प्रभावितहरुको लागि राहत वितरण गरेको छ।

  • हवेली घरको ‘तीज लाइभ स्पेशल कार्यक्रम’, उठेको रकमबाट बाढी पीडितलाई सहयोग

    हवेली घरको ‘तीज लाइभ स्पेशल कार्यक्रम’, उठेको रकमबाट बाढी पीडितलाई सहयोग तीजको रमाइलोसँगै बाढी पीडितका लागि राहत सहयोग गर्ने उद्देश्यले तीज स्पेशल लाइभ म्यूजिक कार्यक्रम हुने भएको छ। हवेली घर प्रालिले आगामी सोमबार अर्थात भदौ ५ गते सो कार्यक्रमको आयोजना गरेको हो।

  • सिटी मनी ट्रान्सफरको बाढी पीडितलाई तीन लाख सहयोग

    सिटी मनी ट्रान्सफरको बाढी पीडितलाई तीन लाख सहयोग रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले तराईका बाढी पीडितका लागि तीन लाख रकम सहयोग गरेको छ। कम्पनीले धुर्मुस सुन्तली फाउण्डेशनमार्फत सो सहयोग रकम उपलव्ध गराएको छ।

  • बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै

    बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्यले गति लिएको छ। सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी