बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै

  • Get News Alerts

लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्यले गति लिएको छ।
 
सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।
 
चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) केही समय अगाडि स्वीकृत भएको थियो। डिपिआर पारित भएर जग्गा प्राप्तीको प्रक्रिया सुरु भएकोले सडक निर्माण यही वर्षबाट सुरु हुनेमा तिवारी ढुक्क छन्।
 
डिपिआरमा ल्यान्ड पुलिङको माध्यमबाट जग्गा प्राप्ति तथा व्यवस्थापन गर्ने, ब्लक योजना बनाउने जस्ता व्यवस्था गरिएको छ।
 
कुल ७३ किलोमिटर लामो बाह्य चक्रपथ खण्ड–खण्डमा निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण हुने तिवारीले जानकारी दिए । यो खण्ड साढे ६ किलोमिटर लामो हुनेछ। कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाभित्र पर्ने ठाउँहरू बाह्य चक्रपथको यो खण्डले समेट्नेछ।
 
अयोजनाबाट प्रभावित हुने सात हजार रोपनी जग्गाको कित्ताकाट गरेर जिल्ला आयुक्तको कार्यालय काठमाडौंले राखेको छ। कसको जग्गा कति परेको छ भनेर कुनैपनि बासिन्दा कार्यालयमा बुझ्न आएमा कार्यालयले उपलब्ध गराउने आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।
 
सडकको लागि आवश्यक पर्ने सबै जग्गा एकीकरण गरेर सडक बनाउने र सडकको वरीपरी घडेरी वा टाउनप्लानिङ गरेर सम्बन्धित धनीहरुलाई अनुपातिकरुपमा प्राधिकरणले जग्गा वितरण गर्ने छ।
 
यो प्रक्रियामा कुनै पनि जग्गा धनीहरुलाई विस्थापित नगर्नेगरी ल्यान्ड पुलिङको माध्यमबाट व्यवस्थापन गर्ने योजना बनाएको प्राधिकरणले सबै जग्गा र धनीको सूची तयार पारेको थियो। यसरी तयार पारिएको सुचना अनुसार अतिक्रमणमा पर्ने जग्गाधनीहरुको सूची राजपत्रमा प्रकाशित भएको छ।
 
यो खण्डमा ८ हजार ९ सय रोपनी जग्गा एकीकरणको लागि सूचना जारी गरिएको छ। जसमा १३ हजार ७ सय कित्ता जमिन रहेको छ। यो सूचीनमा परेका जग्गाको कित्ता कारोबार बन्द हुने छ भने ट्रयाक खोल्ने काम थालनी हुने प्राधिरकणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।
 
ट्रयाक खोल्दा सार्वजनिक खरिद ऐन, नियमअनुसार गरिने र आवश्यकता अनुसार उपभोक्ता समितिबाट पनि काम सम्पन्न गरिने आयोजनाले जानकारी दिएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन र फैलिँदो सहरीकरण व्यवस्थित गर्न सरकारले बाह्य चक्रपथको अवधारणा ल्याएको हो।
 
आव २०६०÷६१ देखि नै निरन्तर बजेट विनियोजन हुँदै आएको थियो। जग्गा अधिकरणलाई लिएर ठाउँ–ठाउँमा स्थानीयको विरोधका कारण निर्माण सुरु हुन सकेको थिएन। उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालन हुने यो आयोजना एकैपटक निर्माण गर्न सम्भव नदेखिएपछि खण्ड–खण्डमा अघि बढाउने निर्णय भएको अधिकारीहरुको भनाइ छ।
 
प्रारम्भिक योजनाअनुसार बाह्य चक्रपथ काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५।८० किमी र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ। यसैमध्ये पहिलो चरणमा काठमाडौंमा पर्ने सतुंगल–चोभार खण्ड निर्माण हुन लागेको हो। यसबाहेक अन्य खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार हुन बाँकी छ। त्यस आधारमा बाह्य चक्रपथको स्वरुप प्रारम्भिक योजनाभन्दा फरक पनि हुन सक्छ।
 
अहिलेसम्मको योजनाअनुसार काठमाडौंमा बाह्य चक्रपथले ओगट्ने क्षेत्रमा चोभार, गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी छन्। ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै चोभारसम्म जानेछ।
 
त्यस्तै, भक्तपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोटलाई पनि बाह्य चक्रपथले समेट्नेछ। पचास मिटर चौडा हुने बाह्य चक्रपथ आठ लेनको हुनेछ। यसमा साइकल लेनको पनि छुट्टै व्यवस्था हुनेछ। बाहिरी चक्रपथको दायाँबायाँ ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गर्ने योजना यसअघि नै घोषणा गरिएको थियो।
 
यसअघि आव २०६५६६ मै सतुंगल–चोभार खण्डको निर्माण थालनी गर्ने भनिए पनि स्थानीयको विरोधले रोकिएको थियो। खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने स्थानीयको माग थियो। प्राधिकरणले ‘ल्याण्ड पुलिङ’ को अवधारणाबाट प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र बसोबास गराउने योजना ल्याएर सबैको सहमतिमै आयोजना सुरु गर्ने जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एक करोडको लगानीमा पूर्वाधार विस्तार

    निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ। स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिए।

  • मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु

    मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु सरकारले आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए। स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।जीवनभर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ।

  • चाइना गेजुवासँग बूढीगण्डकी आयोजना निर्माण सम्झौतामा हस्ताक्षर

    चाइना गेजुवासँग बूढीगण्डकी आयोजना निर्माण सम्झौतामा हस्ताक्षर चीनको चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) र सरकारबीच बुढीगण्डकी आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर (एमओयू) भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनकै निवास बालुवाटारमा उर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसी प्रतिनिधीबीच सम्झौतामा हस्ताक्षर भयो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको सबैभन्दा ठूलो आयोजना बुढीगण्डकी समयभित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे।

  • खुशिको खबर खुशिको खबर !!

    बेरोजगार युवाहरुका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्,सीप विकास परियोजनाको सहयोगमा निशुल्क ३ महिने तालिम संचालन हुने भएको हुदाँ समयमै सम्पर्क राख्नुहोस । तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई खाजा भक्ता, तालिम सामाग्री व्यवस्था गरिएको छ ।

  • ज्येष्ठ नागरिकलाई सिटी बसमा निःशुल्क यात्रा

    ज्येष्ठ नागरिकलाई सिटी बसमा निःशुल्क यात्रा नवलपरासीको गैँडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ। गैँडाकोट नगरपालिका कार्यालयले गैँडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी