हुलासको विद्युतीय कार १४ लाख ३० हजारमै आउने

  • Get News Alerts

एकपटकको पूरा चार्जमा १ सय ७० किमी कुद्ने
नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले आफ्नो विद्युतीय कार आगामी महिना लन्च गर्ने भएको छ। 
 
‘हुलास इ-कार’ नामबाट लन्च गरिने यो कारको मूल्य १४ लाख ३० हजार रुपैयाँ पर्नेछ। 
 
निर्माणको घोषणा गर्दा करिब १७ लाख रुपैयाँ पर्ने भनिएको भए पनि हाल सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार कर घटाएसँगै आफ्नो कारको पनि मूल्य घटाएको हुलास मोटर्सका निर्देशक सुरेन्द्र गोल्छाले बताए। 
 
‘अब १५/२० दिनमै हुलास इ-कार लन्च गर्ने तयारी गरेका छौँ। पहिले १७ लाख भनिएपनि कर घटेपछि १४ लाख ३० हजार मूल्य तोकिएको हो,’ निर्देशक गोल्छाले भने। 
 
हुलास मोटर्सले गत चैत महिनामा विद्युतीय कार निर्माण गर्ने घोषणा गरेको थियो। 
 
बि.सं.२०५४ सालदेखि काम सुरु गरेको हुलास मोटर्सले सन् २०१५ मुस्ताङ म्याक्स गाडीको उत्पादन बन्द गरेको थियो भने हाल विद्युतीय रिक्सा उत्पादन गर्दै आएको छ। यूरो थ्री गुणस्तरको मापदण्ड पूरा नभएको मुस्ताङ म्याक्स अपग्रेड गर्न कम्पनीले मागेको आवश्यक समयका लागि सरकारले अनुमति नदिएपछि उत्पादन नै बन्द गरेको थियो। 
 
हाल आएर कम्पनीले फेरि हुलास मोटर्सको तर्फबाट विद्युतीय कार ल्याउन लागेको हो। नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्धन र विस्तार जरुरी भएका कारण कम्पनीले यसमा काम गरेको गोल्छाको भनाइ छ। 
 
विद्युतीय सवारीसाधनको मुख्य अंग यसको ब्याट्री नै मानिन्छ। गोल्छाकाअनुसार उक्त कारको ब्याट्री फुल चार्ज गर्न करिब ७ देखि ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्म गुड्नेछ।
 
तर यो किलोमिटर निश्चित मापदण्डमा आधारित हुने उनले जानकारी दिए। उनले भने, ‘१ सय ७० किलामिटर हामी स्ट्याण्डर्ड टेस्ट कण्डिसनमा दिएको हो। यो फरक पर्न सक्छ।’
 
गोल्छाकाअनुसार यस विद्युतीय कारमा एसिड हाल्न नपर्ने ‘मेन्टिनेन्स फ्रि’ जेल ब्याट्री हुनेछ। हुलास इ-कारमा ५ केडब्लु, एसी मोटर हुनेछ।
 
सरकारले कर घटाएसँगै हाल नेपालमा उपलब्ध महिन्द्राको विद्युतीय कार ‘इ-टुओ’ को मूल्य पनि करिब ३ लाख रुपैयाँ घट्ने कम्पनीले बताएको छ। महिन्द्रा इ-टुओको नयाँ मूल्य २१ देखि २२ लाख हुने अनुमान गरिएको छ। 
 
इ-टुओको तुलनामा हुलास इ-कार झण्डै ७ लाख रुपैयाँ सस्तो पर्न आउँछ। 
 
१४ लाख ३० हजार रुपैयाँ पर्ने हुलास इ-कारमा पेट्रोल गाडीमा जस्तो धेरै फिचर भने नहुने गोल्छाले बताएका छन्। उनकाअनुसार यसमा नेपाली सडकमा अत्यावश्यक हुने र इन्ट्रिलेबल कारमा दिनसक्ने फिचर दिइनेछ। 
 
मूल्य कम होस् भनेर पनि यसमा सामान्य कारमा हुने जस्ता आवश्यक फिचर मात्र हुने कम्पनीको भनाइ छ। 
 
सधैँ वेवास्ता गरिएको विद्युतीय सवारीसाधनले नाकाबन्दीमा भने निकै चर्चा पाउनुका साथै उपभोक्तादेखि लिएर सरकारको समेत ध्यानाकर्षण गराएको थियो। सरकारले विद्युतीय सवारीलाई प्रवर्धन गर्न यसमा लाग्ने भन्सार कर पनि ४० प्रतिशतबाट घटाएर १० मात्र बनाएको छ। 
 
योसँगै विद्युतीय सवारीसाधनको व्यापार बढ्दो छ भने ग्राहक पनि यस तर्फ आकर्षित हुँदै गएका छन्। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • महिन्द्रा टू व्हीलर्सको टेकुमा नयाँ सर्भिस सेन्टर

    महिन्द्रा टू व्हीलर्सको टेकुमा नयाँ सर्भिस सेन्टर महिन्द्रा टु व्हीलर्सको आधिकारिक वितरक अग्नी मोटो इन्क प्रालिले टेकुस्थित पचली भैरब मार्गमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ। कम्पनीका निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।

  • यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु

    यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ। नेपालमा महिन्द्रा, हिरो, टिभिएस, होण्डा, सुजुकी लगायतका कम्पनीहरुको स्कुटर बजारमा उपलब्ध छ। यी बाहेक अन्य कम्पनीका मोटरसाइकलहरु उपलब्ध भएपनि धेरैजसो ग्राहकहरुको रोजाइमा यीनै ब्राण्डका स्कुटर पर्छन्। यसको मुख्य कारण हो, यी कम्पनीका सस्ता र धेरै माइलेज दिने स्कुटरहरु।

  • चीनमा चल्यो चालक रहित मेट्रोरेल

    चीनमा चल्यो चालक रहित मेट्रोरेल चिनियाँ रेलकार निर्माता कम्पनी सिआरआरसी ले अटोमेटिक मेट्रोरेल निर्माण गरेको छ। चीनको हुनान् प्रान्तमा सार्वजनिक गरिएको बसरेल कम्बो प्याकेजले व्यवस्थित मास ट्रान्जिटमा सहयोग गर्ने बताइएको छ।

  • यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण

    यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण यातायात क्षेत्रमा देखिएका विकृति हटाउँदै सुधारका काममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई सक्रिय देखिएका छन्। करिव अढाई महिनाअघि उनी महानिर्देशक भएपछि सुधारमुलक कार्यमा सक्रिय बनेका हुन्। हालै सवारी साधन अनुमतिपत्र सरलीकरण गरिएको छ। पहिले लिखित परीक्षा दिँदा दुई खण्डको प्रश्नपत्र हुन्थ्यो भने अहिले एउटा खण्ड मात्रै कायम गरिएको छ।

  • महिन्द्राको नयाँ शोरुम अब सिन्धुलीमा

    महिन्द्राको नयाँ शोरुम अब सिन्धुलीमा महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड अन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्सले सिन्धुलीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। ग्राहकमाझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यअनुरुप यस नयाँ शोरुमले सेल्स, सर्भिस तथा स्पेयर पार्टस सबै उपलब्ध गराउने कम्पनीले जनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी