होण्डाको दशैं तिहार स्किम विजेता घोषित

  • Get News Alerts

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किमको विजेताहरु घोषणा गरेको छ । आज लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेताहरुले आफैँले ह्यील लाइ आफैँले घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । 
 
जस अन्र्तगत अनिल महर्जनले सबै भन्दा बढी चार लाख, चिनु बस्नेतले तीन लाख, साबित्रि थापा र छोरी महर्जनले समान दुई दुई लाख प्राप्त गरे भने अन्य ६ जनाले समान एक लाख नगद हात पारे । सय स्किममा सबैभन्दा बढी ५ लाख नगर राखिएको भएपनि ५ लाख भने कसैले जित्न सकेनन्। 
 
स्किमको समय अविधिभर होण्डाका ग्राहकहरुले विभिन्न नगद उपहार तथा सुविधाहरु जित्ने अवसर प्राप्त गरेका थिए । उक्त योजना अन्तर्गत होण्डा मोटरसाइकलको खरिदमा स्क्रयाच कुपन मार्फत  ग्राहकहरुले १ लाख रुपैयाँसम्मको नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टस्मा १ सय ५ छुट तथा ५ हजार ६ सय बराबरको १६ थप फ्रि सर्भिस कुपन प्राप्त गर्न सकिने प्रावधान रहेको थियो ।
 
साथै होण्डा बिग बाइक किन्दा आकर्षक नगद छुट  समेत रहेको थियो भने होण्डा कारको खरीदमा आकर्षक नगद छुट्, १ वर्षको निःशुल्क रोड ट्याक्स बिमा समेत रहेको थियो।
 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • गाडीमा ५० प्रतिशत मात्रै ऋण दिने व्यवस्थाप्रति अटो व्यवसायीद्वारा विरोध

    गाडीमा ५० प्रतिशत मात्रै ऋण दिने व्यवस्थाप्रति अटो व्यवसायीद्वारा विरोध निजी सवारी साधन खरिदका लागि बैंकहरुले कुल मूल्याङ्कनको ५० प्रतिशत मात्रै ऋण दिन पाउने नयाँ व्यवस्थाको अटो व्यवसायीहरुले विरोध जनाएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अरबौं राजश्व संकलन हुने अटो क्षेत्रलाई अंकुश लगाइएको भन्दै विरोध जनाएको हो। ‘अटोबाट उठ्ने अरबौं राजश्वलाई सडकको विकास र विस्तारमा लगाउनुपर्नेमा सरकारले सवारी साधनमै अंकुश लगाउन खोज्नुले नैसर्गिक अधिकारको हनन भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ।

  • महिन्द्रा गाडीको शोरुम चरिकोटमा

    महिन्द्रा गाडीको शोरुम चरिकोटमा महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नी इन्कर्पाेरेटेडले चरिकोटमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ। “कार्की मल्टिमिडिया कन्सर्न”को नामबाट उक्त शोरुम संचालनमा आएको अग्नी इन्कर्पोरेटेडले जनाएको छ। ने

  • रेनोल्टको टेस्ट ड्राइभ कार्यक्रम

    रेनोल्टको टेस्ट ड्राइभ कार्यक्रम नेपालमा रेनोल्टको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाईल प्रालिले रेनोल्ट कार प्रेमीहरुका लागि देशका विभिन्न शहरहरुमा रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ।

  • यसरी बढाउन सकिन्छ मोटरसाइकलमा माइलेज

    यसरी बढाउन सकिन्छ मोटरसाइकलमा माइलेज अधिकांश युवाको रोजाईमा आजभोलि मोटरसाइकल पर्ने गरेको छ। ट्राफिक जामका कारण भित्री सडकहरुको भरपुर प्रयोग गर्न सकिने र कम इन्धन खर्चमै चाँडो आवतजावत हुने भएकाले मोटरसाइकलको प्रयोग बढ्दै गएको पाइन्छ। ठूला सवारीसाधनको तुलनामा आवत जावत गर्न सजिलो र चाँडो हुने हुँदा आफूले मोटरसाइकल चलाउने गरेको एक युवा सुजिन्द्र थापाको अनुभव छ।

  • टाटाको नयाँ नानो कार आउँदै

    टाटाको नयाँ नानो कार आउँदै टाटा अटोमोटर्सले नयाँ जेनेरेशनको नानो कार बजारमा ल्याउने भएको छ। प्रतिलिटर १ सय किलोमिटर माइलेज दिने नानो कार टेक्नोलोजीको दुनियाँमा नौलो हुने कम्पनीको दाबी छ।

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी