उपत्यकामा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

  • Get News Alerts

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । 
 
स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडाैं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए।
 
उनले अब सञ्चालनमा आउने स्तरीय नगर यातायातले अहिले सार्वजनिक यातायातका क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने जिकिर गरे। साझा यातायातले पनि सार्वजनिक यातायातका क्षेत्रमा देखिएका धेरै समस्या समाधान गर्न सहयोग गरेको उनको  भनाइ थियो । मन्त्री पाण्डेले काठमाडौँ उपत्यकामा साँझमा यात्रुले बसपार्कमा घन्टाैंसम्म कुर्दा पनि बस नपाउने र बस तथा माइक्रो बसमा कोच्चिएर यात्रा गर्नुपर्ने समस्याको दीर्घकालीन समाधान हुने विश्वास व्यक्तगरे।
 
प्रधानमन्त्रीले गत भदौ २३ गते व्यवस्थापिका¬–संसद्मार्फत जनताका नाममा सम्बोधन गर्दै छ महिनाभित्र सय लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौँ, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत सहरमा नगरपालिकामार्फत सञ्चालन गरिने घोषणा गरेका थिए।
 
कम्पनी दर्ता अन्तिम चरणमा 
 
बस सञ्चालनका लागि कामपाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । मन्त्रालयले यही पुसको दोस्रो साता कामपाका अधिकृत राज्यप्रकाश प्रधानाङ्ग, ललितपुरका वरिष्ठ अधिकृत रुद्र गौतम, मध्यपुर थिमिका वरिष्ठ कानुन अधिकृत केशव सिलवाल र बूढानीलकण्ठका प्रतिनिधि माधव गौतम सम्मिलित समितिलाई १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो । त्यस्तै सो कमिटीलाई कम्पनीको कार्यालय सञ्चालन र जनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको छ । 
 
सोही कम्पनीमार्फत स्तरीय बस चलाएर व्यवस्थापनको जिम्मा पनि उसैलाई दिने मन्त्रालयको योजना छ । सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा उपलब्ध गराइने, विमानस्थलमा सार्वजनिक यातायातको सुलभ पहुँच पुर्‍याइने र विभिन्न पर्यटकीय गन्तव्यमा सेवा पुर्‍याई पर्यटन प्रवद्र्धनमा सहयोग गरिने कम्पनीको उद्देश्य रहेको मन्त्रालयको पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए।
 
मन्त्रालयले कामपाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा ‘स्फेसिफिकेसन र बोलपत्र पुस्तिका’ बनाउन अर्को प्राविधिक समिति पनि गठन गरेको छ । सो समितिका सदस्यमा यातायात व्यवस्था विभागका मोहनप्रसाद भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर निशा ठाकुर सदस्य छन्। 
 
कामपाले कम्पनीको बहुमत हिस्सा लिने 
 
बस सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रु २५ करोड र चालु पुँजी २० प्रतिशत तथा नगरपालिकाले आआफ्नो सेयरबापत जम्मा गरेको रु १० करोडबाट कोष बनाइनेछ । मन्त्रालयले कामपालाई रु दुई करोड सञ्चालन खर्च व्यहोर्न प्रस्ताव गरे पनि महानगरपालिकाले कम्पनीको बहुमत हिस्सा लिने इच्छा व्यक्त गरेको छ ।
 
त्यस्तै काठमाडौँमा रहेका कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा र नागर्जुन नगरपालिकाले रु ३५–३५ लाख तथा चन्द्रागिरि, दक्षिणकाली, शङ्खरापुर, कागेश्वरी मनहरा र तारकेश्वर नगरपालिकाले रु १०–१० लाख सेयर राख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 
 
यस्तै कम्पनीमा ललितपुरको रु एक करोड तथा कार्यविनायक, गोदावरी, महालक्ष्मी र वज्रवाराही नगरपालिकाका  १०–१० लाख सेयर हुनेछ । त्यसैगरी भक्तपुरले रु ६० लाख, मध्यपुरथिमिले रु ३५ लाख तथा अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले  १० –१० लाख सेयर राख्नेछन् । 
 
बीस बस माग 
 
काठमाडौँ उपत्यका बाहिरका नगरपालिकाले पनि स्थानीयस्तरमा नगरस्तरीय बस सञ्चालन गर्न प्रस्ताव गरेका छन् । मन्त्रालयले विराटनगर, बुटवल, वीरगन्ज, नेपालगन्ज र पोखरा उपमहानगरपालिका र दाङ नगरपालिकासँग नगर बस सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको थियो । 
 
नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकासँग सहकार्य गर्दै दश मार्गमा बस चलाउन २० बस माग गरेको छ । खास गरी चिसापानी–कोहलपुर–नेपालगन्ज¬–जमुनाहा, धम्बोजी–गणेशमान चोक–परसपुर–गौघाट, नेपालगन्ज (सल्यानी बङ्गला), –फुल्टेक्रा–पुरौनी (खलवा) र वनकटवा–मदनचोक–कोहलपुर–चिसापानी मार्गमा नगर बस सञ्चालन गर्न प्रस्ताव गरिएको नेपालगन्ज उपमहानगपालिकाका कार्यकारी प्रमुख गिरिराज ज्ञवालीले बताउनुभयो । त्यस्तै विराटनगर उपमहानगरपालिका पनि नगर बस सञ्चालनका लागि कम्पनी दर्ता गर्ने चरणमा पुगेको छ । 
 
अपाङ्गतामैत्री ‘मेट्रो बस’ 
 
सरकारले उपलब्ध गराउने सबै बस अपाङ्गमैत्री हुनेछन् । त्यस्तै अपाङ्गता भएका यात्रुलाई सहज होस् भनेर ‘अडियो नोटिस बोर्ड’ र स्थान जनाउने ‘डिस्प्ले बोर्ड’का व्यवस्था हुने छ । चालिस सिट क्षमता भएका ती बस १०.६ मि लम्बाइ, २.६ मि चौडाइ र ३.८ मि उचाइका हुनेछन् । बसलाई सूचना प्रविधिमैत्री बनाउन निःशुल्क वाइफाइको व्यवस्था हुनेछ । त्यस्तै मोबाइल चार्ज गर्ने सुविधासमेत रहनेछ । 
 
मन्त्रालयले प्रधानमन्त्रीको घोषणालाई साकार बनाउनका लागि सय बस किन्न अर्थ मन्त्रालयसँग रु ६८ करोड बजेट विनियोजन गर्न पत्राचार गरिसकेको छ । उक्त रकमबाट बस किनेर नगरपालिकालाई चलाउन दिइने छ । मन्त्रालयले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाबाट रत्नपार्कलाई केन्द्र मानेर बस चलाउने योजना बनाएको छ । ती बस रत्नपार्कबाट आआफ्नो गन्तव्यमा जानेछन् र सोही रुट हुँदै फर्कनेछन् । रासस 
 
- फाइल फोटो

प्रतिकृया दिनुहोस

थप समाचार

  • हुन्डाइले एकपटकको चार्जमा ५०० किलोमिटर चल्ने विद्युतीय कार ल्याउने !

    हुन्डाइले एकपटकको चार्जमा ५०० किलोमिटर चल्ने विद्युतीय कार ल्याउने ! एक पटकको चार्जमा ५०० किलोमिटरसम्म चल्ने कार बनाउने योजना कम्पनीको छ। यसबाहेक हुन्डाइले आफ्नो सानो एसयूभी मोडल ‘कोना’ को पनि विद्युतीय संस्करण बनाउने भएको छ। विद्युतीय कोना पनि एकपटकको चार्जमा ३९० किलोमिटरसम्म चल्ने बनाउने कम्पनीको लक्ष्य भएकव् बताइएको छ।

  • प्रधानमन्त्रीको व्यस्तताले फेरि रोकियो ‘इम्बोस्ड नम्बर प्लेट’

    प्रधानमन्त्रीको व्यस्तताले फेरि रोकियो ‘इम्बोस्ड नम्बर प्लेट’ नेपालमै पहिलो पटक सुरु हुन लागेको ‘इम्बोस्ड नम्बर प्लेट’ वितरण मिति फेरि पछि सरेको छ। विभिन्न कारणले पटक–पटक वितरणको मिति सर्दैै आएकोमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उद्घाटन गराउने यातायात व्यबस्था विभागले तयारी गरेको थियो। तर आइतबार पनि ‘इम्बोस्ड नम्बर प्लेट’ लागू नहुने भएको छ। केही प्राविधिक कारणले आइतबारको कार्यक्रम रद्द गर्न परेको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।

  • सुजुकीले ल्यायो दुई नयाँ मोटरसाइकल

    सुजुकीले ल्यायो दुई नयाँ मोटरसाइकल सुजुकी भारतले नयाँ मोटरसाइकल ल्याएको छ।

  • कारबेरीले ल्यायो १००० सिसिको नयाँ रोयल इन्फिल्ड

    कारबेरीले ल्यायो १००० सिसिको नयाँ रोयल इन्फिल्ड अस्ट्रेलियाको कस्टम मोटरसाइकल कारबेरीले रोयल इन्फिल्डका लागि १००० सिसिको भी–ट्वीन इन्जिन सार्वजनिक गरेको छ। यसका मूल्य भारतीय बजारमा करिब ८ लाख रुपैयाँ तोकिएको छ।

  • हिरोले ३ वटा नयाँ स्कुटर ल्याउँदै

    हिरोले ३ वटा नयाँ स्कुटर ल्याउँदै हिरो मोटोकर्पले आगामी वर्षसम्म तीन वटा नयाँ स्कुटर ल्याउने भएको छ। हिरोले आफ्ना पुरानो साझेदार होन्डासँग प्रतिस्पर्धा गर्न तीन मोडलका स्कुटर ल्याउन लागेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी