सात महिनामै टायरको आयात दोब्बर

  • Get News Alerts

नेपाली बजारमा ससवारीसाधनको विक्री बढेसँगै टायरको बजार पनि निकै बढेको पाइन्छ। निजी तथा सरकारी लगानीका विकास निर्माणका परियोजनामा सवारीसाधनको प्रयोग बढेका कारण टायरको बजार पनि सोही गतिमा अघि बढेको टायर व्यवसायीहरु बताउँछन्। 
 
टायरको आयात चालु आर्थिक वर्षको ७ महिनामै गत आर्थिक वर्षमा भन्दा दोब्बरले बढेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कुल १ अर्ब ५२ करोड रुपैयाँको टायर आयात भएको थियो। जवकि यस आर्थिक वर्षको ७ महिनामै ३ अर्ब ७ करोड रुपैयाँको आयात भइसकेको भन्सार विभागका तथ्याङ्क निर्देशक विनोद आचार्यले जानकारी दिए। 
 
नेपालमा खपत हुने टायरको ठूलो परिमाण भारतबाट भित्रिने गरेको छ। भारतबाट आयात हुने टायरमा ३४ दशमलब ४७ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको र अन्य मुलुकबाट आयात हुने टायरमा ३५ दशमलव ६ प्रतिशत शुल्क लाग्ने गरेको निर्देशक आचार्यले बताए। 
 
भारतसहित जापान, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, चीन, भियतनाम, कोरिया, ताइवान, फिलिपिन्स र सिङ्गापुरबाट समेत टायर आयात हुने गरेको जापनीज डल्लप टायरका आधिकारीक बिक्रेता रमेश ढकाल बताउँछन्। 
 
पछिल्लो समय नेपाली बजारमा जापनीज डल्लप टायरको निकै माग हुने गरेको उनको भनाइ छ। अरु ब्राण्डको टायरभन्दा जापनीज कम्मनीको टायर सस्तो र भरपर्दो रहेको उनले दावी गरे। 
 
नेपाली बजारमा उपलब्ध जेके, एमआरएफ, बिरला, टीभीएस, एपोलो आदी ब्राण्डका टायर भारतमा उत्पादित हुन्। ब्रिजस्टोन, गूडइयरजस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादन पनि नेपालमा आउने गरेका छन्। 
 
नेक्सन ब्राण्डका टायर कोरिया र चीनबाट आयात हुने गरेको छ भने भी–रबर, डिस्टोन, नेक्सिस, आईआरसी ब्राण्डका टायर भने थाइल्याण्डबाट आयात गरिन्छ। नेपाली बजारमा क्यानडाको हर्कुलस, टर्कीको पिरेली, इण्डोनेसियाको जिटी, कोरियाको कुम्हो र भियतनामको डिआरसी ब्राण्डका टायर समेत आयात हुने गरेको व्यवसायी बताउँछन्।
 
टायरको मूल्य भने ब्राण्ड तथा सवारीसाधनअनुसार फरक फरक पर्दछ। सामान्य मोटरसाईकलको तीन हजारदेखि ठूला गाडीको एक लाख भन्दा भढी सम्म पर्ने गरेको छ।  सवारी साधनको उच्च वृद्धिसँगै नेपालको टायरको बजार पनि बढ्दै गएको व्यवसायी प्रबिन ओझाको भनाइ छ। उनले भारतीय ब्राण्डका टायरको विक्री गर्दै आएका छन्। 
 
कति प्रकारका पाइन्छन् टायर? 
नेपाली बजारमा  रेडियल र वायस गरी दुई प्रकारका टायर उपलब्ध छन्। रेडियल टायरको बेल्ट स्टीलबाट बनेको हुन्छ। यसको खोलमा स्टीलको धागोबाट निर्मित सिङ्गल प्लाई राखिएको हुन्छ। त्यस्तै, वायस टायरमा टेक्सटाइल धागोबाट बनेको प्लाई राखिएको हुन्छ। 
 
वायस विकासोन्मुख देशका सडकका लागि लक्षित टायर हो। यस्तो खाले टायर ग्राभेल र खाल्डाखुल्डी भएको सडकका लागि राम्रो मानिन्छ। 
 
भएको स्वदेशी उद्योग ठप्प 
 
नेपालमा रहेको गोरखकाली रबर उद्योगको उत्पादन पूर्ण रुपमा ठप्प छ। आर्थिक वर्ष २०७१/७२ मा ५ हजार ६ सय टायर उत्पादन गरेको उद्योगले २०७२ को फागुनदेखि कत्ति पनि उत्पादन गर्न सकेन। सरकारी स्वामित्वको यस उद्योेग घाटामा गइरहने र पुँजी अभाव चर्किँदै गएपछि बन्द हुन पुगेको हो। 
 
पुराना प्रविधि, अन्तर्राष्ट्रिय उत्पादनसँग कडा प्रतिस्पर्धा, सरकारी प्रोत्साहनको अभाव लगायत विभिद कारणले सो उद्योग घाटामा पुगेको हो। 
 
पछिल्लो समय उद्योग मन्त्री नवीन्द्रराज जोशीले यसलाई पुनः संचालन गर्ने बताउँदै आए पनि ठोस प्रयास भने हुन सकेको छैन। ठूलो परिमाणमा यसरी टायर आयात भइरहँदा स्वदेशी उद्योगलाई प्रभावकारी तवरले संचालन गर्न सकेमा केही हदसम्म भए पनि आयात प्रतिस्थापनमा सहयोग पुग्न सक्ने थियो।  
 
रेडियल टायर भने विकसित देशका लागि लक्षित गरी उत्पादन गरिएको टायर हो। व्यवसायीहरू रेडियल टायर उच्च गुणस्तरको सडकका लागि उपयुक्त हुने बताउँछन्। उनीहरूका अनुसार नेपालमा वायस टायरको प्रयोग बढी हुन्छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • महिन्द्रा टू व्हीलर्सको टेकुमा नयाँ सर्भिस सेन्टर

    महिन्द्रा टू व्हीलर्सको टेकुमा नयाँ सर्भिस सेन्टर महिन्द्रा टु व्हीलर्सको आधिकारिक वितरक अग्नी मोटो इन्क प्रालिले टेकुस्थित पचली भैरब मार्गमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ। कम्पनीका निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।

  • यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु

    यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ। नेपालमा महिन्द्रा, हिरो, टिभिएस, होण्डा, सुजुकी लगायतका कम्पनीहरुको स्कुटर बजारमा उपलब्ध छ। यी बाहेक अन्य कम्पनीका मोटरसाइकलहरु उपलब्ध भएपनि धेरैजसो ग्राहकहरुको रोजाइमा यीनै ब्राण्डका स्कुटर पर्छन्। यसको मुख्य कारण हो, यी कम्पनीका सस्ता र धेरै माइलेज दिने स्कुटरहरु।

  • चीनमा चल्यो चालक रहित मेट्रोरेल

    चीनमा चल्यो चालक रहित मेट्रोरेल चिनियाँ रेलकार निर्माता कम्पनी सिआरआरसी ले अटोमेटिक मेट्रोरेल निर्माण गरेको छ। चीनको हुनान् प्रान्तमा सार्वजनिक गरिएको बसरेल कम्बो प्याकेजले व्यवस्थित मास ट्रान्जिटमा सहयोग गर्ने बताइएको छ।

  • यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण

    यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण यातायात क्षेत्रमा देखिएका विकृति हटाउँदै सुधारका काममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई सक्रिय देखिएका छन्। करिव अढाई महिनाअघि उनी महानिर्देशक भएपछि सुधारमुलक कार्यमा सक्रिय बनेका हुन्। हालै सवारी साधन अनुमतिपत्र सरलीकरण गरिएको छ। पहिले लिखित परीक्षा दिँदा दुई खण्डको प्रश्नपत्र हुन्थ्यो भने अहिले एउटा खण्ड मात्रै कायम गरिएको छ।

  • महिन्द्राको नयाँ शोरुम अब सिन्धुलीमा

    महिन्द्राको नयाँ शोरुम अब सिन्धुलीमा महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड अन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्सले सिन्धुलीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। ग्राहकमाझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यअनुरुप यस नयाँ शोरुमले सेल्स, सर्भिस तथा स्पेयर पार्टस सबै उपलब्ध गराउने कम्पनीले जनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी