भक्तपुरमा साझालाई चल्न नदिने व्यावसायीको चेतावनी

  • Get News Alerts

भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् । रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गर्दैै ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् । 
 
भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बससरहका गाडी मगाइएको बताउँदै साझा बस भित्रीए ग्रामीण रुट ठप्प पार्ने बताए। 
 
उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्राउन खोजिएको बताए।  
 
सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र ब्यवसायीले साझा बस भन्दा सुबिधा सम्पन्न बस भित्राउन थाले पछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको आरोप लगाउँदै आफूहरु साझा बस भन्दा बढी सुबिधा दिन लाग्दा किन बिवाद बढाइएको उनको आरोप छ।  
 
  कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा आउन लागेको अवस्थामा काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने कार्यको विरोध गरे। 
 
नयाँ आउन लागेका साझा बस नयाँ नभएको र त्यसले जनताको समस्याको सम्बोधन नगर्ने उनले बताए। यात्रुहरुको सेवासुविधालाई ध्यान दिँर्दै समितिले प्रति मिनेटमा सेवा दिइरहेको ब्यवसायीको भनाइ छ । 
 
भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप लगाए। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • हुन्डाइले एकपटकको चार्जमा ५०० किलोमिटर चल्ने विद्युतीय कार ल्याउने !

    हुन्डाइले एकपटकको चार्जमा ५०० किलोमिटर चल्ने विद्युतीय कार ल्याउने ! एक पटकको चार्जमा ५०० किलोमिटरसम्म चल्ने कार बनाउने योजना कम्पनीको छ। यसबाहेक हुन्डाइले आफ्नो सानो एसयूभी मोडल ‘कोना’ को पनि विद्युतीय संस्करण बनाउने भएको छ। विद्युतीय कोना पनि एकपटकको चार्जमा ३९० किलोमिटरसम्म चल्ने बनाउने कम्पनीको लक्ष्य भएकव् बताइएको छ।

  • प्रधानमन्त्रीको व्यस्तताले फेरि रोकियो ‘इम्बोस्ड नम्बर प्लेट’

    प्रधानमन्त्रीको व्यस्तताले फेरि रोकियो ‘इम्बोस्ड नम्बर प्लेट’ नेपालमै पहिलो पटक सुरु हुन लागेको ‘इम्बोस्ड नम्बर प्लेट’ वितरण मिति फेरि पछि सरेको छ। विभिन्न कारणले पटक–पटक वितरणको मिति सर्दैै आएकोमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उद्घाटन गराउने यातायात व्यबस्था विभागले तयारी गरेको थियो। तर आइतबार पनि ‘इम्बोस्ड नम्बर प्लेट’ लागू नहुने भएको छ। केही प्राविधिक कारणले आइतबारको कार्यक्रम रद्द गर्न परेको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।

  • सुजुकीले ल्यायो दुई नयाँ मोटरसाइकल

    सुजुकीले ल्यायो दुई नयाँ मोटरसाइकल सुजुकी भारतले नयाँ मोटरसाइकल ल्याएको छ।

  • कारबेरीले ल्यायो १००० सिसिको नयाँ रोयल इन्फिल्ड

    कारबेरीले ल्यायो १००० सिसिको नयाँ रोयल इन्फिल्ड अस्ट्रेलियाको कस्टम मोटरसाइकल कारबेरीले रोयल इन्फिल्डका लागि १००० सिसिको भी–ट्वीन इन्जिन सार्वजनिक गरेको छ। यसका मूल्य भारतीय बजारमा करिब ८ लाख रुपैयाँ तोकिएको छ।

  • हिरोले ३ वटा नयाँ स्कुटर ल्याउँदै

    हिरोले ३ वटा नयाँ स्कुटर ल्याउँदै हिरो मोटोकर्पले आगामी वर्षसम्म तीन वटा नयाँ स्कुटर ल्याउने भएको छ। हिरोले आफ्ना पुरानो साझेदार होन्डासँग प्रतिस्पर्धा गर्न तीन मोडलका स्कुटर ल्याउन लागेको भारतीय समाचारमाध्यमले जनाएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी