यी हुन् नेपालमा लोकप्रिय स्पोटर्स बाइक, कति पर्छ मुल्य ?

हिजोआज मोटरसाइकलमा आकर्षण बढ्दै गएको छ । सवारी जाम, सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु आदिका कारणले यसको लोकप्रियता बढेको कतिपयको भनाइ छ। विद्यार्थीदेखि सामान्य जागिरेसम्म पनि मोटरसाइकलमा कुद्ने गरेका छन्। मोटरसाइकलको लोकप्रियता बढेको त छ त्यो सँगै पैसा हुने र आफूलाई स्टाइलिस देखाउन चाहने युवाहरु स्पोटर्स बाइक चढ्ने गरेका छन्। यस्ता बाइकहरु सामान्यतया केहि महँगा हुन्छन्।
नेपालमा सडकको अवस्था कमजोर भए पनि यस्ता स्र्पोट बाइक चढ्नेको संख्या भने कम छैन।
भारतीय स्पार्ट बाइक जो नेपालमा लोकप्रिय छन्
बजाज पल्सर आरएस २००

बजाज पल्सर आरएस २०० को डिजाइन निकै उत्कृष्ट छ। १४०.८ किलोमिटर प्रतिघण्टा अधिक्तम स्पिडमा चलाउन सकिने यो बाइकको इन्जिन क्षमता १९९.५ सिसीको रहेको छ। यसको मुल्य ३ लाख ९९ हजार ९ सय रहेको छ।
महिन्द्रा मोजो

महिन्द्रा मोजोमा २९५ सिसि, सिंगल सिलीण्डर, लीक्वीड कूल्ड इन्जिन छ जसले अधिक शक्ति २७ बीएचपी र ३० एनएम टर्क उत्सर्जन गर्छ। सिक्स स्पीड म्यानुअल गियरबक्स भएको यो बाइकको अधिकतम स्पिड १६० किलोमिटर प्रतीघण्टा रहेको छ। यसको बजार मूल्य ५ लाख ८० हजार रुपैयाँ रहेको छ।
टिभिएस आरटिआर २००

१९७.३ सिसी इन्जिन क्षमताको यो बइकको अधिकतम स्पिड १२७ किलोमिटर प्रतिघण्टा रहेको छ। यो बाइकको विषेशता भनेको मात्र १२ सेकेन्डमा शुन्य देखी एकसय किलोमिटरसम्म प्रतिघण्टाको रफ्तारमा पुर्याउन सकिन्छ। यसको बजार मूल्य २ लाख ८९ हजार ९०० रहेको छ।
बजाज डोमिनार ४००

पावरफुल मिड साइज इन्जिनको बढ्दो मागसँगै बजाजले डोमिनार ४०० बजारमा ल्याएको छ। ३७३ सिसीको यो बाइकमा ६ वटा गियर समावेश गरिएको छ। यसको अधिकतम स्पिड १६७ किलोमिटर प्रति घण्टा रहेको छ। यसको मूल्य नेपालमा ४ लाख ६९ हजार ९ सय रहेको छ।
प्रतिकृया दिनुहोस
थप समाचार
-
महिन्द्रा टू व्हीलर्सको टेकुमा नयाँ सर्भिस सेन्टर
महिन्द्रा टु व्हीलर्सको आधिकारिक वितरक अग्नी मोटो इन्क प्रालिले टेकुस्थित पचली भैरब मार्गमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ। कम्पनीका निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।
-
यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु
नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ। नेपालमा महिन्द्रा, हिरो, टिभिएस, होण्डा, सुजुकी लगायतका कम्पनीहरुको स्कुटर बजारमा उपलब्ध छ। यी बाहेक अन्य कम्पनीका मोटरसाइकलहरु उपलब्ध भएपनि धेरैजसो ग्राहकहरुको रोजाइमा यीनै ब्राण्डका स्कुटर पर्छन्। यसको मुख्य कारण हो, यी कम्पनीका सस्ता र धेरै माइलेज दिने स्कुटरहरु।
-
चीनमा चल्यो चालक रहित मेट्रोरेल
चिनियाँ रेलकार निर्माता कम्पनी सिआरआरसी ले अटोमेटिक मेट्रोरेल निर्माण गरेको छ। चीनको हुनान् प्रान्तमा सार्वजनिक गरिएको बसरेल कम्बो प्याकेजले व्यवस्थित मास ट्रान्जिटमा सहयोग गर्ने बताइएको छ।
-
यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण
यातायात क्षेत्रमा देखिएका विकृति हटाउँदै सुधारका काममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई सक्रिय देखिएका छन्। करिव अढाई महिनाअघि उनी महानिर्देशक भएपछि सुधारमुलक कार्यमा सक्रिय बनेका हुन्। हालै सवारी साधन अनुमतिपत्र सरलीकरण गरिएको छ। पहिले लिखित परीक्षा दिँदा दुई खण्डको प्रश्नपत्र हुन्थ्यो भने अहिले एउटा खण्ड मात्रै कायम गरिएको छ।
-
महिन्द्राको नयाँ शोरुम अब सिन्धुलीमा
महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड अन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्सले सिन्धुलीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। ग्राहकमाझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यअनुरुप यस नयाँ शोरुमले सेल्स, सर्भिस तथा स्पेयर पार्टस सबै उपलब्ध गराउने कम्पनीले जनाएको छ।
किनमेल अनुभव
-
सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ
सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।
राजेश सापकोटा, कपन, काठमाडौँ
-
महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति
म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।
सौरभसिंह कार्की, जापान
-
दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ
म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।
मनोज सुवेदी, चावहिल
-
जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम
मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।
विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं
-
पुस्तकको अभावले व्यापार नै डामाडोल भयो
हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?
विष्णुप्रसाद खनाल, पाल्पा
-
सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै
झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।
सरोज गोपाली, झम्सिखेल
-
सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ
मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।
सञ्जिता परियार, काठमाडौँ
-
ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?
नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।
इश्वर नेपाल, चितवन