बैंकबाट ऋण लिएर घर बनाउने सुरसारमा हुनुहुन्छ, कति पर्छ ब्याज ?

  • Get News Alerts

एभरेष्ट बैंकको सस्तो,सिटिजन्स बैंकको महँगो
एउटा सुन्दर घर बनाउने सबैको सपना हुन्छ। तर उपत्यकाजस्तो स्थानमा घर बनाउन त्यत्ति सजिलो भने छैन। सानो ४ कोठाको घर बनाउन पनि ३५-४० लाख खर्च लाग्ने घर व्यवसायीहरु बताउँछन्। पहिले–पहिले मानिसहरु आफुसँग पैसा भए मात्र घर बनाउन आँट्थे। साहुसँग ऋण लिएर पनि घर बनाउथेँ तर अहिले बैंकले सहज रुपमा ऋणको व्यवस्था गरेपछि मानिसहरु त्यतातिर आकर्षित भएका छन्।
 
नेपालमा बैंक तथा वित्तीय संस्थाहरु च्याउसरह उम्रिएका छन्। यस्ता संस्थाहरुले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गदै आइरहेका छन्। वित्तीय संस्थाहरुले लामो समयसम्मको लागि कर्जा उपलब्ध गराउँछन् जसलाई ग्राहक ले सम्झौता गरे अनुसार बिस्तारै तिर्दै जानुपर्ने हुन्छ। थोरै समयमा तिर्ने सम्झौता छ भने ब्याज पनि थोरै हुन्छ भने तिर्ने अवधि धेरै छ भने ब्याजको अनुपात पनि धेरै हुन्छ। 
 
राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा कुल मुल्याङ्कनको ५० प्रतिशत मात्र ऋण दिने ब्यवस्था छ। बैंकहरुको तथ्याङक हेर्दा एभरेष्ट बैंकले सबैभन्दा सस्तो ७ दशमलव ५० प्रतिशत ब्याजदरसम्म कर्जा उपलब्ध गराइरहेको छ। त्यस्तै महंगोमा सिटिजन्स बैंकले १७ प्रतिशतसम्म पनि ब्याजदर लिने गर्दछ। 
 
बैंकहरुले ग्राहकलाई कर्जा दिन होडबाजीनै गरेका छन । बैंकहरुले सस्तो ब्याजदर राखेर कर्जा प्रवाह गर्दा ग्राहकहरुलाई सहजता भएको छ, तर त्यसको अर्को पाटो पल्टाउँदा बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा निकै हाबी भएको देखिन्छ।
 
नेपालमा वाणिज्य बैंक २८ वटा छन्। यी बैंकहरुले घर कर्जामा लगाउने ब्याजदर तल उल्लेख गरिएको छ।
 
 
१. नेपाल बैंक लिमिटेड
 
५ वर्ष ८ दशमलव ५० प्रतिशत 
१० वर्ष ९दशमलव ५० प्रतिशत
१५ वर्ष १० दशमलव ०० प्रतिशत
 
नेपाल लक्ष्मी होम लोन
 
अधिकतम १० बर्षको ७ दशमलव ९० प्रतिशत 
एन बि एल प्रोफेस्नल होम लोन ७ दशमलव ९० 
 
२.राष्ट्रिय वाणिज्य बैंक
 
प्राइम ९ दशमलव ०० देखि १० दशमलव ०० प्रतिशत
जेनेरल १० दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत
 
३. कृषि विकास बैक
 
५ वर्ष ९ प्रतिशत 
१० वर्ष १० प्रतिशत
१५ वर्ष ११ प्रतिशत
कमर्सियल भवन निर्माणको लागि १० दशमलव ५० प्रतिशत
 
४.सेञ्चुरी बैंक
 
१० वर्ष सम्म प्राइम ८ दशमलव ५० देखि १० दशमलव  ५० प्रतिशत अन्य ११ दशमलव  ५० देखि १३ दशमलव ५० प्रतिशत
१५ वर्ष सम्म प्राइम ९दशमलव ०० देखि ११ ०० प्रतिशत अन्य १२ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत 
२५ वर्षसम्म ९ दशमलव  ५० देखि ११ दशमलव ५० प्रतिशत अन्यमा १२ दशमलव ५० देखि १४ दशमलव ५० प्रतिशत
 
५. सिटिजन बैंक
 
८ देखि १७ प्रतिशत 
 
६. सिभिल बैंक
 
५ वर्ष सम्म ९दशमलव ४९ प्रतिशत
१०वर्षसम्म १० दशमलव ४९ प्रतिशत
१५ वर्षसम्म ११ दशमलव २४ प्रतिशत
२० वर्षसम्म १२ दशमलव २४ प्रतिशत
२५ वर्षसम्म १३ दशमलव २४ प्रतिशत
 
७. बैंक अफ काठमाण्डु लुम्बिनी
 
प्राइम ८ दशमलव ५०
स्ट्यार्डड ९दशमलव ५०
अन्य ११ दशमलव ५०
 
८. एभरेष्ट बैंक
 
हाउजिङ लोन ७ दशमलव ५० देखि ११ प्रतिशत
 
९ .ग्लोबल आइएमई बैंक
 
१० वर्षसम्म प्राइम ८ दशमलव ५ देखि ९ दशमलव ५ प्रतिशत अन्य १० देखि ११ प्रतिशत
१० वर्षभन्दा माथि प्राइम ९ देखि १० प्रतिशत अन्य ११ देखि १२ प्रतिशत
 
१०.  हिमालयन बैंक
 
१० वर्ष सम्म ८ दशमलव ०० देखि १० दशमलव ५० प्रतिशत
१० वर्ष भन्दा माथि ८ दशमलव ५० देखि ११ दशमलव ०० प्रतिशत
 
११. जनता बैंक
 
१५ वर्षसम्म प्राइम ८ दशमलव ०० देखि ११ दशमलव ०० प्रतिशत, स्टायण्डर्ड ११ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत
१५ वर्षभन्दा बढी प्राइम ९ दशमलव ०० देखि १२।०० प्रतिशत, स्टाण्डर्ड १२ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत
 
१२. कुमारी बैंक
 
९ दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत
 
१३. लक्ष्मी बैंक
 
८ देखि ११ प्रतिशत
 
१४. माछापुच्छ्रे बैंक
 
स्टायण्डर्ड ९ दशमलव ००,  नर्मल ११ दशमलव ०० र अन्य १४ दशमलव ०० प्रतिशत
 
१५.मेगा बैंक
 
५ वर्षसम्म ८ दशमलव ०० देखि १२ प्रतिशत
१० वर्षसम्म  ८ दशमलव  ५० देखि १३ प्रतिशत
१५ वर्षसम्म ९दशमलव ०० देखि १४ दशमलव ०० प्रतिशत
२० वर्षसम्म १० देखि १५ दशमलव ०० प्रतिशत
 
१६.नबिल बैंक
 
प्राइम ७ दशमलव ९९ देखि ९दशमलव ९९ प्रतिशत
अन्य १० दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत  
 
१७. एनसीसी बैंक
 
५ वर्ष सम्म स्टाण्डर्ड ८, अन्य ९ प्रतिशत
५ वर्ष देखि १० वर्षसम्म ८ दशमलव  ५० स्टाण्डर्ड १० दशमलव  ५०, अन्य  प्रतिशत
१० वर्षभन्दा माथि स्टाण्डर्ड ९द शमलव ०० , अन्य ११ दशमलव ००  प्रतिशत 
 
१८.नेपाल बंगलादेश  बैंक
 
१० वर्षसम्मको ९ देखि ११ प्रतिशत
१० वर्षभन्दा माथि ९दशमलव  ५० देखि ११ दशमलव  ५० प्रतिशत
 
१९. नेपाल इन्भेष्टमेन्ट बैंक
 
कर्पोरेट ८ देखि ९ प्रतिशत, स्टाण्डर्ड १० देखि ११ प्रतिशत
 
२०. नेपाल एसबिआई बैंक
 
८ दशमलव  ५० देखि ११ दशमलव  ५० प्रतिशत सम्म
 
२१ .एनआइसि एसिया बैंक
 
५ बर्षसम्म ८ दशमलव ०० प्रतिशत 
 
२२. एनएमबी बैंक
 
१५ वर्ष सम्म प्राइम ७ दशमलव  ६६ देखि ८ दशमलव  ५० प्रतिशत सम्म, स्टाण्डर्ड १० दशमलव  ५० प्रतिशत, अन्य १३ दशमलव ०० देखि १५ दशमलव ०० प्रतिशत ।
१५ वर्षदेखि २५ वर्षसम्म प्राइम ८ देखि ९ प्रतिशत सम्म, स्टाण्डर्ड १२ दशमलव ०० प्रतिशत, अन्य १४ दशमलव ०० प्रतिशत ।
 
 
२३.प्रभु  बैंक
 
५ वर्षसम्म ८ दशमलव  ९९ देखि ९दशमलव  ४९ प्रतिशत
५ देखि १० वर्ष सम्म ९ दशमलव २४ देखि १० दशमलव ०० प्रतिशत
१० देखि १५ वर्षसम्म ९ दशमलव ४९ देखि १० दशमलव  ५० प्रतिशत
१५ देखि २५ वर्षसम्म ९दशमलव  ७४ देखि १२ दशमलव  ५० प्रतिशत
कम मुल्य हाउजिङको लागि ११ दशमलव ५० देखि १५ प्रतिशत
अन्य ११ दशमलव  ५० देखि १५ प्रतिशत
 
२४. प्राइम कमर्सियल बैंक
 
५ वर्ष सम्मको लागि ९ दशमलव ०० देखि १२ दशमलव ०० प्रतिशत
१० वर्षसम्मको लागि ९ दशमलव २५ देखि १२ दशमलव ५० प्रतिशत
१५ वर्षसम्मको लागि ९ दशमलव ५० देखि १३ प्रतिशत
२० वर्षसम्मको लागी ९ दशमलव ७५ देखि १३ प्रतिशत
 घर मर्मतको लागि १० दशमलव ०० प्रतिशत
 
 
 
२५. सानिमा बैंक
 
९ दशमलव  ५० देखि १३ दशमलव ०० प्रतिशत
 
२६. सिद्धार्थ बैंक
प्राइम ८ दशमलव  ५ देखि ९दशमलव ५ प्रतिशत, अन्य ११ देखि १२ दशमलव  ५ प्रतिशत 
 
२७. स्टाण्डर्ड चार्टड बैंक
 
प्राइम ७ दशमलव ५० प्रतिशत, स्टाण्डर्र्ड ८ दशमलव ५० प्रतिशत र अन्य ८ दशमलव ७५ प्रतिशत
 
२८.  सनराइज बैंक
 
५ वर्षदेखि २० वर्षसम्म ८ दशमलव ५० देखि १३ दशमलव ०० प्रतिशत
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी

    साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी यस साता नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेको छ। पहिलो दिन आइतबार १६४२ अंक रहेकोमा अन्तिम दिन बिहीबार नेप्से १६२९ अंकमा कायम भएको छ। स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ।

  • ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख

    ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख ग्लोबल आइएमई बैंकले बाढी पीडितका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ। तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

  • सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण

    सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण सेयर बजारमा कुनै पनि अवैधानिक रकम छिर्न नदिन धितोपत्र बोर्डले ब्रोकर नियम पालना अधिकृतहरुलाई सचेत गराएको छ। एक कार्यक्रमको आयोजना गरी बोर्डले ७५ जना ब्रोकर प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ।

  • बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त

    बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त बैंक अफ काठमाण्डुको सिइओमा शोभनदेव पन्त नियुक्त भएका छन्। आज बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पन्तलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

  • साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक

    साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक देवः विकास बैंकको साधारणसभाले साझा विकास बैंकलाई प्राप्ती गरेपछिको सेयर अनुपात टुंगो लगाएको छ। लैनचौर बैङक्वेट्समा संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा सम्पन्न सभाले साझा विकास बैंकको १ कित्ता सेयर बराबर देवको १ कित्ता सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी