नेपाल बंगलादेश बैंकले विपन्नलाई लघु कर्जा प्रर्वद्धन गर्ने

  • Get News Alerts

नेपाल बंगलादेश बैंकले विभिन्न जिल्लामा सञ्चालित महिला समूह, महिला सहकारी, समुहमा आवद्ध विपन्न तथा न्यून आय भएका व्यक्ति र समुदायलाई लघु कर्जा प्रर्वद्धन गर्ने भएको छ। 
बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल बंगालादेश बैंकले सहुलियत लुघ कर्जा प्रर्वद्धन संझौतामा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा बैंकले दाङ, भैरहवा, नारायणगढ, धादिङ, तेह«थुम र पाँचथरको फिदिमबाट लघु कर्जा प्रवाह गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयको महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई र बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद  ढुंगानाले लघु कर्जा प्रवाह सम्बन्धी संझौतापत्रमा हस्ताक्षर गरेका हुन्।
 
पहिलो चरणमा छनौटमा परेका जिल्लामा चालु आर्थिक वर्षभित्रै पाँच हजार भन्दा बढी लघु उद्यम र व्यवसायीलाई पचास करोड रुपैयाँ लघु कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । लघु कर्जा परिचालनको सहकार्यबाट बिपन्न तथा न्यून आय भएका व्यक्ति समुह तथा समुदायले स्वरोजगारमुलक उद्यम व्यवसाय गर्न प्रोत्साहन मिल्नुका साथै लक्षित वर्गको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।  

प्रतिकृया दिनुहोस

थप समाचार

  • वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक

    वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई देशव्यापी बनाउने प्रतिबद्धता जनाएको छ। आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले देशभर वित्तीय साक्षरताको खाँचो रहेको औंल्याए। ‘अझै पनि कतिपय क्षेत्रमा सर्वसाधारणले घरमै पैसा राख्ने र आवश्यक परेका बेला त्यहीबाट काम चलाउने गरेको पाइन्छ, त्यहाँ वित्तीय साक्षरताको जरुरत छ’ उनले भने। मिडिया इन्टरनेसनलको आयोजना तथा राष्ट्र बैंकको प्रवद्र्धनमा आजदेखि बैंकिङ एक्स्पो सुरु भएको हो।

  • दमकमा पाँच सयको नक्कली नोट भेटियो

    दमकमा  पाँच सयको नक्कली नोट भेटियो झापाको दमकमा नेपाली पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए।

  • १ अर्ब १० करोडको सेयर कारोबार

    १ अर्ब १० करोडको सेयर कारोबार साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।

  • नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो

    नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो नेपाली मुद्रासँगको बिनिमयमा अमेरिकी डलर थप कमजोर बनेको छ। अमेरिकी डलरको मूल्य १ सय ३ रुपैयाँभन्दा मुनि झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँ ८७ पैसा कायम भएको छ। खरिददर मूल्य १ सय २ रुपैयाँ २७ पैसा कायम भएको छ।

  • सिन्धु विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

    सिन्धु विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा नेपाल क्लियरिङ्ग हाउसले सिन्धु विकास बैंकसँग अन्तर बैंक विद्युतीयभुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानले हस्ताक्षर गरे।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी