साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने

  • Get News Alerts

साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। बैंकको बिहीबार काठमाडौंमा आयोजित १५ औं साधारण सभामा लाभांशको २५ प्रतिशत सेयर वितरण गर्ने जानकारी दिइएको हो। साना किसान सहकारी संस्थाहरुलाई ऋण पुँजीको व्यवस्था गर्न २०५८ सालमा स्थापना गरिएको बैंकले गत आर्थिक वर्षमा मात्रै ४६ प्रतिशत खुद मुनाफा गरेको छ।
 
बैंकले आफनो कूल पूँजी यो वर्ष ११ अर्ब ९३ करोड पुगेको पनि जानकारी दिएको छ। साधारण सभामा बोल्दै बैंकका अध्यक्ष खेम पाठकले लाभांससहित २५ प्रतिशत बोनस सेयर वितरण गर्न लागिएको जानकारी दिए। बैंकले धादिङ, नुवाकोट र रसुवाका १३ हजार भूकम्प पीडित परिवारलाई ५० हजार रुपैयाँको दरले ऋणको व्यवस्था समेत गरेको छ।
 
बैंकमा ५ सय २० वटा साना किसान सहकारी संस्थाहरु आवद्ध रहेका छन्। साना किसान विकास बैंकले दूधजन्य पशुपालन, माछापालन लगायतका क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ।  
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सेयर बजार राताम्मे, कारोबार २५ करोडमा सीमित

    सेयर बजार राताम्मे, कारोबार २५ करोडमा सीमित साताको पहिलो दिन सेयर बजार राताम्मे बनेको छ। नेप्से २४ अंकले ओर्लिँदा कुनै पनि समूह बढ्न सकेनन्। आजको कारोबारपछि नेप्से १३ सय १३ अंकमा कायम भएको छ। सेन्सिटिभ इन्डेक्स ५ अंकले घट्यो।

  • कृषि विकास बैंकको एनपिएन डेबिट कार्ड बन्द हुने

    कृषि विकास बैंकको एनपिएन डेबिट कार्ड बन्द हुने कृषि विकास बैंकले भिजा डेविट कार्ड संचालनमा ल्याउने भएको छ। हाल रहेको नेसनल पेमेन्ट नेटवर्क (एनपिएन) डेबिट कार्डको सट्टामा भिजा कार्ड ल्याउने भएको हो।

  • के सेयर बजारको गिरावटबाट सर्वसाधारण चिन्तित छन्?

    के सेयर बजारको गिरावटबाट सर्वसाधारण चिन्तित छन्? के आम सर्वसाधारण अहिलेको सेयर बजारको गिरावट देखेर वास्तवमै चिन्तित छन्? अवश्य पनि छैनन्। के सरकार चिन्तित छ? सरकार पनि चिन्तित छैन। किनकि अधिकाँशलाई सेयर बजारको घटवढको चासो बन्ने वातावरण नेपालमा बन्न सकेको छैन। जति विकसित देशमा त्यहाँको सेयर बजार घटबढको चासो आम मानिसलाई हुने गर्छ। के विकसित देशमा चासो हुने सबैले सेयर बजारमा लगानी गरेका हुन्छन त? अवश्य पनि हुँदैनन्, जसरी नेपालमा सबैको सेयरमा लगानी छैन।

  • मुद्दती निक्षेपमा ७२ करोड ६९ लाख लगानी गर्दै राष्ट्र बैंक

    मुद्दती निक्षेपमा ७२ करोड ६९ लाख लगानी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले ७२ करोड ६९ लाख ५३ हजार रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका कम्पनीहरुमा सो रकम मुद्दति निक्षेपका रुपमा १ वर्षे अवधिसम्म जम्मा गर्ने भएको हो।

  • साताभर नेप्सेमा करिब ३२ अंकको गिरावट

    साताभर नेप्सेमा करिब ३२ अंकको गिरावट यो साताको नेप्सेमा करिब ३२ अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार १३६९ अंकमा रहेको नेप्से अन्तिम दिनसम्म १३३७ अंकमा कायम रहेको छ। यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको दुई अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी