छोटो समयका लागि सिसिडी रेसियो बढाउन सकिन्छ: शाह

  • Get News Alerts

तरलता संकटबारे बैंकर्सले सर्वपक्षीय छलफल थाल्ने
नेपाल बैंकर्स एसोसिएसनले तरलता संकटको समाधान गर्नेगरी केही दिनमा सर्वपक्षीय छलफल थाल्ने भएको छ। बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले आज बैंकर्सबीच तरलता संकटबारे सामान्य छलफल भएको जानकारी दिए।
 
सेतोपाटीसित कुराकानी गर्दै उनले बढ्दो तरलता संकट समाधानका लागि राष्ट्र बैंक, उद्योगी तथा अर्थविदहरुसँग केही दिनमा सर्वपक्षीय छलफल हुने जानकारी दिए। आजको छलफलमा बैंकहरुबीच व्याजदर नियन्त्रण गर्ने सम्वन्धमा कुनै सहमति नभएको स्पष्ट पार्दै शाहले भने ‘बैंकहरु व्याजदर निर्धारणमा स्वतन्त्र छन्, हामीले ब्याजदर नबढाउने सहमति गर्नु मिल्दैन।’ 
 
कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाह अनुपात (सिसिडी रेसियो)को व्यवस्थापनका लागि बैंकहरुले स्वतन्त्र रुपमा व्याजदर निर्धारण गर्न सक्ने उनले बताए। ‘कतिपय बैंकको सिसिडी रेसियो टाइट भएको छ, उनीहरुले बढी व्याजदर दिएर निक्षेप बढाउनुपर्ने भयो’ शाहले भने  ‘कम हुनेलाई त निक्षेपको जरुरत पनि परेन’
 
बैंकहरुले सिसिडी रेसियोमा ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछन्। यद्यपी कतिपय बैंकको सिसिडी रेसियो भने ६७ प्रतिशत मात्रै छ। यसको मतलव कतिपय बैंकमा लगानीयोग्य निक्षेप रकम पर्याप्त नै छ। 
 
पछिल्लो समय सवारीसाधनसहित अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा बैंकहरुसँग लगानीयोग्य रकम सकिएको छ। त्यस्तै ठूलो परिमाणको हकप्रद तथा प्राथमिक निश्कासनका कारण पनि निक्षेप घटेको छ। जसले गर्दा बैंकहरुले कर्जा प्रवाहमा पनि कडाई गरेका छन्। 
 
एसोसिएसनका अध्यक्ष सिसिडी रेसियो व्यवस्थापन गर्न पनि अब कर्जा नियन्त्रण गर्नुपर्ने वाध्यता रहेको बताउँछन्। ‘निक्षेप संकलन नभएको अवस्थामा सिसिडी रेसियोलाई दायराभित्रै राख्न पनि कतिपय बैंकले कर्जा प्रवाह गर्न सक्ने स्थिति छैन’ उनले भने। 
 
सिसिडी रेसियो कम रहेका बैंकहरुले भने न्यून व्याज दिइरहेका छन्। 
 
‘छोटो समयका लागि सिसिडी रेसियो बढाउन सकिन्छ’
यसैबीच शाहले छोटो समयका लागि सिसिडी रेसियो बढाएर तरलता संकटको समाधान गर्न सकिने बताएका छन्। ‘केही सातापछि नेपाल लाइफको एफपिओ रकम पनि फुकुवा हुन्छ, बजेट खर्च पनि बढ्न थाल्छ’ शाहले भने ‘त्यसकारण छोटो समयका लागि सर्वपक्षीय छलफल गरी सिसिडी अनुपात बढाउन सकिन्छ।’ 
 
सर्वपक्षीय छलफलमा छोटो समयका लागि सिसिडी रेसियो बढाउने सम्वन्धमा पनि छलफल हुने बताइएको छ। तर राष्ट्र बैंक भने सिसिडी रेसियो बढाउने पक्षमा देखिँदैन। 
 
यसअघि राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर डा. चिरञ्जिवी नेपालले घुमाउरो पारामा बैंकहरुले सिसिडी रेसियो बढाउन दवाव दिएको बताएका थिए। ‘अरुले जतिसुकै दवाव दिए पनि सिसिडी रेसियो बढाइँदैन’ सो कार्यक्रममा उनले भनेका थिए। 
 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एनएमबि बैंकमा निःशुल्क आस्बा सेवा

    एनएमबि बैंकमा निःशुल्क आस्बा सेवा एनएमबि बैंकले पनि आस्बा सेवा निशुल्क गरेको छ। आस्बा प्रणालीमार्फत सेयर भर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ। धितोपत्र बोर्डले आस्बा सेवा दिँदा प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेपनि एनएमबि बैंकसहित केहीले निशुल्क गराएका हुन्।

  • श्रम बैंक र रेमिट्यान्स शुल्कको छुट बजेटमा नपर्दा कामदार मर्कामा

    श्रम बैंक र रेमिट्यान्स शुल्कको छुट बजेटमा नपर्दा कामदार मर्कामा नयाँ बजेटले वैदेशिक रोजगारको विषयलाई प्राथमिकतामा राखे पनि वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या समाधानको विषय भने समावेश हुन सकेन। खासगरी विगत तीन वर्षदेखि नीति तथा कार्यक्रममा समावेश हुँदै आएको श्रम बैंक स्थापनाको लक्ष्यलाई यस पटकको बजेट तथा नीति कार्यक्रममा समावेश नै गरिएन।

  • साढे १० अंकले ओर्लियो नेप्से

    साढे १० अंकले ओर्लियो नेप्से साताको पहिलो दिन साढे १० अंकले नेप्से ओर्लिएको छ। कारोबार बन्द हुँदा १५ सय ९३ अंकमा नेप्से अडेको छ। १ सय ४१ कम्पनीको ५५ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

  • वृद्ध भत्ता घर घरमै दिइने

    वृद्ध भत्ता घर घरमै दिइने बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ। सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर÷घरमै गएर वितरण गरिने बताए।

  • माहुलीको सेयर बाँडफाँड, १३ प्रतिशत आवेदकले मात्रै पाए

    माहुलीको सेयर बाँडफाँड, १३ प्रतिशत आवेदकले मात्रै पाए माहुली लघुवित्तको यसअघि खुलेको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएको छ। शनिबार एक कार्यक्रमका बीच बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँड गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी