सेयर बजारमा २५ अंकको वृद्धि, उल्लेख्य कारोबार

  • Get News Alerts

सेयर बजारमा आइतबार करिब २५ अंकको वृद्धि भएको छ। २४ दशमलव ८५ अंकको वृद्धिपछि नेप्से १३ सय ८२ अंकमा कायम भएको छ। कारोबार खुलेदेखि बढेको नेप्से अन्तिम समयसम्म उकालो लाग्दा बजारमा उल्लेख्य वृद्धि भएको हो। 
 
यस दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। १ सय ३६ कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भयो। यसअघि बिहीबार १ सय ३६ कम्पनीको ५३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको थियोा। 
 
 यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ १२. ९, होटल ६०, विकास बैंक १७, जलविद्युत ५५, फाइनान्स ६, बिमा ३६७, उत्पादन २ र अन्य समूह ९ अंकले बढेका छन्। 
 
एनसीसी बैंकको सबैभन्दा बढी रकमको सेयर कारोबार भयो। कम पुँजी भएको र बजारमा सस्तो मूल्य भएकाले कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित भएका छन्। सो बैंकको ६ करोड १२ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता ३ सय ४३ पुगेको छ। 
 
नेसनल लाइफको ४ करोड ३५ लाखको कारोबार भयो। नेपाल बंगलादेश, नेपाल बैंक तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे। 
 
बिमा कम्पनीका लगानीकर्ता नाफाका आधारमा अगाडि देखिएका छन्। पुँजी बढाउनका लागि वाणिज्य बैंकहरुको सेयर संख्या बढ्नु तर बिमा कम्पनीको पूर्ति बढ्न नसकेकाले हालका दिनमा बिमा कम्पनीको मूल्य केही बढ्दै गएको पाइन्छ।
 
 प्राइम लाइफ, एभरेष्ट इन्स्योरेन्स तथा प्रभु इन्स्योरेन्सको मूल्य ९ दशमलव ९ प्रतिशतले बढेको छ। प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भई प्रतिकित्ता ७ सय ३३ मा कायम भए पनि कारोबार बन्द हुँदा मूल्य बढेर ८ सय ६ रुपैयाँ पुगेको छ। 
 
राप्तीभेरी विकास बैंकका लगानीकर्ताले ४.३ प्रतिशत तथा सिन्धु विकास बैंकका ३.३ प्रतिशत मूल्य गुमाएर अगाडि रहे। यसैबीच म्युचुअल फण्ड एनआईबिएल प्रगतिको ७ करोड ५० लाख इकाई सूचीकृत भएको छ। 
 
नेप्सेले थप तीन क्लियरिङ बैंक छनौट गर्नु,  सेयर खरिदबिक्री आदेशलाई अनलाइनमा ल्याउन प्रयास हुनु र देशमा स्थानीय तहको चुनाव हुने अपेक्षा लगानीकर्तामा बढ्नाले आजको बजारमा एक्कासी उछाल आएको लगानीकर्ता बताउँछन्। ‘तीन क्लियरिङ बैंक छनौट भएपनि कारोबार खुल्दा नै बजार बढ्न थाल्यो, मनोबल बढ्दै गएपछि उकालो यात्रा रोकिएन’ लगानीकर्ता पिताम्वर तिम्सिनाले भने। 
 
यसअघि नेप्सेले प्रभु, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकलाई क्लियरिङ बैंकको जिम्मा दिनेगरी छनौट गरेको थियो।(हेर्नुहोस्: क्लियरिङ बैंकका रुपमा छानिए तीन वाणिज्य बैंक) 
 
त्यस्तै सेयर खरिदबिक्री आदेशलाई अनलाइन प्रणालीमार्फत गर्नेगरी अघि बढ्न नेपाल धितोपत्र बोर्डले देखाएको तदारुकताले पनि बजारलाई बढ्न टेवा पुगेको हो। यसअघि शुक्रबार मात्रै बोर्डले यस सम्वन्धमा सम्वद्ध पक्षहरुसित परामर्श गरेको थियो। (हेर्नुहोस् : सेयर खरिदबिक्री आदेशमा अनलाइन प्रणाली लागू गर्ने सम्वन्धमा छलफल) 
 
यद्यपी लगानीकर्ता अहिले सेयर किन्न आत्तिनुपर्ने अवस्था भने नरहेको उनी बताउँछन्। ‘भोलि सेयर किन्नै पाइँदैन कि, या अब सधै बढीरहन्छ भन्ने मानसिकता बनाउनु हुँदैन, संयम भएर लगानी गर्नु जरुरी छ’ उनले भने। 
 
राजनीतिक गतिरोध समाधान भइनसकेकाले भोलि केही अप्ठेरो थपिँदा बजार झन् ठूलो अंकमा घट्न सक्नेतर्फ पनि लगानीकर्ता सचेत हुनुपर्नेमा उनले जोड दिए। ‘आज बढेको बेला किन्नेले भोलि घट्दाखेरि बेचिहाल्ने हो भने नकिन्नुहोस्, घाटा हुन्छ तर एक वर्ष पर्खिन सक्नेले अहिले किन्दा हुन्छ’ उनले सुझाए।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • जलविद्युत आयोजनाको बिमा अनिवार्य गरिनुपर्ने

    जलविद्युत आयोजनाको बिमा अनिवार्य गरिनुपर्ने मुलुकमा पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै त्यसको सुरक्षाको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने र बिमा अनिवार्य गरिनुपर्नेमा जोड दिइएको छ।

  • वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक

    वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई देशव्यापी बनाउने प्रतिबद्धता जनाएको छ। आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले देशभर वित्तीय साक्षरताको खाँचो रहेको औंल्याए। ‘अझै पनि कतिपय क्षेत्रमा सर्वसाधारणले घरमै पैसा राख्ने र आवश्यक परेका बेला त्यहीबाट काम चलाउने गरेको पाइन्छ, त्यहाँ वित्तीय साक्षरताको जरुरत छ’ उनले भने। मिडिया इन्टरनेसनलको आयोजना तथा राष्ट्र बैंकको प्रवद्र्धनमा आजदेखि बैंकिङ एक्स्पो सुरु भएको हो।

  • दमकमा पाँच सयको नक्कली नोट भेटियो

    दमकमा  पाँच सयको नक्कली नोट भेटियो झापाको दमकमा नेपाली पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए।

  • १ अर्ब १० करोडको सेयर कारोबार

    १ अर्ब १० करोडको सेयर कारोबार साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।

  • नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो

    नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो नेपाली मुद्रासँगको बिनिमयमा अमेरिकी डलर थप कमजोर बनेको छ। अमेरिकी डलरको मूल्य १ सय ३ रुपैयाँभन्दा मुनि झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँ ८७ पैसा कायम भएको छ। खरिददर मूल्य १ सय २ रुपैयाँ २७ पैसा कायम भएको छ।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी