‘सहकारी विधेयक’ चाँडो ल्याउन माग

  • Get News Alerts

सहकारी पीडित सङ्घर्ष समितिले व्यवस्थापिका–संसद्, अर्थ उपसमितिमा छलफलका क्रममा रहेको ‘सहकारी विधेयक’ चाँडो ल्याउन माग गर्दै आज माइतीघरमा धर्ना दिएको छ। 
 
विभिन्न सहकारीबाट ठगिएका पीडितले आफ्नो रकम फिर्ता गराउनका लागि माग गरेका हुन्। सो विधेयकमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि केही व्यवस्था गरिएको बताइएको छ। 
 
उक्त कार्यक्रममा वृद्धवृद्धा तथा युवाले सहकारीको माध्यमबाट देश तथा जनतालाई ठगी गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिलाउनुपर्ने, सरकारले पीडितलाई सम्बोधन गर्नका लागि पूर्वन्यायाधीश गैरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले बुझाएको प्रतिवेदनका आधारमा कानुन निर्माण गर्नुपर्नेलगायत माग गरेको प्लेकार्ड र तुल बोकेका थिए। 
 
सो कार्यक्रमका संयोजक मधुसूदन प्याकुरेलले देशभर एकस सय ३० सहकारीले करिब २५ हजार निक्षेपकर्ताको करिब  १५ अर्ब ठगी गरेको बताउँदै सरकारले सम्बन्धित सहकारीको सम्पत्तिलाई लिलाम गराएर रकम असुल गरी पीडितलाई उपलब्ध गराउन माग गरे।  
 
पीडित प्रेम स्थापितले पाँच वर्ष अगाडि आफूले जोरपाटीको जग्गा बेचेर ओरेन्टियल कोअपरेटिभमा  ८० लाख निक्षेप गरेको बताउँदै पछि सो संस्था भागेकाले आफू अलपत्र परेको बताए। 
 
अर्का पीडित सिर्जना रुपाखेतीले सो विधेयक ल्याउनका लागि संवैधानिक निकायका प्रमुखलगायत सबैलाई ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको जानकारी गराए। धर्नाका समयमा सार्वजनिक यातायात आवतजावतमा केही अवरोध पुगेको थियो। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साताभर १ सय ३ अंकले बढ्यो नेप्से

    साताभर १ सय ३ अंकले बढ्यो नेप्से साताभर नेपाल स्टक एक्सचेन्जको परिसूचक १ सय ३ अंकले बढेको छ। पहिलो दिनको कारोबारमा १३ सय ८२ अंकमा रहेको नेप्से बिहीबारसम्म १४ सय ८६ अंकमा पुगेको छ। ठूला लगानीकर्ता रणनीतिक रुपमा बजारमा प्रवेश गरेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

  • एनआईसी एसिया क्यापिटललाई निक्षेप सेवाको स्वीकृति

    एनआईसी एसिया क्यापिटललाई निक्षेप सेवाको स्वीकृति एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटलले धितोपत्र निक्षेपसम्वन्धी सम्पूर्ण सेवाका लागि स्वीकृति पाएको छ। सिडिएस एण्ड क्लियरिङ्गले हाल एनआइसी एसिया बैंकबाट दिइँदै आएको धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागि स्वीकृत दिएको हो।

  • एफपिओ पाइपलाइनमा अझै तीन कम्पनी

    एफपिओ पाइपलाइनमा अझै तीन कम्पनी अझै तीन कम्पनीहरु एफपिओ निश्कासनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा बसेका छन्। दुई बिमा कम्पनी र एक फाइनान्स कम्पनीले एफपिओका निश्कासनका लागि बोर्डसँग स्वीकृति मागेका हुन्। शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र पोखरा फाइनान्सले एफपिओ निश्कासनका लागि आवेदन दिएको बोर्डका सहकप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। यद्यपी तत्काल ति कम्पनीले एफपिओको स्वीकृति भने नपाउने उनले स्पष्ट पारे।

  • प्रभुको ४० प्रतिशत हकप्रदका लागि छानियो एनसिएम

    प्रभुको ४० प्रतिशत हकप्रदका लागि छानियो एनसिएम प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयर निश्कासनका लागि एनसिएम मर्चेन्ट बैंक छनौट भएको छ। प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र एनसिएम मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच हकप्रद सेयर निश्कासनको सम्झौता भएको छ।

  • उतारचढावका बाबजुत बढेरै बन्द भयो नेप्से

    उतारचढावका बाबजुत बढेरै बन्द भयो नेप्से साता कारोबारको अन्तिम दिन बिहीबार पनि नेप्से बढेरै बन्द भएको छ। दिनभरको उतारचढावका बीच अन्तिम समयमा नेप्से ४ दशमलव ९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १४ सय ८६ अंकमा पुगेको छ।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी