रिटेल इन्भेस्टरका आधारमा सगुन अमेरिकाकै दोस्रो ठूलो कम्पनी

  • Get News Alerts

सर्बसाधारणका लागि निष्कासित मिनी आइपिओ आगामी साता बन्द गर्दै

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स स्टार्ट अप कम्पनी सगुन रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी भएको छ । कम्पनीमा विश्वभरका दुई हजार बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेका छन् ।

सगुनका संस्थापक गोविन्द गिरीले मिनी आइपिओ निस्कासन गरेपछि आइतबार फेसबुक लाईभमा सर्बसाधारणलाई सम्बोधन गर्दै भने, ‘हामी रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं ।’ यसअघि इलियोमोले मिनी आइपिओबाट १ करोड ७० लाख डलर संकलन गरेको थियो । त्यसपछि आइपिओमा गएर १ अर्ब २० करोड डलर संकलन गरेको थियो ।

उनका अनुसार अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक स्टार्टअप कम्पनीको सुरुवाती चरणमा सर्बसाधारणलाई लगानी गर्ने अबसर सगुनले दिएको हो । अमेरिकामा अहिले देखिएका ठूला कम्पनीहरु फेसबुक, गुगल, स्न्याप च्याट, आइबिएम लगायतका कम्पनीमा सुरुवाती चरणमा सर्बसाधारणले लगानी गर्न पाएका थिएनन् । तिनमा भेन्चर क्यापिटालिस्ट र धनीहरुले मात्र लगानी गर्न पाएका थिए । ‘कम्पनीको सुरुआतमै अमेरिकी सेयर बजारमा लगानी गर्ने अबसर आएकाले हामीले विदेशमा बस्ने नेपालीलाई प्राथमिकता दिएका हौं,’ गिरीले भने ।

सगुनले विश्व बजारमा निस्कासन गरेको मिनी आइपीओ आगामी साता मार्च २७ देखि बन्द गर्ने संस्थापक गिरीले घोषणा गरे । ‘यसपछि हामी संस्थागत लगानीकर्ताका लागि मिनी आइपिओ निस्कासन गर्नेछौं,’ उनले भने, ‘यसपछिको काम ब्रोकर डिलरले गर्ने छ । त्यतिखेर सर्बसाधारण लगानीकर्ताले लगानी गर्ने अबसर पुन नपाउन सक्छन् ।’ उनले सगुनमा लगानी गर्न चाहनेलाई यही साताभित्रै निर्णय गरिहाल्न सल्लाह दिए ।

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन् । पछिल्लो जानकारी अनुसार भने सगुनले इच्छुक  लगानीकर्तालाई वायर ट्रान्सफर मार्फत कम्तीमा ५ सय डलर लगानी गर्न भनेको छ । सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो । अमेरिकी एक्स्चेन्जमा सेयर निष्कासन गर्ने अनुमति पाएसगै सगुनको बारेमा बिश्वभरी चर्चा सुरु भएको हो । एउटा नेपालीले सुरु गरेको कम्पनीले अमेरिका पाएको यो सफलतालाई सेयरका जानकारहरुले नजिकबाट हेरेको बताइन्छ ।

ग्लोबल सेयर मार्केटमा आफ्नै दाजुभाइले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर लगानी गरेका छन् । प्रवासमा रहेका नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई अभूतपूर्व अबसरका रुपमा लिएका छन् । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरिसकेकाले नेपालमा समेत तरंग ल्याएको छ । सगुनका संस्थापक गिरीले अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ताले लगानी गरेको बताए ।

गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरे । ‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्,’ उनले भने, ‘हामीले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं ।’ हाम्रा युजरको संख्या १ करोड नाघ्ने छ ।

सगुनले लगानीकर्तालाई कसरी प्रतिफल देला ?

सगुनका संस्थापक गिरी युजरलाई मोनिटाइजेसन गर्ने सिस्टम आफूहरुले बनाइरहेको बताउँछन् । यस्तो सिस्टम फेसबुक, ह्वाट्स एप, स्न्याप च्याटलगायतका कुनै एपमा नभएको उनको दावी छ । ‘यो हाम्रो सबै सामाजिक संजालभन्दा विल्कुलै फरक प्रोडक्ट हो,’ उनी भन्छन्, ‘प्रत्यक युजरले सामाजिक संजालमा दिने समयबाट कसरी कम्पनीले रेभेन्यु जेनरेट गर्ने भन्नेमा हामी लागेका छौं । यसका लागि हामीले सोसियल स्मार्ट कार्डको कन्सेप्ट ल्याएका हौं । यसमा हामी पाइनियर हौं ।’

विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका छन् । यसले समय किल गरिरहेको छ । ‘हामीले युजरको समय सगुनलाई दिएपछि त्यसबापत उसले हाम्रो रेभेन्युको हिस्सा पाउनु पर्छ भन्ने कन्सेप्ट ल्याएका छौं’, गिरीले भने । सगुनले हरेक युजरले आफ्नो समय खर्च गर्दा जेनरेट गर्ने रेभेन्युको ५ प्रतिशत उसलाई दिने योजना बनाएका छौं ।

सगुनले यही बर्ष (सन् २०१७ भित्र) भारत र नेपालमा पाइलट प्रोजेक्टका रुपमा स्मार्ट कार्ड सुरु गर्ने गिरीले बताए । उनले अर्को बर्षको पहिलो तीन महिनाभित्रै रेभेन्यु सेयरिङको काम सुरु गर्ने जानकारी दिए ।

सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालका एड राख्छौं, उनले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ ।’

अर्को कुरा सगुनले सोसियल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजको छ । जस्तो अमेरिकामा गिफ्ट कार्डमा १ अर्ब डलर खेर जाने गर्छ ।  साथीभाइ वा आफन्तले दिएको गिफ्ट कार्डको रकम प्रयोग नभइ खेर जान्छ ।

सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ । तपाईंले प्राप्त गर्नु भएको गिफ्ट कार्डलाई सगुनको स्मार्ट कार्डले स्क्यान गरिदिन्छ । त्यसमा कुन भेन्डरको कति मूल्यको कार्ड हो, सगुनको लिस्टमा देखाउँनेछ । मोवाइलमा हुने डिजिटल कार्ड चौबीसै घन्टा तपाईंसँग हुन्छ । त्यसलाई जुनसुकै समय तपाईंले रिडिम गर्न सक्नु हुन्छ ।

अर्को अमेरिकामा कुपन मार्केट अर्बौको छ । जस्तो कुनै स्टोरमा गएर कसैले १ सय डलरको सामान किन्यो भने तुरुन्त २० डलरको कुपन दिन्छ । उसले त्यति रकमको कुपन एक साताभित्रै खरिद गर्दा प्रयोग गर्नुपर्छ । अहिले सामान किनेको मान्छे साता दिनभित्रै फेरि किन्न जाँदैन । त्यसो गर्दा कैयौं कुपन खेर जान्छन् । सगुनको स्मार्ट सोसियल कार्डको डिजाइन त्यस्ता कुपनको स्क्यान गर्ने गरी बनाइएको छ । त्यस्तो कुपन परिवारका सदस्यलाई रिडिम गर्न दिन सकिन्छ ।

सगुनको मिनी आइपिओमा लगानी गरेको सेयर कहिले किनबेच होला ?

‘न्युयोर्क स्टक एक्स्चेन्ज, ओभर द काउन्टर (ओटिसी) मार्केटमा अहिल्यै किनबेच गर्न सक्ने गराउन सकिन्छ’ सगुनका संस्थापक गिरीले भने, ‘अहिल्यै सेयर लिस्टिङ गर्दा लगानीकर्ताले राम्रो प्रतिफल पाउँदैनन् भनेर हामीले केही समयपछि गर्ने योजना बनाएका छौं ।’ गिरीले सन् २०१८ को अन्त्यसम्म मिनी आइपिओका लगानीकर्ताले आफ्नो सेयर किनबेच गर्न सक्ने बताए ।

‘अहिले जहाँ बसेर लगानी गरेको भए पनि सगुनको सेयर किनबेच हुन थालेपछि लगानीकर्ताले त्यतिखेर आफू रहेको ठेगानामै प्रतिफल पाउने छन्, गिरीले भने,’ ‘भोलि मलाई लगानी गर्ने सबैले सगुनका कारण मेरो जिवनमा परिवर्तन आयो भन्ने अबस्था आउने छ ।

 

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक

    वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई देशव्यापी बनाउने प्रतिबद्धता जनाएको छ। आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले देशभर वित्तीय साक्षरताको खाँचो रहेको औंल्याए। ‘अझै पनि कतिपय क्षेत्रमा सर्वसाधारणले घरमै पैसा राख्ने र आवश्यक परेका बेला त्यहीबाट काम चलाउने गरेको पाइन्छ, त्यहाँ वित्तीय साक्षरताको जरुरत छ’ उनले भने। मिडिया इन्टरनेसनलको आयोजना तथा राष्ट्र बैंकको प्रवद्र्धनमा आजदेखि बैंकिङ एक्स्पो सुरु भएको हो।

  • दमकमा पाँच सयको नक्कली नोट भेटियो

    दमकमा  पाँच सयको नक्कली नोट भेटियो झापाको दमकमा नेपाली पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए।

  • १ अर्ब १० करोडको सेयर कारोबार

    १ अर्ब १० करोडको सेयर कारोबार साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।

  • नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो

    नेपाली मुद्रा थप बलियो, डलर १ सय २ मा ओर्लियो नेपाली मुद्रासँगको बिनिमयमा अमेरिकी डलर थप कमजोर बनेको छ। अमेरिकी डलरको मूल्य १ सय ३ रुपैयाँभन्दा मुनि झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँ ८७ पैसा कायम भएको छ। खरिददर मूल्य १ सय २ रुपैयाँ २७ पैसा कायम भएको छ।

  • सिन्धु विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

    सिन्धु विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा नेपाल क्लियरिङ्ग हाउसले सिन्धु विकास बैंकसँग अन्तर बैंक विद्युतीयभुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानले हस्ताक्षर गरे।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी