वैशाख १५ भित्र शाखा विस्तार गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन

  • Get News Alerts

नेप्से र बोर्डका फरक फरक धारणा
नेपाल स्टक एक्सचेन्जले आगामी वैशाख १५ गतेभित्र ब्रोकर कम्पनीहरुलाई काठमाडौं उपत्यकाबाहिर शाखा  अर्थात आरडब्लुएस (रिमोट वर्क स्टेशन) विस्तार गर्न निर्देशन दिएको छ। 
 
यसअघि ४१ ब्रोकर कम्पनीहरुले मुलुकका विभिन्न २७ शहरमा शाखा विस्तार गर्न तयार रहेको भन्दै नेप्सेलाई आवेदन दिएका थिए। नेप्सेले फागुन २४ गते आरडब्लुएस विस्तारका लागि भएको कार्यप्रगति विवरण माग गरेको थियो। तर प्रस्ताव गरेका केही कम्पनीले प्रगति विवरण नै नबुझाएपछि पुनः सो निर्देशन दिएको हो। 
 
प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले तोकिएको अवधिसम्म प्रस्ताव गरेका कम्पनीले आरडब्लुएस विस्तारका लागि असक्षम भए, अन्यलाई दिइने समेत स्पष्ट पारेको छ। 
 
यद्यपी नेपाल धितोपत्र बोर्डले भने यसअघि धितोपत्र बिनियमावली संशोधनको प्रक्रियामा रहेकाले संशोधनपछि मात्रै आरडब्लुएस विस्तार गर्नेगरी प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। यद्यपी नेप्सेले भने औपचारिक रुपमा यस आग्रहको कुनै पत्र नपाएको जनाएको छ। 
 
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बोर्डले औपचारिक रुपमा नेप्सेलाई कुनै जानकारी नगराएको बताउँछन्। उनले भने ‘बोर्डले फर्मल्ली रुपमा हामीलाई केही भनेको छैन, आरडब्लुएस विस्तारका लागि ब्रोकरलाई आवश्यक शर्त तथा मापदण्डहरु तोकिएको सम्वन्धमा बोर्डलाई पनि जानकारी गराइसकेका हौँ।’
 
आरडब्लुएस विस्तार गर्ने सम्वन्धमा कुनै अन्यौल नरहे पनि विनियमावली संशोधनपछि वा अहिले नै गर्ने भन्ने सम्वन्धमा नेप्से र बोर्डबीच विवाद देखिएको छ। यसले गर्दा ब्रोकर कम्पनीहरु समेत अन्यौलमा छन्। साथै यसले गर्दा बोर्ड र नेप्सेबीच द्वन्द्व बढ्न सक्ने संकेत समेत देखिएको छ। 
 
यसअघि विभिन्न ४१ ब्रोकर कम्पनीहरुले उपत्यकाबाहिरका बनेपा, बागलुङ, बेसीशहर, बिराटनगर, बिरगन्ज, बिर्तामोड, बुटवल दमक, दाङ, भैरहवा धरान, इटहरी, महेन्द्रनगर, नारायणगढ, हेटौंडा, नेपालगन्ज, पोखरा लगायत शहरमा आरडब्लुएस विस्तारका लागि प्रतिबद्धता जनाएका हुन्। 
 
आरडब्लुएस विस्तारका लागि ब्रोकर कम्पनीहरुका लागि नेप्सेले केही प्रक्रिया र मापदण्ड भने तोकेको छ। 
 
के के छन् ति मापदण्ड ? 
 
नेपाल स्टक एक्सचेन्जले आगामी असार मसान्तसम्म २ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने सक्ने ब्रोकर कम्पनीलाई  मात्रै उपत्यकाबाहिर रिमोट वर्क ९आरडब्लुएस० स्टेशन खोल्न पाउने व्यवस्था गरेको छ।  
 
जसअनुसार तत्कालका लागि एक करोड नेटवर्थ भएका धितोपत्र दलाल व्यवसायीले आरडब्लुएस विस्तार गर्न सक्ने छन्। धितोपत्र व्यवसायी नियमावली, २०६४ को दफा ४० अनुसार आरडब्लुएस विस्तार प्रकृया अगाडि बढाउन नेप्सेले भनेको हो। 
 
केही पूर्वाधारहरु सुनिश्चित गर्दै ब्रोकर कम्पनीलाई आरडब्लुएस विस्तार गर्न दिने नेप्सेको प्रस्तावमा उल्लेख छ। कम्तीमा तीन थान कम्प्युटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने, कार्यालयका लागि कम्तीमा ४ सय वर्ग फिटको स्थान हुनुपर्ने, कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने, इमेल, इन्टरनेट, इन्ट्रानेट तथा सिसीटिभी जस्ता पूर्वाधारहरुको व्यवस्था हुनुपर्ने शर्तहरु तोकिएको छ।
 
 कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने। कारोबार गर्ने कम्प्यूटरमा कम्तिमा एक सय मेगाबाइट नेटवर्कको प्रयोग तथा अपरेटिङ सिस्टम विन्डोज ७ भन्दा अत्याधुनिक हुनुपर्ने व्यवस्था तोकिएको छ।  
 
त्यस्तै जनशक्ति व्यवस्थापनका लागि पनि नेप्सेले निश्चित शर्तहरु अघि सारेको छ। वाणिज्यशास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उतीर्ण गरेको व्यक्ति शाखा प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने, मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिवरब्रान्च कोअर्डिनेटरर कम्पलायन्स अफिसरको व्यवस्था हुनु पर्ने व्यवस्था तोकिएको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी

    साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी यस साता नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेको छ। पहिलो दिन आइतबार १६४२ अंक रहेकोमा अन्तिम दिन बिहीबार नेप्से १६२९ अंकमा कायम भएको छ। स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ।

  • ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख

    ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख ग्लोबल आइएमई बैंकले बाढी पीडितका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ। तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

  • सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण

    सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण सेयर बजारमा कुनै पनि अवैधानिक रकम छिर्न नदिन धितोपत्र बोर्डले ब्रोकर नियम पालना अधिकृतहरुलाई सचेत गराएको छ। एक कार्यक्रमको आयोजना गरी बोर्डले ७५ जना ब्रोकर प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ।

  • बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त

    बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त बैंक अफ काठमाण्डुको सिइओमा शोभनदेव पन्त नियुक्त भएका छन्। आज बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पन्तलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

  • साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक

    साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक देवः विकास बैंकको साधारणसभाले साझा विकास बैंकलाई प्राप्ती गरेपछिको सेयर अनुपात टुंगो लगाएको छ। लैनचौर बैङक्वेट्समा संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा सम्पन्न सभाले साझा विकास बैंकको १ कित्ता सेयर बराबर देवको १ कित्ता सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी