हकप्रद र बोनसपछि यसरी गरिन्छ मूल्य समायोजन

  • Get News Alerts

कुनै कम्पनीले बोनस वा हकप्रदको घोषणा गर्नेवित्तिकै सो कम्पनीको सेयर किन्न लगानीकर्ताहरु आकर्षित हुने गरेका छन्। बोनस र हकप्रदका लागि लगानीकर्ता मरिहत्ते गरे पनि प्रत्येक कम्पनीको हकप्रद र बोनसपछि बजारमा सेयरको मूल्य समायोजन हुन्छ र समायोजनपछि मूल्य घट्न र बढ्न सक्ने संभावना बराबरी हुन्छ।  
 
बढेको सेयर संख्याका आधारमा मूल्य घटाइन्छ। कम्पनीले तोकेको बुक क्लोजको मितिका दिन मूल्य समायोजन भई नयाँ मूल्यबाट कारोबार हुन थाल्छ।  यद्यपी कतिपय लगानीकर्तालाई मूल्य समायोजनबारे जानकारी नै नहुँदा पनि अल्मलमा परेको पाइन्छ।
 
नेप्सेले मूल्य समायोजन गरेपछि आफ्नो वेबसाइटमार्फत समायोजित मूल्य सार्वजनिक गर्ने गर्दछ। यदी फर्मूला थाहा भएमा स्वयम्ले नै समायोजनपछि कायम हुने मूल्य निकाल्न सकिन्छ। 
 
बोनस र हकप्रदपछि गरिने मूल्य समायोजनका लागि छुट्टाछुट्टै सुत्रको प्रयोग गरिन्छ। हेरौँ मूल्य समायोजनको फर्मूलाः 
 
बोनसपछिको मूल्य समायोजन 
अघिल्लो दिन कारोबार बन्द भइसकेपछिको मूल्यलाई १ र बोनस दर (अंक)को जोडले भाग गरेपछि आउने मूल्य नै बोनसपछिको समायोजित मूल्य हो।  कुनै कम्पनीले २० प्रतिशत बोनसका लागि माघ २ गते बुक क्लोजको मिति तय गर्यो। माघ १ गते कारोबार बन्द हुँदा मूल्य ५ सय रुपैयाँ छ भने, 
 
बुक क्लोजअघिको मूल्य 
१ + बोनसको दर (अंकमा)
 
अथवा        ५००         
              १ + ०.२
                 
         = ४१६.६ रुपैयाँ 
 
बुक क्लोजपछि ४१७ रुपैयाँ मूल्य तय गरिन्छ। दशमलवपछिको अंक ५ वा सोभन्दा माथि हुँदा एक थपिन्छ भने ४ वा सोभन्दा मुनिको अंक आएमा त्यसको गणना गरिँदैन। 
 
यदी तपाईले बोनसका लागि भनेर अघिल्लो दिन प्रतिकित्ता ५ सय रुपैयाँमा सेयर किन्नुभयो तर मूल्य समायोजनपछि कारोबार हुँदा ४ सय १७ रुपैयाँभन्दा तल झर्यो भने तपाइलाई बोनस नलिकन झरेको मूल्यमा किन्नेले जित्यो।
 
यदी ४ सय १७ रुपैयाँभन्दा माथि मूल्य गएमा मात्रै तपाईले लिएको बोनसको महत्व बढ्यो। त्यसकारण बोनसकै लागि भनेर महँगो मूल्य हाल्दैमा फाइदा हुन्छ भन्ने धारणा गलत हुने संभावना उत्तिकै हुन्छ।  
 
हकप्रदपछिको मूल्य समायोजन 
हकप्रदपछि गरिने मूल्य समायोजनको सुत्र अलि फरक छ। बोनसका लागि लगानीकर्ताले कुनै शुल्क तिर्नुपर्दैन तर हकप्रदका लागि लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ तिर्नुपर्दछ। त्यही रकमको हिसाव गर्नका लागि यसको सुत्र फरक भएको हो। 
 
अघिल्लो दिनको कारोबार बन्द हुँदाको मूल्य प्लस हकप्रदका लागि प्रतिकित्ता तिरेको मूल्यमा हकप्रदको अंकलाई गुणा गरेर १ प्लस हकप्रद अंकले भाग गरेपछि समायोजित मूल्य निस्किन्छ। मानौँ, बुक क्लोजको अघिल्लो दिन कुनै कम्पनीको मूल्य ५ सय छ र २० प्रतिशत हकप्रदपछि मूल्य समायोजन गर्दा यस्तो हुन्छ। 
 
बुक क्लोजअघिको मूल्य + (हकप्रदमा तिरेको प्रतिकित्ता मूल्य × पाएको हकप्रद) 
                      १ +  पाएको हकप्रद
 
अथवा     ५००+ (१००×०.२)
           १+०.२०
           
           ५२० 
             १.२
 
         = ४३३. ३३ रुपैयाँ 
 
यहाँ देखिएको १ सय तपाईले हकप्रदमा तिर्नुभएको प्रतिकित्ता मूल्य हो। अब बुक क्लोजपछि कम्पनीको प्रतिकित्ता मूल्य ४३३ रुपैयाँ तय गरिन्छ। अब कारोबार भइसकेपछि मूल्य ४ सय ३३ भन्दा पनि तल झर्यो भने हकप्रदका लागि भनेर ५ सय रुपैयाँ तिर्नेलाई आज झरेको मूल्यमा किन्नेले जित्यो। 
 
हकप्रदका कारण मरिहत्ते जरुरी छैन। घटेर दशमलवपछि आएको अंक ५ भन्दा मुनि भएकाले यसको हिसाव गरिँदैन। बुक क्लोजअघिको मूल्य, बोनस र हकप्रद उत्ति नै हुँदा पनि यहाँ फरक फरक मूल्य समायोजन हुनुको अर्थ हकप्रदमा तिरिएको प्रतिकित्ता १ सय रुपैयाँको हिसावले गर्दा हो। जुन रकम बोनसमा तिरिँदैन। 
 
बोनस र हकप्रदपछि समायोजन गरेपछि पनि कम्पनीको मूल्य घट्ने संभावना उत्तिकै हुने भएकाले हकप्रद र बोनसका लागि मरिहत्ते गर्नुले नोक्सान पर्न सक्नेतर्फ पनि सचेत भएर लगानी गर्नुपर्ने हुन्छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी

    साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी यस साता नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेको छ। पहिलो दिन आइतबार १६४२ अंक रहेकोमा अन्तिम दिन बिहीबार नेप्से १६२९ अंकमा कायम भएको छ। स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ।

  • ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख

    ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख ग्लोबल आइएमई बैंकले बाढी पीडितका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ। तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

  • सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण

    सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण सेयर बजारमा कुनै पनि अवैधानिक रकम छिर्न नदिन धितोपत्र बोर्डले ब्रोकर नियम पालना अधिकृतहरुलाई सचेत गराएको छ। एक कार्यक्रमको आयोजना गरी बोर्डले ७५ जना ब्रोकर प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ।

  • बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त

    बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त बैंक अफ काठमाण्डुको सिइओमा शोभनदेव पन्त नियुक्त भएका छन्। आज बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पन्तलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

  • साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक

    साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक देवः विकास बैंकको साधारणसभाले साझा विकास बैंकलाई प्राप्ती गरेपछिको सेयर अनुपात टुंगो लगाएको छ। लैनचौर बैङक्वेट्समा संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा सम्पन्न सभाले साझा विकास बैंकको १ कित्ता सेयर बराबर देवको १ कित्ता सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी