दश कम्पनीलाई जीवन बिमा व्यवसायको लाइसेन्स स्वीकृत

  • Get News Alerts

अर्थ मन्त्रालयले दश नयाँ जीवन बिमा कम्पनीलाई संचालनका लागि स्वीकृति दिएको छ। स्वीकृतिको पत्र आजै बिमा समितिलाई पठाउने अर्थमन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीलाई जानकारी दिए। 
 
यसअघि  एक दर्जन बिमा कम्पनीले व्यवसाय  संचालनका लागि स्वीकृति माग्दै समितिमा आवेदन दिएका थिए। तर आवश्यक कागजात र प्रक्रिया नपुगेपछि समितिले १० कम्पनीका लागि मन्त्रालयसित लाइसेन्सको स्वीकृति मागेको थियो। 
 
नयाँ नियमावलीले नयाँ कम्पनीलाई व्यवसाय संचालनका लागि स्वीकृति दिने बाटो खोलेसँगै थप जीवन बिमा कम्पनी संचालन हुने भएका हुन्। ‘सो आग्रहबमोजिम अर्थमन्त्री कृष्णबहादुर महराको पहलमा नयाँ जीवन बिमा कम्पनीहरु संचालनका लागि लाइसेन्स दिने निर्णय भएको हो’ मन्त्रालयका अधिकारीले भने ‘आजै स्वीकृतिको पत्र समितिलाई पठाउने तयारी गर्दैछौँ।’
 
समितिलाई अर्थको स्वीकृति पत्र आएपछि समितिले आवश्यक प्रक्रिया पुर्याएर कम्पनीहरुलाई लाइसेन्स प्रदान गर्नेछ। यसरी जीवन बिमा व्यवसाय संचालनका लागि स्वीकृति पाउने कम्पनीहरुमा स्टार, सन नेपाल, सानिमा, सिटिजन्स, रिलायबल, रिलायन्स, आइएमई, महालक्ष्मी, ज्योति, र युनियन लाइफ इन्स्योरेन्स कम्पनी छन्।
 
यी कम्पनीसहित अब जीवन बिमा कम्पनीको संख्या १९ पुग्ने भएको छ। हाल नेसनल, नेपाल, लाइफ इन्स्योरेन्स कर्पोरेसन, अमेरिकन, एसियन, गुराँस, सुर्या, प्राइम र राष्ट्रिय बिमा संस्थानगरी ९ कम्पनी संचालनमा छन्।
 
यी कम्पनीले नयाँ नियमावलीअनुसार २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्दछ।  समितिले यी जीवन बिमा कम्पनीसहित केही निर्जीवन कम्पनी खोल्न स्वीकृति दिने तयारी गरेको छ।
 
मन्त्रालयका अनुसार निर्जीवन बिमा कम्पनीहरु संचालनका लागि समितिले नै स्वीकृति दिन सक्नेछ। निर्जीवन ५ कम्पनीहरुले संचालनको स्वीकृतिका लागि आवेदन दिएका छन्। हाल जीवन तथा निर्जीवन गरी २२ कम्पनी संचालन भइरहेकोमा १५ कम्पनी थपिएपछि यो संख्या ३७ पुग्नेछ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

    आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ। पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो।

  • एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि

    एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि एक वर्षको अवधिमा नेपालको प्रतिव्यक्ति आय १ सय ५ डलरले वृद्धि भएको छ। संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्। गत आर्थिक वर्ष प्रतिव्यक्ति आय ७ सय ५७ डलर रहेकोमा यो वर्ष बढेर ८ सय ६२ पुग्ने अनुमान गरिएको छ।

  • १४ अंकले खस्कियो नेप्से

    १४ अंकले खस्कियो नेप्से साताको पहिलो दिन सेयर बजार १४ अंकले खस्किएको छ। सो अंक घटेसँगै बजार १६ सय १५ अंकमा कायम भएको छ। कारोबार खुलेदेखि ओर्लिएको नेप्सेले १ घण्टापछि सुधारको संकेत देखाएपनि लामो समय टिक्न सकेन। १ सय ४८ कम्पनीको ७५ करोड ६० लाख रुपैयाँको कारोबार भयो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी