नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

  • Get News Alerts

बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।
 
मित्र शोलुसन आधिकारी बिक्रेता रहेको कोरियन कम्पनी सिटेकले निर्माण गरेको ‘आई स्नाइपर’ नामको उक्त नोट काउन्ट मेशिनले नक्कली नोट आफै डिडेक्ट गरेर देखाउने जसको कारणले नक्कली नोट वित्तिय संस्थभित्र छिर्न नपाउने सोलुसनका प्रबन्धक अनिश वाग्लेले जानकारी दिए। वाग्लेका अनुसार यस्ताे मेसिन नेपालमा अहिलेसम्म  भित्रिएको छैन।
 
के छन् विशेषता
 
यसको सबैभन्दा आकर्षक विशेषता भनेको नक्कली नोटहरु आफैँ पहिचान गर्ने हो। नोट वा बन्डल मेसिनमा राखेर काउन्ट हुँदा त्यस्ता नक्कली नोट वा अन्य कागज भेट्नेवित्तिकै पेपर इररसहितको डिस्प्ले देखाउने वाग्लेले जानकारी दिए।
 
हाल प्रचलनमा रहेका मेशिनहरुले नोटसँगै कागज भएपनि त्यसलाई नोटको काउन्ट गर्छन् तर यो आइस्नाइपरले भने नोटमात्र होइन त्यसको कूल मूल्य, पाँचसय, हजार सय पचासको नोटको संख्या र मूल्य समेत डिस्प्लेमा देखाउँछ।
 
विश्वको दोस्रो ठुलो मेशिन निर्माता सिटेकले निर्माण गरेको यो मेशिनले विश्वका धेरै देशका केन्द्रिय बैंकबाट मान्यता पाएर प्रचलनमा रहेको वाग्लेले जानकारी दिए।
 
बैंक, बित्त, सहकारी, मनी एक्सेन्चरहरुले नोट आदानप्रदान गर्दा कहिलेकाही धेरथोर पर्नसक्ने सम्भावना हालका मेशिनहरुबाट हुन्छ। तर यो आइस्नाइपरले स्मार्ट गणनामात्र होइन नोटकको संख्यासहित डिस्प्लेमा देखाउने हुँदा जहिले पनि सही गणना गर्ने वाग्लेको दाबी छ।
 
यो मेशिनमा तीनवटा मोड रहेका छन्। मिक्स, एसपी र काउन्ट मोड रहेको यसमा नेपाली भर्सनको लागि डलर र युरो मोड पनि राखिएको वाग्लेले जानकारी दिए। जसअनुसार युरो र डलरको नेपाली मूल्यसहित काउन्ट गर्नसकिने छ।
 
हेटौंडामा मुख्य र काठमाडौंको सिनामंगलमा डिलर रहेको मित्र शोलुसनले नेपाली बजारमा बिक्री गर्ने अन्तिम तयारी गरिरहेको छ।
 
एउटा मेशिनको १ लाख ५५ हजरा रुपैयाँ मूल्य रहेको छ। किन्नेहरुको लागि विशेष सुविधा रहेको वाग्लेले जानकारी दिए। कसैले किन्न चाहेमा दुई तीन दिनको लागि ट्रायलमा दिइने उनले बताए। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी

    साताभर १२ अंकले घट्यो नेप्से, यी हुन् कारोबारमा उत्कृष्ट कम्पनी यस साता नेप्से परिसूचक १२ दशमलव ३८ अंकले घटेको छ। पहिलो दिन आइतबार १६४२ अंक रहेकोमा अन्तिम दिन बिहीबार नेप्से १६२९ अंकमा कायम भएको छ। स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ।

  • ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख

    ग्लोबल आईएमई बैंकको बाढी पीडितलाई ६५ लाख ग्लोबल आइएमई बैंकले बाढी पीडितका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ। तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

  • सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण

    सेयर बजारमा अवैध रकम छिर्न नदिन बोर्डद्वारा ब्रोकर अधिकृतहरुलाई प्रशिक्षण सेयर बजारमा कुनै पनि अवैधानिक रकम छिर्न नदिन धितोपत्र बोर्डले ब्रोकर नियम पालना अधिकृतहरुलाई सचेत गराएको छ। एक कार्यक्रमको आयोजना गरी बोर्डले ७५ जना ब्रोकर प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ।

  • बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त

    बैंक अफ काठमाण्डुको सिइओमा शोभन देव पन्त बैंक अफ काठमाण्डुको सिइओमा शोभनदेव पन्त नियुक्त भएका छन्। आज बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पन्तलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

  • साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक

    साझा र देव विकासको सेयर अनुपातः एक बराबर एक देवः विकास बैंकको साधारणसभाले साझा विकास बैंकलाई प्राप्ती गरेपछिको सेयर अनुपात टुंगो लगाएको छ। लैनचौर बैङक्वेट्समा संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा सम्पन्न सभाले साझा विकास बैंकको १ कित्ता सेयर बराबर देवको १ कित्ता सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी