साढे १० अंकले ओर्लियो नेप्से

  • Get News Alerts

साताको पहिलो दिन साढे १० अंकले नेप्से ओर्लिएको छ। कारोबार बन्द हुँदा १५ सय ९३ अंकमा नेप्से अडेको छ। १ सय ४१ कम्पनीको ५५ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
 
टेलिकम सूचीकृत अन्य समूह बाहेक सबै समूह ओर्लिएका छन्। टेलिकमको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँले बढ्दा अन्य समूह भने ० दशमलव ८६ अंकमा हरियो रह्यो। बैंकिङ ९, होटल १५, विकास बैंक ७, जलविद्युत ३०, फाइनान्स १, बिमा ९५ र उत्पादन समूह १३ अंकले ओर्लिए।
 
कारोबार रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। ४ करोड १५ लाखको कारोबार भएको उसको सेयर मूल्य प्रतिकित्ता २१ सय ९३ कायम भएको छ। त्यस्तै २ करोड १३ लाखको कारोबार भएको कुमारी बैंकको मूल्य ३ सय २२ कायम भएको छ।
 
गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २–२ करोड रुपैयाँको कारोबार भयो।  आरएसडिसी लघुवित्तको मूल्य ९. ९ प्रतिशतले बढ्यो। युनाइटेड मोदीको साढे ६ प्रतिशतले मूल्य बढेको छ। कर्णाली विकास बैंकको मूल्य ५ प्रतिशतले घट्यो। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एनएमबि बैंकमा निःशुल्क आस्बा सेवा

    एनएमबि बैंकमा निःशुल्क आस्बा सेवा एनएमबि बैंकले पनि आस्बा सेवा निशुल्क गरेको छ। आस्बा प्रणालीमार्फत सेयर भर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ। धितोपत्र बोर्डले आस्बा सेवा दिँदा प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेपनि एनएमबि बैंकसहित केहीले निशुल्क गराएका हुन्।

  • श्रम बैंक र रेमिट्यान्स शुल्कको छुट बजेटमा नपर्दा कामदार मर्कामा

    श्रम बैंक र रेमिट्यान्स शुल्कको छुट बजेटमा नपर्दा कामदार मर्कामा नयाँ बजेटले वैदेशिक रोजगारको विषयलाई प्राथमिकतामा राखे पनि वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या समाधानको विषय भने समावेश हुन सकेन। खासगरी विगत तीन वर्षदेखि नीति तथा कार्यक्रममा समावेश हुँदै आएको श्रम बैंक स्थापनाको लक्ष्यलाई यस पटकको बजेट तथा नीति कार्यक्रममा समावेश नै गरिएन।

  • वृद्ध भत्ता घर घरमै दिइने

    वृद्ध भत्ता घर घरमै दिइने बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ। सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर÷घरमै गएर वितरण गरिने बताए।

  • माहुलीको सेयर बाँडफाँड, १३ प्रतिशत आवेदकले मात्रै पाए

    माहुलीको सेयर बाँडफाँड, १३ प्रतिशत आवेदकले मात्रै पाए माहुली लघुवित्तको यसअघि खुलेको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएको छ। शनिबार एक कार्यक्रमका बीच बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँड गरेको हो।

  • यी हुन् उच्च सेयर कारोबार हुने साताका पाँच कम्पनी

    यी हुन् उच्च सेयर कारोबार हुने साताका पाँच कम्पनी साताभर समग्र नेप्से परिसूचक ११ अंकले घटे पनि केही कम्पनीको सेयर खरीदमा भने लगानीकर्ताको उल्लेख्य आकर्षण रह्यो। स्टाण्डर्ड चार्टड बैंक कारोबारका आधारमा यो साता अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९२ लाखको सेयर खरिदबिक्री भयो। कम्पनीको मूल्य साताभर प्रतिकित्ता १० रुपैयाँले घटेर २१ सय ९० कायम भएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी