चाकुको माग यस वर्ष दोब्बरले वृद्धि (फोटो/ भिडियाे)

  • Get News Alerts

विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ। उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ। काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छ। साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बजारमा बढी देखिन्छ। मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ। जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महंगो छ। काठमाडौंमा चाकुको माग यस वर्ष दोब्बरले बृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

नेवारी संस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन रहेको छ।

साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने जनविश्वास रहिआएको छ।

हेर्नुहोस् तस्बिर र भिडियोमा

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सोमबारदेखि बजारमा दुई थरी सुन, दुई थरी मूल्य

    सोमबारदेखि बजारमा दुई थरी सुन, दुई थरी मूल्य सोमबारदेखि छापावाल सुन दुईथरी मूल्य कायम गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मूल्य निर्धारण गरिदिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भइरहेको भएपनि अब एनआइसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकोले फरकफरक मूल्य निर्धारण गर्नुपरेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए। ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको मात्र गुणस्तर फरक हुने अध्यक्ष सुनारले बताए।

  • अवैध मदिरा उद्योग चलाउने पक्राउ

    जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने दुई जनालाई गएराति पक्राउ गरेको छ । अवैध ढङ्गबाट मदिरा उत्पादन गरेको सूचना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले छापा मार्ने क्रममा एक हजार लिटर मदिरा र दुई हजार लिटर कच्चापदार्थसमेत जफत गरेको बुझिएको छ । \

  • भारतीय उद्योगका मदिरा बरामद

    भारतीय उद्योगका मदिरा बरामद पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो ।

  • भूकम्पका कारण बन्द नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा

    भूकम्पका कारण बन्द नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा स्थानीयस्तरमा पाइने कच्चापदार्थ लोक्ताबाट उत्पादन हुने नेपाली कागज बजारमा लोप हुँदै गइरहेको बेला दोलखाको जिरी नगरपालिका–३ कात्तिकेमा ८४ लाख रुपैयाँको लगानीमा एवि नेपाली कागज पुनः सञ्चालनमा आएको छ।

  • वीरगन्जका उद्योगी भन्छन्ः नियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

    मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन्। विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरुले सो समस्या समाधान गर्न आग्रह गरेका छन्।

किनमेल अनुभव

  • अष्ट्रेलियामा मासुभन्दा साग महँगो अष्ट्रेलियामा मासुभन्दा साग महँगो

    नेपालमा मेरो घर ललितपुर हात्तीवन हो। अष्ट्रेलियामा पढ्न आएको एक वर्ष भयो। सिड्नीमा बस्दै आएको छु। नेपाली विद्यार्थी पढ्न भनेर आए पनि सबै अष्ट्रेलिया आएपछि काम गर्नैपर्ने हुन्छ।

    पवन राउत, हाल सिड्नी

  • w
  • थाइल्याण्डमा टिसर्ट धेरै सस्तो थाइल्याण्डमा टिसर्ट धेरै सस्तो

    थाइल्याण्डमा टिसर्ट निकै सस्तो पाइने रहेछ। बुटवल र काठमाडौंमा ८ सयदेखि १५ सयसम्म भनिने टिसर्ट थाइल्याण्डमा नेपाली ३ सय रुपैयाँमा नै पाइने रहेछ। हुन त काठमाडौंमा अधिकांश टिसर्ट थाइल्याण्डबाट नै आउने हो। तर ३ सयको टिसर्टलाई व्यापारीले १५ सयमा बेच्न भने नपाउने हो।

    बालकृष्ण न्यौपाने, बुटवल

  • tata
  • भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो

    मैले गत पुस ३ गत ६ वर्षे छोराको लागि बालाजुमा रहेको भाटभटेनी सुपरमार्केटबाट ९ सय रुपैंयाँमा एक जोर जुत्ता किनेको थिएँ। मेरो छोरोको विद्यालयमा पढ्ने र विद्यालयका लागि अर्कै जुत्ता लगाउनु पर्ने हुँदा उसले १० दिन जति मात्र त्यो जुत्ता लगायो होला।

    जगदिश तिवारी,बालाजु

  • आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु

    मेरो घर धनुषा जिल्ला हो। हाल काठमाडौं महाराजगंज बस्दै आएको छु। जनकपुरबाट म विदेश जाने भनेर काठमाडौं आएको हुँ । विदेश पठाउने म्यानपावर र दलालले दिने दुख सम्झेर नेपालमै केही गर्नु पर्यो भनेर बलेरो गाडी किनेँ।

    गौरव श्रेष्ठ (डण्डे), काठमाडौं

  • क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ! क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ!

    म क्यानडा आएको एक वर्ष भयो । क्यानडाको बा्रम्टन भन्ने ठाँउमा मेरो बसाई छ । नेपामा मेरो घर ललितपुर जिल्लाको इमाडोलमा हो । पुख्र्याैली घर भने झापा जिल्ला पर्छ । नेपाल र क्यानडाको तुलना गर्न त मिल्दैन। यहाँ हरेक कुराको सिस्टम छ र नागरिक पनि त्यहिअनुसार चलेका छन् । नेपालको तुलनाका कमाई राम्रो भएपनि खर्च पनि त्यतिनै हुने रहेछ ।

    बालकुमार कार्की , क्यानडा

  • बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु

    म नर्सिङको बिद्यार्थी हुँ। सपिङ गर्न प्राय सपिङ कम्पेक्सहरुतिर नै जाने गरेकी छु। मलाई बार्गेनिङ गर्न आउँदैन त्यसैले जाँदा सधै दिदीहरु लिएर जाने गरेकी छु।

    इन्जु धामी

  • एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो

    बर्षैपिच्छे सामानहरुको भाउ अपत्यारीलो तरीकाले बढीरहेको छ । पोहोर साल मैले एउटा ‘लेदर लुक्स ज्याकेट’ २५ सय रुपैयाँमा किनेको थिए । यसपाली त्यस्तै क्वालिटीको ज्याकेटलाई पसलेहरुले ३५ सय भन्छन् । एकै बर्षमा एक हजार मुल्य बृद्धी, यो त अत्ति भयो नि । हामि जस्तो बिद्यार्थीहरुलाइ मुल्य बृद्धीले प्रत्यक्ष असर पारेको छ । यस बिषयमा पनि सरकारले ध्यान दिए हुन्थ्यो ।

    अमृत बस्नेत

  • खेलकुदका सामग्रीमा त नठगे हुने नि खेलकुदका सामग्रीमा त नठगे हुने नि

    म ललितपुर जिल्लाको राष्ट्रिय तेक्वादो कार्यसमितिको सचिव छु। म प्रायः जिल्लामा खेलकुद प्रतियोगिता संचालन गर्छु । खेलकुद सामाग्री किन्न बिभिन्न स्पोर्ट हाउमा गएको छु। सबै पसलमा सामान कमसल राखेर मुल्य बढी लिने गरेको जस्तो लागेको छ । एक त स्पोर्ट हाउस कम भएको सामाग्रि किन्नै प¥यो । राम्रो सामाग्री भएन भने खेलाडि देखि सबैको अफिसियल साथीहरुको चित्त बुझ्दैन खेलकुद जस्तो पेसाको सामानमा त कमसेकम नठगेको भए हुन्थ्यो जस्तो लाग्छ ।

    बिमलकुमार अछामी

लोकप्रिय

सूचनापाटी