जसले तोड्यो भारतीय चप्पलको एकाधिकार

  • Get News Alerts

गएको केही वर्षअघिसम्म नेपाली बजारमा भारतीय कम्पनीका चप्पलहरुको एकाधिकार थियो। सानो हिस्सा नेपाली उत्पादनको भएपनि सिमापारीकै चप्पल नेपालीको बानी बनेको थियो।  तर केही यस्ता नेपाली ब्रान्ड छन् जसले विदेशी वस्तुलाई प्रतिस्थापन गर्न सफल भएका छन्।
 
त्यसैमध्येको एक हो म्याजिक चप्पल। प्रायः हरेक नेपालीले लगाउने चप्पल त्यही म्याजिकको यात्रा भने लामो छ।  आजभन्दा ३२ वर्ष अगाडि संचालनमा आएको जयश्री कम्पनीले पहिले हवाई चप्पल भनेर उत्पादन गर्दा नेपाली बजार राम्रैसँग पिटेपनि पछिल्लो चरणमा म्याजिक नामबाट ब्रान्डिङ गरेपछि यसले बजारमा बलियो उपस्थिति देखाएको छ। 
 
प्रविधि र डिजाइनमा सँदैव नविनता प्रयोग गर्ने भएकोले म्याजिक चप्पलले सफलता हात पारेको बताउँछन् जयश्री कम्पनीका कन्ट्रिहेड महेश बहाती।  ‘हामीले नेपालमै पहिलोपटक पियू चप्पल ल्यायौं’, उनले भने,‘चप्पलको विश्वबजारमा आएका नयाँ प्रविधिलाई हामी सँधै सबैभन्दा अगाडि भित्र्याउछौं।’
 
हाल नेपालमा कूल नौं सयको हाहारीमा जुत्ता चप्पल उद्योग दर्ता भएपनि अधिकांस साना उद्योगकको रुपमा काम गरिरहेको बहातीले जानकारी दिए।  उत्पादनको ३ प्रतिशतमात्र निर्यात गर्ने जयश्रीका उत्पादनले नेपाली बजारमा भने ६० प्रतिशत हिस्सा आगेटेको  बहातीको भनाई छ। 
 
३ सय ५० भन्दा बढी डिजाइन र विभिन्न रंगमा जुत्ता चप्पल उत्पादन गर्ने जयाश्रीले फरक फरक कम्पनीबाट आइटमहरु उत्पादन गर्दै आएको बहाती बताउछन्।  उनका अनुसार जयाश्रीले हवाई चप्पल,पालिभरले इभा चप्पल र पुटेच ले पियू,पिभिसी र स्पोर्टस जुत्ता,चप्पल र स्कुल कलेजका लागि पनि उत्पादन गर्छ।
 
स्पोर्टस सुज प्लान्ट विस्तार हुँदै
 
हाल ९० हजार जोर प्रतिदिन उत्पादन क्षमताको प्लान्ट भएको उद्योगले स्कुल÷कलेज र स्टापोर्ट सुजको लागि भन्दै नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको बहातीले जानकारी दिए। बहातीका अनुसार दैनिक ६ हजार जोरभन्दा बढी उत्पादन गर्नेगरी ४ बिघा जग्गामा स्थापना गर्ने उक्ता प्लान्ट १० करोड रुपैयाँको लगानी रहने उनले जानकारी दिए। 
 
यसकारण म्याजिकले म्याजिक गर्‍यो
 
स्वदेशी उत्पादनलाई विदेशीले विस्थापित गरेकाले धमाधम उद्योगहरु यसंकटमा पर्दै गइरहेको अहिलेको सन्दर्भमा म्याजिक एउटा सफल उदाहरण हो। विदेसबाट कच्चा पदार्थ ल्याउनुपर्ने र त्यसकारण विदेशीसँग प्रतिस्पर्धा गर्ननसकेर वियोगान्त घटनाहरुकाबीच म्याजिक भने देशका कुनाकन्दरासम्म फैलियो। 
 
यो सफलतालाई ग्राहकको लोयल्टी, प्रविधि र डिजाइनमा सापेक्षता र दक्ष जनशक्तीको संयोजन ठान्छन् बहाती।  ‘हामीले उत्पादनमा वारेन्टी एकातिर दिएका छौं भने अर्कोतिर स्वदेशी उत्पादन प्रयोग गर्न निरन्तर उत्प्रेरित पनि गरिरह्यौं’ बहातीले सेतोपाटीसँगको कुराकानीमा भने,‘केबल ब्रान्डिङमात्र होइन हामीले प्रतिबद्धता अनुसारको गुणस्तरमा पनि कहिलै कन्जुस्याई गरेनौं।’
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • उद्यमी बने चेपाङ

    उद्यमी बने चेपाङ हाल मकवानपुरका चेपाङ समुदायले भने आफूहरुलाई उद्यमी बनाएर गतिलो पाठ सिकाएका छन्। परम्परागत खेती गर्दा राम्रोसँग खान समेत नपुग्ने उनीहरु युएनडिपीको ‘स्मल ग्रन्टस प्रोग्राम’ (एसजिपी)ले आर्थिक सहयोग गरेपछि लाखौँको व्यापार गर्न सफल भएका छन्। गाउँको खेर गइरहेको अनुत्पादित जग्गामा अम्रिसो लगाउन एसजिपीले करिव २४ लाख सहयोग गरेको थियो। त्यसमा किसानले जतिवटा बोट रोप्यो त्यती नै रुपैयाँ एसजिपीको तर्फबाट दिने र आफूले रोपेको अम्रिसो तयार भएपछि त्यसको मुनाफा आफैले लिन पाउने भएपछि उनीहरु पनि उत्साहित भएर अम्रिसो रोपे।

  • उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

    उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन्। ।

  • सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

  • औषधी थोक व्यवसायी संघमा बास्कोटा

    औषधी थोक व्यवसायी संघमा बास्कोटा औषधी व्यवासायीको हकहित र व्यवसायिक आवाजका लागि ‘नेपाल औषधी थोक व्यवासायी संघ’ गठन भएको छ । सेम्रक फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक शिवराज बास्कोटाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ ।

  • वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत

    वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी