गुफा क्षेत्रमा चिया बगान बनाउन नगरपालिकाको चासो

  • Get News Alerts

मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न नगरपालिका र राजनीतिक दलले चासो देखाएका छन् । 
 
नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ । 
 
नगरभित्रका राजनीतिक दलले गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । निकै मनमोहक तथा पर्यटकीय क्षेत्र हुने प्रचुर सम्भावना रहेको उक्त ठाउँमा चिया खेतीका लागि स्थानीयवासी पनि अग्रसर भएका छन् । 
 
चियाबगानले गाउँको मुहार फेरिने भएकाले चियाबगानका लागि नगरपालिकाले चासो दिनु सकारात्मक भएको र नगरपालिका साथसाथै स्थानीयवासी पनि निर्माण कार्यमा जुटेको स्थानीयवासी बाघवीर तामाङले बताउनुभयो । चियाबगानले पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने भएकाले स्थानीयवासी सहयोग गर्न तत्पर रहेको र एक दिन जिल्लाको भोटेचौरमा रहेको प्रख्यात एभरेस्ट चिया बगान जस्तै चिनाउन सकिने गुफाका स्थानीयवासीले बताएका छन् । 
 
नेपाली काँग्रेसका नगर सभापति मधुसूदन सिग्देलले सानो इलामका रुपमा रहेको भोटेचौरमा चियाबगान हेर्न आउने पर्यटकलाई गुफाको बगानमा पनि आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेकाले सबैलाई सहयोगका लागि आग्रह गरे।
 
त्यस्तै, नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले प्राविधिकले गुफा क्षेत्रमा चिया र अन्य फलफूलको उत्पादन हुनसक्ने बताएको र अब गुफाको विकास र पर्यटनका लागि सरकार र स्थानीयवासी लाग्नुपर्ने जानकारी दिए।
 
उनले मेलम्चीको गोल्माथान र गुफाका लागि आगामी आर्थिक वर्षमा  छ लाख छुट्याउने बताए । चिया खेतीका लागि अवलोकन गरिएको वन सरकारी भएकाले यसलाई मिलाउन पनि नगरपालिका चाँडै लाग्ने दुलालले बाताए। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • जग्गा प्लटिङमा गरिएको कडाईप्रति व्यसायीको विरोध, मन्त्रीलाई दिए दवाव

    जग्गा प्लटिङमा गरिएको कडाईप्रति व्यसायीको विरोध, मन्त्रीलाई दिए दवाव भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट कृषियोग्य जग्गा कुनै पनि प्रकारले प्लटिङ गरी घडेरीको रुपमा बिक्री वितरण गर्न/गराउन रोक लगाउने गरी निर्देशन जारी भएपछि घरजग्गा व्यवसायीहरुले विरोध जनाएका छन्।

  • काठमाडौं–दमाम सिधा उडान गर्दै हिमालय एयरलाइन्स

    काठमाडौं–दमाम सिधा उडान गर्दै हिमालय एयरलाइन्स हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा प्रत्यक्ष उडान गर्ने भएको छ। सेप्टेम्बर १९भदौ १६०देखि काठमाडौं–दमाम फहाद इन्टरनेसनल विमानस्थलमा दैनिक उडान गर्ने हिमालयले जानकारी दिएको छ। नेपालबाट साउदी अरबमा प्रत्यक्ष हवाई सम्कर्प यो पहिलोपटक हुने छ। यसअघि नेपालबाट साउदी जान सयुक्त अरब इमिरेट्सको विमानस्थलमा ट्रान्जिट गरेर जाने बाध्यता थियो।

  • कतार एयरवेजको 'फ्रि टिकट अफर'

    कतार एयरवेजको 'फ्रि टिकट अफर' कतार एयरवेजले काठमाडौंको हात्तिसारमा रहेको लक्की ट्राभल एण्ड टुर्ससँग सहकार्य गरेर फ्रि टिकट अफर ल्याएको छ। नयाँ अफर अन्तर्गत कतार एयरवेजको टिकट काट्दा बम्पर ड्रमार्फत २ वटा राउण्ड ट्रिपको टिकट सित्तैमा पाइने भएको छ।

  • वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने

    वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि रोहन गुरुङले उमेद्वारी दिने पक्का भएको छ। प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंच नेपालले गुरुङलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो। मंचको बैठकले अध्यक्षमा गुरुङसहित कोषाध्यक्षमा पाजु इन्टरनेसनल प्रालिकी संचालिक रमिला ताम्राकारलाई उठाउने निर्णय गरेको हो।

  • नेपाल–चीन ब्यापारमा उल्लेखनिय प्रगति भएको छः वाणिज्य मन्त्री थकाली

    नेपाल–चीन ब्यापारमा उल्लेखनिय प्रगति भएको छः वाणिज्य मन्त्री थकाली वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी