नेपालमा लगानी गर्ने विदेशीको इच्छालाई प्रतिबद्धतामा बदल्ने यस्तो छ सरकारी योजना

  • Get News Alerts

साढे दुई दशकपछि भएको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्साहित देखिएका छन्।

आज समापन भएको दुई दिने उक्त सम्मेलनको क्रममा विभिन्न देशका १६ कम्पनी तथा व्यावसायिक फार्महरुले १३ अर्ब ५२ करोड अमेरिकी डलर रुपैयाँ बराबरको लगानी गर्ने इच्छा देखाएका छन्। त्यस्तै रकम नखुलाएर क्षेत्रगत हिसाबले लगानी गर्न इच्छुक हुनेहरुको संख्या पनि त्यत्तिकै रहेको अधिकारीहरुले बताएका छन्।

'नेपालमा लगानीको वातावरण छ, लगानी गर्न आउनुहोस्' भनेर विश्वभरका लागनीकर्तालाई आव्हान गर्दै आयोजना गरिएको सम्मेलनमा लगानीकर्ताहरुले जलविद्युतदेखि विमानस्थलसम्म लगानी गर्न इच्छा देखाएका छन्।

तर सम्मेलनमा विदेशीहरुले लगानी प्रतिबद्धता भने गरेका होइनन् केवल इच्छामात्र व्यक्त गरेका छन्। यसलाई लगानीमा रुपान्तरण गर्न सरकार सामू ठूलै चुनौती रहेको स्वयम् उद्योगमन्त्री नविन्द्रराज जोशी स्वीकार गर्छन्। तर, मन्त्री जोशी यो इच्छालाई वास्तविक लगानीमा रुपान्तरण गर्न आफूहरुसँग पूर्ण तयारी रहेको दाबी गर्छन्।

‘अब नेपालमा लगानीको सम्भावनामात्र होइन वातावरण पनि छ भन्ने कुरामा कसैको दुईमत रहेन’ उनले भने, ‘तर यसरी आएको लगानीको इच्छालाई हामी वास्तविक लगानीमा रुपान्तरण गर्न यसपछि झन् कडा मेहनतका साथ लागिपर्छौं।’

लगानीकर्ताहरुले जलविद्युत, उत्पादनमुलक उद्योग, हस्पिटल, मेट्रो, खानेपानी, खानीजस्ता क्षेत्रमा लगानी इच्छा देखाएका छन्। तर सरकारसँग त्यसको लागि हालसम्म तयारी अवस्थामा रहेका सिमित आयोजनामात्र होइन प्रक्रियागत झन्झट र नीतिगत समस्या पनि यथावत छन्।

हाल आएको लगानीकर्ताको इच्छालाई वास्तविक लगानीमा रुपान्तरण गर्न भोलिदेखि नै गम्भीर गृहकार्यमा जुट्ने र अहिले नेपाललाई समृद्ध बनाउने सुनौलो अवसर जुरेको समयमा खेर जान नदिने प्रतिबद्धता मन्त्री जोशीको छ।

उनका अनुसार यसको लागि उद्योगमन्त्रीको नेतृत्वमा एउटा मूल समिति बन्ने छ, जसको माताहतमा चारवटा फलोअप समिति पनि बन्नेछन्। जुन समितिहरुले लगानीकर्ताहरुलाई निरन्तर फलोअप गर्नेछन्।

फलोअपमात्र होइन त्यस्ता समितिहरुले लगानीकर्ताहरुको सरोकारलाई पनि सम्बोधन गर्ने र उनीहरुको इच्छालाई प्रतिबद्धतामा रुपान्तरण गर्ने वातावरण सिर्जना गर्नेतिर लाग्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।

आयोजनाहरुको छनौट गर्ने, लगानीकर्ताको इच्छालाई फिल्टर गर्नेजस्ता काममा लगानीबोर्ड लगायतका समिति तथा विभिन्न संयन्त्रहरु सक्रियरुपमा लागिपर्ने अधिकारीको भनाइ छ।

नेपालीमा लगानी गर्न विदेशीहरु यति धेरै इच्छुक भएको पहिलोपटक भएको र यो नेपालको लागि गौरवमय क्षण भएकोले राज्यका सबै निकायको साथ सहयोग र ऐक्यवद्धता आवश्यक रहेको उद्योगमन्त्रीले बताए।

‘यो सम्मेलनको आयोजना, र देशमा विकास हुँदै गरेको लगानीको वातावरणमा सबैको योगदान उत्तिकै छ’ उनले भने, ‘यो कुनै मन्त्री, पार्टी वा निकायको मात्र सफलता हुने छैन। देशकै गौरव हुनेछ।’

सम्मेलनको दौरानमा लगानीकर्ताहरुले पनि पटकपटक दोहर्‍याएको नेपालमा लगानीको लागि नीतिगत अस्पष्टता, कानूनी झन्झट, प्रक्रियागत ढिलासुस्ती जस्ता सवालमा सुधारको प्रयास भइरहेको सरकारी अधिकारीहरुले प्रष्ट पारेका छन्।

कुनै पनि कारणले समृद्ध नेपालको यात्रा रोकिन नहुनेमा स्पष्ट रहेको बताउँदै उद्योगमन्त्री जोशीले भने, ‘हाम्रो परम्परागत प्रशासनिक अभ्यास र कानूनी व्यवस्थाको कारणले समृद्ध नेपालको यात्रामा बाधा आउनुहुँदैन भन्नेमा हामी उत्तिकै सचेत छौं।’

एकद्वार नीतिलाई वास्तविकरुपमा कार्यान्वयनको लागि सरकारले नीतिगत निर्णय गरिसकेको र अन्य कानूनहरु परिवर्तनको क्रममा रहेको उद्योग मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

बौद्धिक सम्पत्तिको रक्षा गर्न बनेको ऐन संसदको सम्बन्धित समितिमा विचाराधीन रहेको, कम्पनी ऐन संसदमा पास हुनेक्रममा रहेको, वैदेशिक व्यापार प्रबद्र्धन ऐन मन्त्रीपरिषदमा गएको मन्त्री जोशीले जानकारी दिए।

यी सबै कानूनहरु पास भएर आउनेवित्तिकै धेरैहदसम्म प्रक्रियागत र कानूनी झन्झट दूर भएर जाने सरकारले विश्वास लिएको छ।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बुटवलस्थित टेन्सवर्ग वियरको उद्योगमा आगलागी

    टेन्सवर्ग बियर उत्पादक कम्पनी टाइगर ब्रुअरीमा आगलागी भएको छ। साबिकको खड्गवनगाई गाविसमा रहेको सो ब्रुअरीमा आगलागी हुँदा करिब पाँच करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

  • एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने

    नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ। केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय सुरु गर्ने तयारी गरेको हो।

  • रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा

    रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा हुने गरेको छ। नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको व्यवसायी सम्भावना, चुनौती र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले राज्यले तीन वर्षअघिदेखि बहुमूल्य रत्न, पत्थरको निकासी बन्द गर्दा खानी क्षेत्रका ५० हजार मानिस बेरोजगार तथा राज्यको ५० करोड रकम घाटा भएको बताएका हुन्।

  • होटल व्यवसायीका गुनासैगुनासा, लगानीको सुरक्षा गर्न माग

    होटल व्यवसायीका गुनासैगुनासा, लगानीको सुरक्षा गर्न माग पछिल्लो समय नेपालमा होटल क्षेत्रमा लगानीको आकर्षण बढीरहेको भन्दै व्यवसायीहरुले लगानी सुरक्षित गर्दै थप आकर्षित गर्नको लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन्। पर्यटनको मेरुदण्ड समेत रहेकाले होटल क्षेत्रमा भइरहेको भुक्तानीदेखि लगानीसम्मका प्रक्रियामा सरकारी नीति नियम झन्झटिला भएको उनीहरुको गुनासो छ।

  • अर्गानिक वाइन उत्पादन सुरु

    अर्गानिक वाइन उत्पादन सुरु नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ। नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले बताएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी