उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले गरे उमेद्वारी घोषणा

  • Get News Alerts

५५ जिल्लाका अध्यक्षको समर्थन रहेको दाबी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । अहिलको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
 
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसयाहरु उपस्थित छन् । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका छन् ।
 
गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका अहिलेका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका छन् ।
 
गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।
 
‘भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’
 
चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए । ‘ हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो।’
 
उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए । अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे ।
 
गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे । ‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुने छ’,ढकालले भने,‘ व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकार सँग लबिङ गर्ने छु।’
 
गोल्छाकोे प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए । गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।
 
- हेडलाइन सच्चाइएकाे

प्रतिकृया दिनुहोस

थप समाचार

  • कतार एयरवेजको 'फ्रि टिकट अफर'

    कतार एयरवेजको 'फ्रि टिकट अफर' कतार एयरवेजले काठमाडौंको हात्तिसारमा रहेको लक्की ट्राभल एण्ड टुर्ससँग सहकार्य गरेर फ्रि टिकट अफर ल्याएको छ। नयाँ अफर अन्तर्गत कतार एयरवेजको टिकट काट्दा बम्पर ड्रमार्फत २ वटा राउण्ड ट्रिपको टिकट सित्तैमा पाइने भएको छ।

  • वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने

    वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि रोहन गुरुङले उमेद्वारी दिने पक्का भएको छ। प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंच नेपालले गुरुङलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो। मंचको बैठकले अध्यक्षमा गुरुङसहित कोषाध्यक्षमा पाजु इन्टरनेसनल प्रालिकी संचालिक रमिला ताम्राकारलाई उठाउने निर्णय गरेको हो।

  • नेपाल–चीन ब्यापारमा उल्लेखनिय प्रगति भएको छः वाणिज्य मन्त्री थकाली

    नेपाल–चीन ब्यापारमा उल्लेखनिय प्रगति भएको छः वाणिज्य मन्त्री थकाली वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने

  • नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शोमा ओप्पो प्रमुख प्रायोजक

    नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शोमा ओप्पो प्रमुख प्रायोजक नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो, ‘नेपाल आयडल’लाई अन्तरराष्ट्रिय मोबाइल फोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि नेपाल आयडलको छनोट गरेको कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले बताए ।

  • हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक

    हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक हेटौंडा उपमहानगरपालिकाले नयाँ जग्गा प्लटिङमा रोक लगाएको छ। नयाँ मेयर चुनिएपछि पहिलो पटक बसेको नगरपालिकाको बैंठकले नयाँ जग्गा प्लटिङमा रोक लगाएको हो। जग्गा प्लटिङ बढेको भन्दै उपमहानगरपालिकाले तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो। त्यसका लागि बैंठकले उपमेयर मीना लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी