आरन चलाएर महिनामा २५ हजार रुपैयाँ आम्दानी

  • Get News Alerts

रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन । 
 
आरन व्यवसायबाट नै उनको परिवारको गुजारा चलेको छ । विकले विगत ४० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आएका छन्।  
 
तामा र फलामका सामग्रीलाई कुदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उनले मासिक  २५ हजारसम्म आम्दानी गर्छन्। तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आएका छन्।  
 
‘हातमा सीप भएपछि जीवन धान्न समस्या छैन, आफूले जानेदेखि नै आरन व्यवसाय चलाइरहेको छु ।’ उनले भने। 
 
हातले कुँदेर बनाइएका कोदालो, बन्चरो  ६ सयदेखि  एक हजार रुपैयाँ  एक सयदेखि  ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताए। दिनमा कम्तीमा पनि पाँच जनासम्म ग्राहक आउँछन् । तामाको माग हिजोआज कम भएका कारण फलामका विभिन्न सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । 
 
यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकको जीवन जिउने आधार पनि आरन व्यवसाय नै हो । उनले झन्डै ४८ वर्षदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका छन्। सो व्यवसायबाट उनी खुसी छन्।  उनले हातले कुँदेर तामाको गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरीलगायत सामग्री निर्माण गर्दैआएएको छ। तामाका सामग्री प्रतिकिलो  एक हजार ८०० मा बिक्री गर्दै आएका छन्।  ज्यालादारीमा भने प्रतिकिलो एक हजार दुईसयमा तामाका सामग्री निर्माण गर्नुहुन्छ । 
 
यही व्यवसायबाट विकले पाँचजना छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका छन्। ‘आरन व्यवसाय नै जीवनको आधार हो ।’ उलने भने। 
 
विकले मासिक  बीसदेखि तीस हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।  
 
रामपुर नगरपालिका क्षेत्रमा इन्द्रबहादुर र लालबहादुर जस्तै हाल १५ जनाको हाराहारीमा आरन व्यवसायी रहेका छन् । करिब १० वर्ष अगाडी यस क्षेत्रमा ५० जनाभन्दा बढीको हाराहारीमा आरन व्यवसायी रहेकामा पछिल्लो समयमा युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा पेसा नै लोप हुँदै गएको छ।  
 
प्लास्टिक र स्टिलका सामग्री सस्तो मूल्यमा सहरदेखि गाउँगाउँमा उपलब्ध हुन थालेपछि आरन व्यवसाय धरापमा परेको हो । युवापुस्ताको बढ्दो विदेश पलायनको मोह, सीप हस्तान्तरण नहुनुजस्ता कारणले परम्परागत आरन व्यवसाय विस्थापित हुँदै छ । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • उद्यमी बने चेपाङ

    उद्यमी बने चेपाङ हाल मकवानपुरका चेपाङ समुदायले भने आफूहरुलाई उद्यमी बनाएर गतिलो पाठ सिकाएका छन्। परम्परागत खेती गर्दा राम्रोसँग खान समेत नपुग्ने उनीहरु युएनडिपीको ‘स्मल ग्रन्टस प्रोग्राम’ (एसजिपी)ले आर्थिक सहयोग गरेपछि लाखौँको व्यापार गर्न सफल भएका छन्। गाउँको खेर गइरहेको अनुत्पादित जग्गामा अम्रिसो लगाउन एसजिपीले करिव २४ लाख सहयोग गरेको थियो। त्यसमा किसानले जतिवटा बोट रोप्यो त्यती नै रुपैयाँ एसजिपीको तर्फबाट दिने र आफूले रोपेको अम्रिसो तयार भएपछि त्यसको मुनाफा आफैले लिन पाउने भएपछि उनीहरु पनि उत्साहित भएर अम्रिसो रोपे।

  • उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

    उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन्। ।

  • सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

  • औषधी थोक व्यवसायी संघमा बास्कोटा

    औषधी थोक व्यवसायी संघमा बास्कोटा औषधी व्यवासायीको हकहित र व्यवसायिक आवाजका लागि ‘नेपाल औषधी थोक व्यवासायी संघ’ गठन भएको छ । सेम्रक फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक शिवराज बास्कोटाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ ।

  • वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत

    वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी