पुरानो प्रविधिबाट कुटेको चिउरा बेच्दै नेवारी महिला

  • Get News Alerts

राजधानीको भृकुटीमण्डपमा बिहीबारबाट जारी १३ औं अन्तर्राष्ट्रिय औद्योगिक मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा ‘टोखा सरस्वती लाछी महिला समुहले’ धेरैको ध्यान तान्यो।मेलामा धैरै प्रकारका प्रविधीको प्रदर्शनी भएपनि उक्त महिला समुहको परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न ठुलै भीड देखिन्थ्यो।
 
उनीहरु अफ्नो स्टलमा निर्कै व्यस्त देखिन्थे। कोही धान भुट्दै थिए, खलमा कुट्दै थिए,  निफन्दै थिए भने कोही चिउरा बेच्दै।नेवारी पोशाकमा सजिएका उनीहरु आफ्नो परम्परागत प्रविधिको प्रचार–प्रसार गर्न र मेलामा आउनेलाइ चिउराको स्वाद चखाउन भृकुटीमण्डपसम्म आएका हुन्।
 
उनीहरुले त्यो चिउरा ८० रुपैयाँ प्रतिकिलोमा बेचिरहेका छन्। ताइचिन चामलबाट बनाइएको सो चिउरा अन्य चिउरा भन्दा निकै स्वादिस्ट हुने उनीहरुले दाबी गरे। चिउरा बेचेर मात्र बार्षिक ५० हजार रुपैयाँ कमाउने गरेको समुहकी सदस्य गंगा श्रेष्ठ बताउछिन्। 
 
‘जात्रा, चार्ड पर्वहरुमा हाम्रो चिउरा निकै बिक्छ तर अरु बेलामा त्यती धेरै बिक्दैन’ श्रेष्ठले सेतोपाटीसँग भनिन्। समुहमा १२ जना सदस्य रहेको र चिउरा बेचेर कमाएको पैसा सदस्यहरुमा ऋण लागानी गर्नेगरेको उनले जानकारी दिइन्।
 
आफ्नो संस्कृती जोगाउन तथा मेलामा चिउरा बेचेर केही आय आर्जन गर्न भुकुटीमण्डप आएको उनीहरुको भनाइ छ।   यसरी चिउरा बनाउन कठिन भएपनि धेरै मुल्य राख्दा बेच्न गाह्रो हुने भएकोले चिउराको मुल्य ८० रुपैयाँ मात्र राखेको समुहकी एक सदस्यले बताइन।
 
यस्ता पुराना नेपाली मौलिक सँस्कृति जोगाउन सम्बन्धित निकायबाट पहल नभएकोमा भने उनीहरुको गुनासो छ।
 
परम्परागत प्रविधिबाट कसरी बनाइन्छ त चिउरा ?
 
– सुरुमा ताइचिन धानलाई उसिन्ने
– उसिनेको धानलाई राम्रोसँग पानी तर्काउने
– पानि तर्किसके पछी हाडीमा भुट्ने
– भुटेको धानलाई खलमा कुट्ने
– कुटिसकेपछि त्यसलाई राम्रोसँग निफन्ने
– चिउरा तयार

प्रतिकृया दिनुहोस

थप समाचार

  • भृकुटीमण्डपमा फर्निचर एक्स्पो

    भृकुटीमण्डपमा फर्निचर एक्स्पो राजधानीको भृकुटीमण्डपमा शनिबारदेखि फर्निचर एक्स्पो सुरु भएको छ। फर्निचर एण्ड फर्निसिङ एशोसियसन नेपालको आयोजनामा सुरु भएको फर्निचर एक्स्पोमा विभिन्न घरायसी तथा व्यवसायीक प्रयोजनका काठ तथा प्लाष्टिकका फर्निचरहरु राखिएको छ।

  • यती एयरक्राफ्टको उडान नेपालगञ्ज र बिराटनगरमा

    यती एयरक्राफ्टको उडान नेपालगञ्ज र बिराटनगरमा यती एयरलाइन्सको एटीआर ७२–५०० एयर क्राफ्टले नेपालगञ्ज र बिराटनगरबाट आफ्नो व्यवसाय थाल्ने भएको छ। काठमाडौंबाट नेपालगञ्ज र बिराटनगरमा एटिआरले व्यवसायिक रुपमा उडान भर्ने यतीले जनाएको छ।एयर क्राफ्टले नेपालगञ्ज र बिराटनगरबाट आफ्नो व्यवसाय थाल्ने भएको छ।

  • तीजको साडीमा रँगियो बजार ! यस्तो छ मूल्य ‘रेञ्ज’

    तीजको साडीमा रँगियो बजार ! यस्तो छ मूल्य ‘रेञ्ज’ विवाहको लगन धेरै जुर्ने महिना होस् वा तीज र दसैँ। साडी व्यापारीका लागि यी उपयुक्त सिजन हुन्। यी सिजनमा साडी पसलमा अन्य समयमा भन्दा धेरै भीड देखिने गर्छ। हिन्दु नारीहरुले धुमधामसित मनाउने तीज नजिकिँदै गर्दा यसको रौनक बजारका बुटिक तथा साडी पसलहरुमा प्रस्टसँग देखिन थालेको छ। तीजको साडीमा पनि रातो रङ्गको आफ्नै महत्व रहेको छ। रातो साडीलाई सुख, समृद्धि तथा साहसको प्रतिबिम्बका रुपमा लिने गरिन्छ भने रातो टिकालाई सौभाग्यको प्रतिक मानिन्छ। त्यसैले त तीज र दसैँमा नारीहरु रातो साडीमा सजिने गर्दछन्।

  • जग्गा प्लटिङमा गरिएको कडाईप्रति व्यसायीको विरोध, मन्त्रीलाई दिए दवाव

    जग्गा प्लटिङमा गरिएको कडाईप्रति व्यसायीको विरोध, मन्त्रीलाई दिए दवाव भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट कृषियोग्य जग्गा कुनै पनि प्रकारले प्लटिङ गरी घडेरीको रुपमा बिक्री वितरण गर्न/गराउन रोक लगाउने गरी निर्देशन जारी भएपछि घरजग्गा व्यवसायीहरुले विरोध जनाएका छन्।

  • काठमाडौं–दमाम सिधा उडान गर्दै हिमालय एयरलाइन्स

    काठमाडौं–दमाम सिधा उडान गर्दै हिमालय एयरलाइन्स हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा प्रत्यक्ष उडान गर्ने भएको छ। सेप्टेम्बर १९भदौ १६०देखि काठमाडौं–दमाम फहाद इन्टरनेसनल विमानस्थलमा दैनिक उडान गर्ने हिमालयले जानकारी दिएको छ। नेपालबाट साउदी अरबमा प्रत्यक्ष हवाई सम्कर्प यो पहिलोपटक हुने छ। यसअघि नेपालबाट साउदी जान सयुक्त अरब इमिरेट्सको विमानस्थलमा ट्रान्जिट गरेर जाने बाध्यता थियो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी