नेपालमा अाज लन्च हुने सामसुङ ‘एस एट’ र ‘एस एट प्लस’का यस्ता छन् विशेषता

नेपाली बजारमा सामसुङका दुई स्मार्टफोन ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ भोली लञ्च हुने भएको छ।
अन्तराष्टिय बजारमा आइसकेको ‘एस एट’ मा ५.८ तथा ‘एस एट प्लस’ मा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ। दुवै स्मार्टफोनमा गोरिल्ला ग्लासको प्रयोग गरिएको छ।
२९६० क्रस १४४० पिक्सल रिजोलुसन रहेको दुवै फोनमा ४ जिबी र्याम रहेको छ। २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरी क्षमता बढाउन सकिन्छ। एन्ड्रोइड ७ नोगाट भर्सनको अपरेटिङ सिस्टमको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा छ भने फ्रन्ट क्यामेरा ८ मेगापिक्सल रहेको छ।
पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको यी स्मार्टफोनहरुमा ‘एस एट’ मा ३ हजार एमएएच तथा ‘एस एट प्लस’ को ३५ सय एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ। अन्तराष्टिय बजारमा ब्ल्याक, सिल्भर, ग्रे र कोरल ब्लु र गोल्डेन कलरमा फोनहरु आएका छन्।
अन्तराष्टिय बजारमा कम्पनीले ग्यालेक्सी ‘एस एट’ को खुद्रा मूल्य ७२० डलर तथा ‘एस एट’ प्लसको ८४० डलर तोकेको छ भने नेपाली बजारमा यसको मूल्य भोली नै सार्वजनिक गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस
थप समाचार
-
हुवावेको ‘अनर नाइन’मा हुनेछ २० एमपीको क्यामेरा
चिनियाँ मोबाइल कम्पनी हुवावेले ‘अनर नाइन’ मोडलको फोन यसै महिना सार्वजनिक गर्ने बताइएको छ। गत महिना नै बजारमा आउने भनिएको यस फोनको हालै एक प्रेस रिलिज सार्वजनिक भएको छ जस अनुसार यस फोन जुन महिनाको १२ गते लन्च हुनेछ।
-
एन्ड्रोइड अन्वेषक एण्डी रुबिनले बनाए नयाँ फोन, यस्ता छन् विशेषता
एन्ड्रोइड अन्वेषक एण्डी रुबिनले ‘इसन्सियल ३६० क्यामेरा’ नामक नयाँ फोन सार्वजनिक गरेका छन् । फोनमा १३ मेगापिक्सेलको डुअल् रियर तथा ८ मेगापिक्सेलको फोरके भिडियो सर्पोट गर्ने सेल्फी क्यामेरा रहेको छ भने ३६० डिग्रीाको क्यामेरा एक्सेसरिज जोडना् सकिन्छ।
-
ओप्पोको एफ थ्री स्मार्टफोनको 'रिभ्यु'
निकै आक्रामक रुपमा विश्व बजारमा आएको ओप्पो कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा सम्मानजनक बजार हिस्सा ओगटेको दाबी गर्दे आएको छ। चिनियाँ फोन कम्पनी ओप्पोले केहि समय अगाडि सेल्फी एक्सर्टका रुपमा एफथ्री सार्वजनिक गरेको छ। यस फोनको बजार मूल्य ३४ हजार ४ सय ९० रुपैंयाँ रहेको छ। कस्तो छ त यो फोनको समग्र पक्ष ?
-
सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक
साउथ कोरियन मोबाइल अपरेटर एसके टेलिकमसँगको सहकार्यमा सामसुङले नयाँ फोन ग्यालेक्सी ‘वाइड टु’ सार्वजनिक गरेको छ। कोरियामा सार्वजनिक यस फोनको मोडल नम्बर SM-J727S राखिएको छ जसले गर्दा यस फोनलाई अन्य देशमा जेसेभन (२०१७) को नाममा उपलब्ध हुन सक्छ।
-
दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी
पछिल्लो समय घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको व्यापक प्रयोग भएको देखिन्छ। १० वर्ष अघिसम्म केही ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय खुबै बढेर गएको छ। सामान्य जुस पसलमा पनि सिसिटिभी जडान भएको देख्न सकिन्छ। सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण प्रयोग पनि निकै बढेको बताउँछन् विशाल बजारस्थित पर्पल आईका ललित जोधानी।जोधानीको भनाईमा केही वर्ष अघिसम्म पनि धेरैले थाहा नपाएको यो प्रविधिको प्रयोग पछिल्लो समय भने निकै बढेको छ।
किनमेल अनुभव
-
सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ
सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।
राजेश सापकोटा, कपन, काठमाडौँ
-
महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति
म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।
सौरभसिंह कार्की, जापान
-
दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ
म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।
मनोज सुवेदी, चावहिल
-
जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम
मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।
विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं
-
पुस्तकको अभावले व्यापार नै डामाडोल भयो
हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?
विष्णुप्रसाद खनाल, पाल्पा
-
सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै
झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।
सरोज गोपाली, झम्सिखेल
-
सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ
मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।
सञ्जिता परियार, काठमाडौँ
-
ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?
नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।
इश्वर नेपाल, चितवन