‘एस एट’ र ‘एस एट प्लस’ किस्ताबन्दीमा कसरी किन्ने? यस्तो छ प्रक्रिया

  • Get News Alerts

नेपाली बजारमा सामसङले हालै सार्वजनिक गरेको ‘ग्यालेक्सी एस एट’ तथा ‘ग्यालेक्सी एस एट प्लस’ किस्तामा किन्न सकिने कम्पनिले जनाएको छ। यी दुबै फोनको खरिदकर्ताहरुका लागि विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने इएमआई पनि प्रदान गरिएको सामसङ नेपालका आइएम बिज प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए।
 
उनले भने, ‘किस्तामा किन्न चाहनेहरुका लागी हामीले मेगा, ग्लोबल आइएमइ, लक्ष्मी, नबिल र एनआइसी एसिया गरी पाँच बैंकहरुसँग साझेदारी गरेका छौँ।’
 
तर त्यसकोलागि भने बैंकहरुको आ­आफ्नो प्रक्रिया रहेको हुन्छ। नबिल बैंकका निरञ्जन मानन्धरले जनाए अनुसार नबिल बैंकबाट त्यो सेवा लिन चाहने हो भने क्रेडिट कार्ड हुनु आवश्यक हुन्छ।
 
त्यसपश्चात आफूले कति मूल्यको फोन किस्ता मार्फत किन्न खोजेको हो भन्ने कुरा उल्लेख गरेर सामसङको विक्रेताबाट आधिकारिक ‘कोटेसन’ लिएर बैंकलाई बुझाउनु पर्ने हुन्छ।
यदि खरिदकर्ता व्यक्तिको आयस्रोत बैंकको आ­आफ्नो ‘आइएमआइ’ को मापदण्ड अनुकुल देखिएमा सो व्यक्तिले आफूले किन्न खोजेको स्मार्टफोनकालागि इएमआई को सुविधा उपलब्ध गराइन्छ ।
बैंकहरुको मापदण्ड अनुसार सो रकम ६ देखि १८ महिनासम्मको अवधिभित्र तिरीसक्नु पर्ने हुन्छ।
 
यसकोलागि कुनै छुट्टै शूल्क तिर्नु नपरेपनि समयसिमा भित्र तिर्न नसकेमा भने ब्याज लाग्ने ग्लोबल आइएमइ बैंककी गिता श्रेष्ठले जनाइन्।
 
क्रेडिट कार्ड नभएको खण्डमा फोटो, नागरिक्ताको फोटोकपी र बैंक स्टेटमेन्ट (आवश्यक परेमा मात्र) सहित आयस्रोत खुलाएर ‘इएमआइ’ फारम भरी क्रेडिट कार्ड लिन सकिन्छ।
क्रेडिट कार्ड बनाउन ५ हजारसम्म शूल्क तिर्नु पर्ने हुन्छ।
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सायोमीको ‘एमआई नोट टु’ मा यस्ता छन् विशेषता

    सायोमीको ‘एमआई नोट टु’ मा यस्ता छन् विशेषता चिनीयाँ स्मार्टफोन कम्पनी सायोमको नयाँ मोडल ‘एमआई नोट टु’ नेपाली बजारमा भित्रिएको केही समयभित्रै लोकप्रिय भएको वत्सल् इम्पेक्सले जानकारी दिएको छ। नेपालका लागी सायोमीको आधिकारिक विक्रेता शारदा गुप्र अन्तर्गतको वत्सल् इम्पेक्स प्रालिले भित्र्याएको यस मोबाइलमा २२.५६ मेगापिक्सेलको उच्च रेजोलुसन क्यामेरा आर्कषक पक्ष रहेको छ ।

  • सामसुङ नोट ७ फेरि आउँदै, पहिलेभन्दा सस्तो हुने

    सामसुङ नोट ७ फेरि आउँदै, पहिलेभन्दा सस्तो हुने सामसुङको नोट ७ फेरि बजारमा आउने भएको छ। कम्पनीको फ्ल्यागसिप फोन भएपनि ब्याट्री पड्किने समस्या भएपछि बजारमा पठाएका नोट ७ फिर्ता लिएको थियो। समस्या जटिल बनेपछि सामसुङ यसको उत्पादन नै बन्द गरेको थियो। तर, अब कम्पनीले फिर्ता लिएका नोट ७ पुनः बजारमा पठाउने भएको छ। कम्पनीले यी नोट ७ मर्मत गरेर कम मूल्य राखेर बजारमा पठाउनेछ।

  • नोकियाका नयाँ फोन जेठभित्र नेपाली बजारमा, कति पर्ला मूल्य?

    नोकियाका नयाँ फोन जेठभित्र नेपाली बजारमा, कति पर्ला मूल्य? विश्वबजारमा पुनरागमन गरेको चर्चित मोबाइल ब्रान्ड नोकियाका नयाँ फोनहरु नेपाली बजारमा यही जेठ महिनाभित्र आउने भएका छन्। फिचर फोन ३३१० र अन्य तीनवटा स्मार्ट फोन सार्वजनिक गरेको एचएमडी ग्लोबलले नेपाली बजारमा पनि फोनहरु पठाउन लागेको छ।

  • नेपाली विद्यार्थीले बनाए लप्सी प्रशोधन मेसिन

    नेपाली विद्यार्थीले बनाए लप्सी प्रशोधन मेसिन नेपाली विद्यार्थीहरुले लप्सीको दाना प्रशोधन गर्ने मेसिन बनाएका छन्। काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ चौथो वर्ष अध्यनरत प्रज्वल लुइँटेल, प्रज्वल सैजु, वसन्त अर्याल, निरज जोशी र टंक प्रसाद ज्ञवालीले शिक्षक प्रतिष्ठितलाल श्रेष्ठको सहयोगमा उक्त मेसिन बनाएका हुन्। विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट वर्कको सिलसिलामा यो मेसिन बनाएका थिए।

  • नेपाली बजारमा २०७३ मा भित्रिए यस्ता स्मार्टफोन

    नेपाली बजारमा २०७३ मा भित्रिए यस्ता स्मार्टफोन नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार देशको जनसंख्याको १२७ प्रतिशत अर्थात ३ करोड १ लाख १९ हजार मोबाइल फोन प्रयोगकर्ता छन्। कुल जनसंख्याको ५२ दशमलव ७० प्रतिशत अर्थात १ करोड ५९ लाख नेपाली इन्टरनेटको पहुँचमा रहेका छन्। देशभर ४ हजार खुद्रा ब्यापारी छन्। आर्थिक वर्ष २०७२/७३ मा मोबाइल आयातकर्ताहरुले मूल्य अभिबृद्धि कर वापत १ अर्ब ६५ करोड रुपैयाँ राज्यलाई तिरेका छन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी