विशेष

Search news by date range:

  • सन्तान भएन भन्दैमा के सबैलाई आवश्यक छ त टेष्ट ट्युव बेबी सेवा ?

    सन्तान भएन भन्दैमा के सबैलाई आवश्यक छ त टेष्ट ट्युव बेबी सेवा  ? डाक्टर नुतन शर्मा, काठमाडाैं चैत १३ - जसको श्रीमानको स्पर्म काउन्ट कम छ वा स्पर्म नै छैन त्यस्तो अवस्थामा टेष्ट ट्युव बेवीको आवश्यकता पर्छ । महिलाको डिम्वासयबाट अण्डा बनाउने क्षमता कमजोर छ भने त्यस्तो अवस्थामा पनि टेष्ट ट्युव बेवीको आवश्यकता पर्छ ।

  • २ लाख रुपैयाँमा नै अल्का अस्पतालले सुरु गर्‍यो टेष्ट ट्युव बेबी

    २ लाख रुपैयाँमा नै अल्का अस्पतालले सुरु गर्‍यो टेष्ट ट्युव बेबी प्रकाश ढुंगाना, काठमाडौं, चैत १० - ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले टेष्ट ट्युव बेबी सेन्टर संचालनमा ल्याएको छ । लामो समयदेखि सन्तान नभएका दम्पत्तिहरुलाई लक्षित गर्दै टेष्ट ट्युव बेबी सेन्टर संचालनमा ल्याएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए ।

  • आहा! कति राम्रो रामारोशन

    आहा! कति राम्रो रामारोशन कपिल भट्ट, काठमाडाैं,चैत १२ - २ वटा ताल र १८ वटा पाटन एउटै ठाउँमा रहेको अछामको ‘रामारोशन’ क्षेत्रलाई ‘बाह्र वण्ड, अठार खण्ड’, पनि भनिन्छ । समुद्री सतहबाट २,०५० देखि ३,७९२ मीटर उचाईमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपुर्ण छ। मनै लोभ्याउने रामारोशन घुमघामको लागि उचितमात्र होइन जानैपर्ने गन्तव्य हो। रहरलाग्दा जमिनका फाँटहरू, मनमोहक तालहरू वनमा फूलेका अनेकथरी फूल, पाटनहरूमा नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, कालिज, ढुकुर, हलेसो लगायतका चराचुरङ्गीहरू उक्त क्षेत्रका थप सुन्दरता हुन्।

  • उद्यमी बने चेपाङ

    उद्यमी बने चेपाङ सुधिर भण्डारी , मकवानपुर, चैत १२ - हाल मकवानपुरका चेपाङ समुदायले भने आफूहरुलाई उद्यमी बनाएर गतिलो पाठ सिकाएका छन्। परम्परागत खेती गर्दा राम्रोसँग खान समेत नपुग्ने उनीहरु युएनडिपीको ‘स्मल ग्रन्टस प्रोग्राम’ (एसजिपी)ले आर्थिक सहयोग गरेपछि लाखौँको व्यापार गर्न सफल भएका छन्। गाउँको खेर गइरहेको अनुत्पादित जग्गामा अम्रिसो लगाउन एसजिपीले करिव २४ लाख सहयोग गरेको थियो। त्यसमा किसानले जतिवटा बोट रोप्यो त्यती नै रुपैयाँ एसजिपीको तर्फबाट दिने र आफूले रोपेको अम्रिसो तयार भएपछि त्यसको मुनाफा आफैले लिन पाउने भएपछि उनीहरु पनि उत्साहित भएर अम्रिसो रोपे।

  • एफपिओ पाइपलाइनमा अझै तीन कम्पनी

    एफपिओ पाइपलाइनमा अझै तीन कम्पनी सेतोपाटी संवाददाता , ललितपुर, चैत ११ - अझै तीन कम्पनीहरु एफपिओ निश्कासनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा बसेका छन्। दुई बिमा कम्पनी र एक फाइनान्स कम्पनीले एफपिओका निश्कासनका लागि बोर्डसँग स्वीकृति मागेका हुन्। शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र पोखरा फाइनान्सले एफपिओ निश्कासनका लागि आवेदन दिएको बोर्डका सहकप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। यद्यपी तत्काल ति कम्पनीले एफपिओको स्वीकृति भने नपाउने उनले स्पष्ट पारे।

  • दुईवटा सेल्फी क्यामेरासहितको ‘ओप्पो एफ थ्री प्लस’सार्वजनिक, यस्ता छन् विशेषता

    दुईवटा सेल्फी क्यामेरासहितको ‘ओप्पो एफ थ्री प्लस’सार्वजनिक,  यस्ता छन् विशेषता सेतोपाटी, काठमाडौं,चैत १० - सेल्फी क्यामेरा विशेष स्मार्ट फोन निर्माण गरिरहेको ओप्पो ब्रान्डको नयाँ स्मार्टफोन ‘एफथ्री प्लस’ सार्वजनिक गरेको छ। सेल्फीको लागि नै दुईवटा क्यामेरा रहेको एफथ्री प्लसमा कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्कल सहितको गु्रप सेल्फी क्यामेरा उपलब्ध गराएको छ।

  • विदेशबाट ‘कल’सँगै आउने डलर पनि घट्यो

    विदेशबाट ‘कल’सँगै आउने डलर पनि घट्यो रवीन्द्र शाही , ललितपुर, चैत १० - विदेशबाट नेपालमा फोन आउँदा आवाज मात्र होइन, त्योसँगै डलर पनि आउँछ यसरी आउने डलर पछिल्लो समय घट्दै गएको छ। दूरसंचार सेवाप्रदायकहरुको आयको मुख्य स्रोत र देशको लागि विदेशी मुद्रा आर्जनको पनि बलियो आधार मानिएको यो बाटो पछिल्लो समय खुम्चिने संकेत देखिएको छ। इन्टरनेटमा आधारित विभिन्न एप्लिकेशनको प्रयोग, देशभित्रकै सेवाप्रदायहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण अन्तर्राष्ट्रिय लामो दुरीको कल (आइएलडी) वापतको शुल्क घटेको सरोकारवालाहरुको भनाइ छ।

  • अछामको बुढिगंगामा पहिलोपटक र्‍याफ्टिङ

    अछामको बुढिगंगामा पहिलोपटक र्‍याफ्टिङ सेतोपाटी संवाददाता , काठमाडौं, चैत १० - अछाम जिल्लामा पर्ने बुढिगंगा नदिमा पहिलो पटक र्‍याफ्टिङ गरिएको छ। मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर त्यहाँको सम्भाव्यता अध्ययन गरिएको पर्यटन व्यवसायी रमेशबहादुर कुँवरले जानकारी दिए। साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलिले र्याफ्टिङ गरेको थियो। नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको यसैको माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने कुँवरले बताए।

  • घामबाट छाला जोगाउन कस्ता ‘सनब्लक क्रिम’ लगाउने?

    घामबाट छाला जोगाउन कस्ता ‘सनब्लक क्रिम’ लगाउने? बिनोद आचार्य , काठमाडौं, चैत १० - घाममा लामो समयसम्म बस्दा वा हिँड्दा यसको विकिरणले छालालाई प्रत्यक्ष असर पार्दछ। गर्मी मौसमको आगमनसँगै चर्को घामबाट छालालाई जोगाइराख्न त्यत्तिकै जरुरत पर्दछ। घामबाट बच्न बाहिर ननिस्किकन भित्रै बसी रहन पनि सकिँदैन। तर घाममा हिँडे पनि छालालाई डढ्नबाट जोगाउनका लागि थुप्रै उपायहरु अवलम्वन गर्न सकिन्छ। घाम तथा त्यसले गर्ने हानीबाट मानव छालालाई जोगाउन भन्दै बजारमा विभिन्न सनब्लक क्रिमहरु पाइन्छन्। विभिन्न कम्पनीका वेग्लाबेग्लै दरमा ‘सन प्रोटेक्सन फ्याक्टर’ (एसपिएफ) क्षमता भएका यस्ता क्रिमले छालालाई डढ्नबाट केही हदसम्म बचाउन सहयोग गर्छ।

  • वाइड बडी खरिद–बिक्री सम्झौताको लागि एएआर आउँदै

    वाइड बडी खरिद–बिक्री सम्झौताको लागि एएआर आउँदै रवीन्द्र शाही , काठमाडौं,चैत ९ - नेपाल वायुसेवा निगमलाई आवस्यक दुईवटा वाइड बडी विमान बिक्री गर्नको लागि टेन्डर हात पारेको अमेरिकी कम्पनी एआर कर्पोरेशनको टोली यही चैत १३ गते नेपाल आउने भएको छ। सबैभन्दा सस्तोमा दुईथान वाइड बडी विमान बेच्ने प्रस्ताव गरेको कम्पनीसँग यसअघि माघ १४ मा सैद्धान्तिक सम्झौता सम्पन्न भएको थियो।

  • एक वर्षभित्र भूकम्प प्रभावित सात जिल्लामा ब्राेडब्यान्ड इन्टरनेट, २ दुईवर्षसम्म निशुल्क

    एक वर्षभित्र भूकम्प प्रभावित सात जिल्लामा ब्राेडब्यान्ड इन्टरनेट, २ दुईवर्षसम्म निशुल्क सेतोपाटी संवाददाता, काठमाडौं,चैत ९ - नेपाल दुरसंचार प्राधिकरणले अबको एकवर्षभित्र भूकम्पप्रभावित सात जिल्लामा न्यूनतम ५५६ केविपिएस गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने भएको छ। ग्रामिण दुरसंचार कोषको रकमबाट प्रभावित सात जिल्लामा इन्टरनेट पूर्वाधार विस्तार गर्ने योजना बनाएको प्राधिकरणले दुईवटा प्याकेज बनाएर कार्य अगाडि बढाएको छ।

  • नेपाल टेलिकमको नेटवर्कमा फेसबुक छिटो चल्ने

    नेपाल टेलिकमको नेटवर्कमा फेसबुक छिटो चल्ने रवीन्द्र शाही , काठमाडौं, चैत ९ - तपाई नेपाल टेलिकमको नेटवर्कबाट फेसबुक चलाइ राख्नुभएको छ? यदी हो भने गएको केही दिनदेखि नयाँ महसुस गर्नुभएको होला। नेपाल टेलिकमले फेसबुकको क्यास सर्भर राखेपछि लोड हुने गति पहिलेकोभन्दा छिटो भएको टेलिकमले जानकारी दिएको छ। टेलिकमले फेसबुकको ‘क्यास सर्भर’ डाटालाई स्थानीयकरण गर्न नेपालमै सर्भर राखेपछि फेसबुकका ग्राहकले तीव्रता अनुभव गरिरहेको सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।

  • नमुना पर्यटकीय गन्तव्य बन्दै ‘कालिका सामुदायिक वन’

    नमुना पर्यटकीय गन्तव्य बन्दै ‘कालिका सामुदायिक वन’ झापा, चैत ९ , विनोद सापकोटा - पर्यटकीय क्षेत्रको रुपमा प्रशस्त सम्भावना बोकेका सामुदायिक वन झापामा दर्जनको हाराहारीमा छन्। जिल्लाका ६० वटा सामुदायिक वनमध्ये १० वटा पर्यटकीय क्षेत्रको रुपमा कहलिन थालेका छन्। यी सामुदायिक वनले वार्षिक लाखौ रुपैयाँ वन पैदावार खरिद विक्रि विनै भित्र्याउँछन्। जिल्लाको कन्काई नगरपालिकाको जामुनखाडी सामुदायिक वनले मात्र वार्षिक २ करोड रुपैयाँ ‘गेटमनी’बाटै भित्र्याउँछ। जामुनखाडी मात्र होइन जिल्लाका सालबाडी, खुट्टेडाँगी, बाँसबारी, थोप्लेविरान, बहुवन, पाँचपोखरी, सतासीधाम सामुदायीक वनले वन पैदावारविनै वार्षिक लाखौ रुपैयाँ भित्र्याएका छन्।

  • प्राधिकरणले तयार गर्‍यो थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाईन

    प्राधिकरणले तयार गर्‍यो थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाईन सेतोपाटी संवाददाता, काठमाडौं, चैत ९ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन ।

  • कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन

    कोरिया भाषा परीक्षा खुल्यो, यसरी भर्नुहोस् आवेदन सेतोपाटी संवाददाता, काठमाडौं, चैत ९ - नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ। फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ। रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ।

  • गिद्धको रेष्टुरेन्टले तान्यो पर्यटक

    गिद्धको रेष्टुरेन्टले तान्यो पर्यटक सुधिर भण्डारी , नवलपरासी, चैत ८ - संसारमा लाखौँ प्रजातिका पशुपंक्षी छन्। एकअर्काको जीवनचक्रका लागि यी सबै प्रजातिको अस्तित्व कायम रहनु जरुरी छ। संसारमा एउटा जीवको अस्तित्व सकिँदा अर्कोको जीवन पनि संकटमा पर्छ। जसले गर्दा वातावरण सन्तुलन खल्बलिन पुग्दछ। संसारका लोपोन्मुखमध्ये एक महत्वपुर्ण पंक्षी हो गिद्ध। गिद्धले मरेका जीव–जनावर खाने हुँदा यसलाई प्रकृतिको ‘कुचिकार’ पनि भनिन्छ। अफ्रिकन केही देशमा यसलाई प्रेमको प्रतिक समेत मानिन्छ। जोडी गिद्धमध्ये एउटा खाना खोज्न जाँदा अर्को गुँडमा बच्चा कुरेर बस्छ, यदी खाना खोज्न गएको गिद्ध उतै मर्यो वा फर्किएन भने पनि गुँड कुरेर बसेको गिद्ध भोकभोकै त्यहीँ मर्छ तर गुँड छोडेर जाँदैन। त्यसैले यसलाई प्रेमको प्रतिकका रुपमा अफ्रिकन केही राष्ट्रहरुमा सम्वोधन गर्ने गरिन्छ।

  • वैशाख १५ भित्र शाखा विस्तार गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन

    वैशाख १५ भित्र शाखा विस्तार गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन सेतोपाटी संवाददाता , काठमाडौं, चैत ८ - नेपाल स्टक एक्सचेन्जले आगामी वैशाख १५ गतेभित्र ब्रोकर कम्पनीहरुलाई काठमाडौं उपत्यकाबाहिर शाखा अर्थात आरडब्लुएस (रिमोट वर्क स्टेशन) विस्तार गर्न निर्देशन दिएको छ। यसअघि ४१ ब्रोकर कम्पनीहरुले मुलुकका विभिन्न २७ शहरमा शाखा विस्तार गर्न तयार रहेको भन्दै नेप्सेलाई आवेदन दिएका थिए। नेप्सेले फागुन २४ गते आरडब्लुएस विस्तारका लागि भएको कार्यप्रगति विवरण माग गरेको थियो। तर प्रस्ताव गरेका केही कम्पनीले प्रगति विवरण नै नबुझाएपछि पुनः सो निर्देशन दिएको हो।

  • फाइबर विस्तार एडिएसल सुधार,नेपाल टेलिकमको प्राथमिकता

    फाइबर विस्तार एडिएसल सुधार,नेपाल टेलिकमको प्राथमिकता रवीन्द्र शाही , काठमाडौं,चैत ७ - नेपाल टेलिकमले आगमी दिनमा इन्टरनेट सेवालाई प्राथमिकता दिने रणनीति बनाएको छ। प्रविधिको विकास र उपभोक्ताहरुको आवस्यकता,चाहनालाई ख्याल गर्दै खरो उत्रन भन्दै इन्टरनेट तथा डाटा सेवालाई परिस्कृत तथा सुधार गर्ने योजना सार्वजनिक गरेको छ। पुरानो प्रविधिका सेवाहरुमा मुख्य लगानी रोकेर नयाँ प्रविधिमा विशेष प्राथमिकता दिँदै विस्ता

  • वर्षौपछि नाफामा गएको उदयपुर सिमेन्टको लक्ष्य बिक्री संजाल विस्तार

    वर्षौपछि नाफामा गएको उदयपुर सिमेन्टको  लक्ष्य बिक्री संजाल विस्तार रवीन्द्र शाही , काठमाडौं,चैत ७ - लामो समयदेखि घाटामा चलेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट चालु आर्थिक वर्ष नाफामा गएको छ। दुईमहिनामै ११ करोड रुपैयाँ कमाएर ४ करोडा नाफा आर्जन गरेको सिमेन्टले अबको ध्यान उत्पादन बढाउने र बजार सुदृढिकरणतिर केन्द्रित गरेकाे छ। नियमित बिजुलीको आपूर्ति, कुशल व्यवस्थापन र नेतृत्वको कारण उदयपुर सिमेन्टले नाफा आर्जन गरेपनि लामो समयदेखि पर्याप्त उत्पादन नहुँदा बजार संजाल भने व्यवस्थित छैन्।

  • भक्तपुरमा साझालाई चल्न नदिने व्यावसायीको चेतावनी

    भक्तपुरमा साझालाई चल्न नदिने व्यावसायीको चेतावनी सेतोपाटी , भक्तपुर, चैत ७ - भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् । रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गर्दैै ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।

  • रिटेल इन्भेस्टरका आधारमा सगुन अमेरिकाकै दोस्रो ठूलो कम्पनी

    रिटेल इन्भेस्टरका आधारमा सगुन अमेरिकाकै दोस्रो ठूलो कम्पनी सेतोपाटी संवाददाता, काठमाडौं,चैत ७ - अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स स्टार्ट अप कम्पनी सगुन रिटेल इन्भेस्टरका आधारमा दोस्रो ठूलो कम्पनी भएको छ । कम्पनीमा विश्वभरका दुई हजार बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेका छन् । सगुनका संस्थापक गोविन्द गिरीले मिनी आइपिओ निस्कासन गरेपछि आइतबार फेसबुक लाईभमा सर्बसाधारणलाई सम्बोधन गर्दै भने, ‘हामी रिटेल इन्भेस्टरका आधारमा अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं ।’

  • बैंकले ऋणमा कडाई गरेपछि जग्गा कारोबार गिरावट

    बैंकले ऋणमा कडाई गरेपछि जग्गा कारोबार गिरावट कृष्णसिंह लोथ्याल , काठमाडौं,चैत ७ - राष्ट्र बैंकले बैंकहरुलाई मौद्रिक नीतिमा कडाई गर्दै घर जग्गा कारोबारमा लगानी गर्न कडा दायरा बनाएसँगै जग्जा कारोबारमा उच्च गिरावट आएको छ। यसअघि बैंकहरुले लगानी सुरक्षित हुने भन्दै घर जग्गा कारोबारमा उच्च लगानी गर्दै आएका थिए। यसरी ‘अनुत्पादक क्षेत्र’ मा बैंकको लगानी बढेपछि बजारमा तरलता अभावको सिर्जना भएको थियो। बैंकहरु नाफा केन्द्रित हुँदै अनुत्पादक क्षेत्रमा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले कर्जाको सीमा नै तोकेर अनुत्पादक क्षेत्रमा प्रवाह हुने ऋणमा कडाई गर्न निर्देशन जारी गरेको हो।

  • ओरालो लाग्दै वैदेशिक रोजगार, बंगलादेशी कामदार नेपाली कामदारका लागि चुनौती

    ओरालो लाग्दै वैदेशिक रोजगार, बंगलादेशी कामदार नेपाली कामदारका लागि चुनौती सेतोपाटी संवाददाता, काठमाडौं, चैत ६ - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमि आएको छ। आर्थिक वर्ष ०७१-०७२ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५ लाख १२ हजार रहेकोमा २०७२ असार २१ गते फ्री भिसा र फ्री टिकट लागु गरे पछि आर्थिक वर्ष ०७२-०७३ मा विदेश जाने कामदार संख्या घटेको छ।

  • उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले गरे उमेद्वारी घोषणा

    उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले गरे उमेद्वारी घोषणा बुटवल चैत ६ (सेतोपाटी) - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । अहिलको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

  • स्टाण्डर्डको एफपिओमा ३५ अर्बको आवेदन, बाँडफाँड कहिले?

    स्टाण्डर्डको एफपिओमा ३५ अर्बको आवेदन, बाँडफाँड कहिले? सेतोपाटी संवाददाता , काठमाडौं, चैत ६ - स्टाण्डर्ड चार्टड बैंकले निश्कासन गरेको एफपिओमा ३५ अर्ब ३६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार प्रारम्भिक आवेदन संकलनका क्रममा ३५ अर्बको हाराहारीमा आवेदन परेको हो। क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले यो रकममा थप बढ्न सक्ने जानकारी दिए। ‘प्रारम्भिक संकलनका क्रममा ३५ अर्बको आवेदन देखिएको छ, आस्बा प्रणालीबाट अझै केही आवेदन थपिन सक्ने छ’ सेतोपाटीसित उनले भने।

  • सात महिनामै टायरको आयात दोब्बर

    सात महिनामै टायरको आयात दोब्बर कृष्णसिंह लोथ्याल , काठमाडौं, चैत ६ - नेपाली बजारमा ससवारीसाधनको विक्री बढेसँगै टायरको बजार पनि निकै बढेको पाइन्छ। निजी तथा सरकारी लगानीका विकास निर्माणका परियोजनामा सवारीसाधनको प्रयोग बढेका कारण टायरको बजार पनि सोही गतिमा अघि बढेको टायर व्यवसायीहरु बताउँछन्। टायरको आयात चालु आर्थिक वर्षको ७ महिनामै गत आर्थिक वर्षमा भन्दा दोब्बरले बढेको छ।

  • मलेसियासँग हुन लागेको श्रम संझौता कामदारको हितमा छैन -राजदूत बस्न्यात

    मलेसियासँग हुन लागेको श्रम संझौता कामदारको हितमा छैन -राजदूत बस्न्यात सेतोपाटी संवाददाता, मलेसिया, चैत ५ - मलेसियास्थित नेपाली राजदूत निरन्जनमानसिंह बस्न्यातले मलेसियासँग सरकारले गर्न लागेको श्रम संझौता नेपाली कामदारको हितमा नभएको बताएका छन्। एनआरएन एसिया प्यासेफिक रिजनल मिटिङमा सहभागि भएका राजदूत बस्न्यातले मलेसियाले नेपाल सरकारसमक्ष पठाएको कामदार भित्र्याउने सम्बन्धि ड्राफ्ट कामदारको हितमा नभएको बताएका हुन्। 'सरकारले मलेसियासँग श्रम संझौता गर्न छलफल गरिरहेको छ, 'उनले भने, तर मलेसियाको प्रस्ताव कामदारको हितमा छैन।' मलेसियाले फ्रि भिसा र टिकटमा कामदार लैजान नसकिने, करार अवधिको विमा गर्न आनाकानी गरिरहेको छ।

  • भक्तपुरमा पनि साझा बस गुड्ने, व्यवसायी भन्छन्: छिर्न पाउँदैन

    भक्तपुरमा पनि साझा बस गुड्ने, व्यवसायी भन्छन्: छिर्न पाउँदैन सेतोपाटी संवाददाता , काठमाडौं, चैत ५ - साझा बसले भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गर्नेगरी रुट पर्मिटको लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ। साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भक्तपुरका स्थानीयको मागलाई ध्यानमा राख्दै रुट पर्मिटका लागि विभागलाई पत्र पठाइएको जानकारी दिए। दैनिक दस वटा बसले भक्तपुरलाई काठमाडौंको नाका कलंकीसम्म जोड्नेगरी साझाले विभागसँग रुट पर्मिट माग गरेको हो। कलंकी, त्रिपुरेश्वर, सुन्धारा, बानेश्वर, कोटेश्वर, जडिबुटी, सल्लाघारी, व्यासी कमलविनायक, जगाति, सुर्यविनायकसम्म पुग्नेगरी साझाले रुट पर्मिट मागेको छ।

  • फोटोमा हेर्नुहोस् अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएका उत्पादन

    फोटोमा हेर्नुहोस् अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएका उत्पादन अनिश रेग्मी , काठमाडौं, चैत ४ - राजधानीको भृकुटीमण्डपमा छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे। मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीका उत्पादन राखिएको छ। मेलामा कृषि, उर्जा, पर्यटन, हस्तकला, सूचना प्रविधिका ३ सय ४० स्टलहरु राखिएका छन्। २० करोडको कारोबार हुने अपेक्षा गरिएको मेलाको ५ लाखले अवलोकन गर्ने अनुमान छ।

  • फ्री भिषा फ्री टिकटको नाममा भिजिट भिषामा दुबई पठाउँदै सरकार

    फ्री भिषा फ्री टिकटको नाममा भिजिट भिषामा दुबई पठाउँदै सरकार सेतोपाटी संवाददाता, काठमाडौं, चैत ४ - सरकारले फ्री भिषा फ्री टिकटको नाममा युवाहरुलाई भिजिट भिषामा दुबईमा पठाउने गरेको पाइएको छ। पछिल्लो समय दुबईका प्रतिष्ठित कम्पनीहरुमा भिजिट भिषामा गएर काम खोज्नेहरुको संख्या बढेको छ। नेपालमा आएर विभिन्न प्रक्रिया पुरा गरेर कामदार लिने गरेका कम्पनीहरुले दुबईमै कामदार पाएपछि नेपालबाट आधिकारीकरुपमा कामदारको माग कम हुन थालेको वैदेशिक रोजगार व्यवसायी महासंघका महाहचिव रोहन गुरुङले जानकारी दिए।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी