विशेष

Search news by date range:

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने रवीन्द्र शाही , काठमाडौं, जेठ २२ - साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै

    बाहिरी चक्रपथः पहिलो खण्डमा जग्गा एकिकरण हुँदै सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २२ - लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्यले गति लिएको छ। सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।

  • 'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

    'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो' सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २२ - एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् ।

  • एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर

    एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर काठमाडौं, जेठ २१ , सेतोपाटी संवाददाता - एनसेलले आज सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयमार्फत कम्पनीले उक्त कर रकम दाखिला गरेको छ। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार कर दाखिला गरेको हो। टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।

  • कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो

    कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो रवीन्द्र शाही , काठमाडौं, जेठ २१ - राजीनामा दिएर कामचलाउ सरकारमा परिणत भइसकेको पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले गएको सोमबार निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एसटिएमलाई देशैभर सेवा संचालन गर्ने अनुमति (युनिफाइड लाइसेन्स)को लागि बाटो खुल्ला गरिदिएको छ। नियामक निकाय दूरसञ्चार प्राधिकरणले लामो समयदेखि अयोग्य भएको भन्दै रोक्दारोक्दै पनि राजनीतिक शक्तीको आडमा उक्त कम्पनीलाई युनिफाइड लाइसेन्स दिने बाटो खुल्ला गरिएको हो।

  • टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडानको एलिका स्टाइलिस चिम्नी हुड नेपाली बजारमा

    टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडानको एलिका स्टाइलिस चिम्नी हुड नेपाली बजारमा सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २१ - सिजीको सहायक कम्पनीका रुपमा रहेको इ.ओ.एल.प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्सामा अर्को कदम चाल्दै विभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ। आरामदायक सुविधाजनक गुणस्तरीय घरायसी सामान र विद्युतीय कम्पनी, अत्यावश्क घरायसी सामाग्रीहरुको निर्माण तथा बजार व्यवस्थापनमा सिजीले नेतृत्व दायी भुमिका निर्वाह गर्दै आएको छ।

  • मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु

    मासिक भत्ता ५ हजार बनाउनुपर्ने भन्दै तातो सडकमा सुते बृद्धहरु सुधिर भण्डारी , काठमाडौं, जेठ, २० - सरकारले आफूहरुलाई दिने गरेको सेवा सुविधा बढाउन माग राख्दै मिनभवन यातायात व्यवस्था विभाग अगाडि बृद्ध–बृद्धाहरुले प्रर्दशन गरेका छन्। केही बेर उनीहरुले तातो पिच सडकमै सुतेर विरोध जनाए। स्थानीय निकायको निर्वाचन अगाडि सबै दलहरुले बृद्ध भत्ता तथा अन्य सेवाहरु बढाउने भनेपनि बजेट भाषणमा आफुहरुको हितमा कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।जीवनभर देशको लागि रगत पसिना बगाएकाहरुलाई बुढो र शक्तिहीन भएपपछि सरकार र समाजले समेत उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो छ।

  • यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु

    यी हुन् सबैभन्दा धेरै माइलेज दिने स्कुटरहरु सेतोपाटी संवाददाता , काठमाडौँ, जेठ २१ - नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। यसमा पनि काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर सहज हुनाले यसमा निर्भरता बढिरहेको छ। नेपालमा महिन्द्रा, हिरो, टिभिएस, होण्डा, सुजुकी लगायतका कम्पनीहरुको स्कुटर बजारमा उपलब्ध छ। यी बाहेक अन्य कम्पनीका मोटरसाइकलहरु उपलब्ध भएपनि धेरैजसो ग्राहकहरुको रोजाइमा यीनै ब्राण्डका स्कुटर पर्छन्। यसको मुख्य कारण हो, यी कम्पनीका सस्ता र धेरै माइलेज दिने स्कुटरहरु।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु सेतोपाटी संवाददाता , काठमाडौं, जेठ २० - विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

  • वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने

    वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङले उमेद्वारी दिने सेतोपाटी संवाददाता, काठमाडौं,जेठ २० - वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि रोहन गुरुङले उमेद्वारी दिने पक्का भएको छ। प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंच नेपालले गुरुङलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो। मंचको बैठकले अध्यक्षमा गुरुङसहित कोषाध्यक्षमा पाजु इन्टरनेसनल प्रालिकी संचालिक रमिला ताम्राकारलाई उठाउने निर्णय गरेको हो।

  • दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’

    दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’ रवीन्द्र शाही , काठमाडौं, जेठ २० - एसटिएमले यसअघि पनि एकीकृत लाइसेन्स माग गर्दै प्राधिकरणमा आवेदन दिएको थियो। प्राधिकरणले पर्याप्त पूर्वाधार नभएको र निर्धारित मापदण्ड पूरा नगरेको भन्दै गत मंसिरमै आवेदन अस्वीकृत गरिदिएको थियो। त्यसको छ महिना नबित्दै सञ्चार मन्त्रालयले नियमन निकायको राय बेवास्ता गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो।

  • चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला

    चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला विनोद सापकोटा, झापा, जेठ २० - सामान्यतया गाउँघरका करेसाबारीमा तरकारीको रुपमा प्रयोग गरिने घिरौंला कति लामो होला ? अनि त्यसको मोटाई अर्थात गोलाई फिट कति सम्म होला ? स्वभावैले ६ इन्चदेखि डेढ फिट लामो र ५ इन्च मोटाई सम्म हुँदो हो। तर झापा शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन्।

  • कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने

    कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १९ - आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तोकिएको छ। इपिएस कोरिया शाखाले दुई सिफ्टमा परीक्षा संचालन गर्नेगरी राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्रहरु निर्धारण गरेको छ। पहिलो सिफ्टको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्टको परीक्षा १२ बजेदेखि २ बजेसम्म हुने इपिएस शाखाले जनाएको छ। यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि इपिएस परीक्षामा सहभागी हुनेछन्।

  • यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण

    यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण सुधिर भण्डारी , काठमाडौं, जेठ १९ - यातायात क्षेत्रमा देखिएका विकृति हटाउँदै सुधारका काममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई सक्रिय देखिएका छन्। करिव अढाई महिनाअघि उनी महानिर्देशक भएपछि सुधारमुलक कार्यमा सक्रिय बनेका हुन्। हालै सवारी साधन अनुमतिपत्र सरलीकरण गरिएको छ। पहिले लिखित परीक्षा दिँदा दुई खण्डको प्रश्नपत्र हुन्थ्यो भने अहिले एउटा खण्ड मात्रै कायम गरिएको छ।

  • काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना

    काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना राजेन्द्र देवकोटा - कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।

  • 'पाँच वर्षभित्र सडक भत्किए निर्माण व्यवसायीले बनाउनुपर्ने'

    'पाँच वर्षभित्र सडक भत्किए निर्माण व्यवसायीले बनाउनुपर्ने' सेतोपाटी संवादादता, काठमाडौं, जेठ १८ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन आफू सफल भएको बताएका छन्। मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणको कामलाई अघि बढाएर आफूले मधेशको जनताको आर्थिक उन्नतिको आधार तयार पारेको दावी समेत गरे।

  • पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा

    पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा कमल नेपाल, काठमाडौं, जेठ १८ - कर्मचारीहरूलाई दिने पेन्सन (निवृत्तिभरण) राज्यको निम्ति थेग्नै नसक्ने आर्थिक भार बन्दै गएपछि सरकारले अर्को आर्थिक वर्षबाट पेन्सनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ। सेवाबाट अवकाशप्राप्त कर्मचारीका लागि दिइँदै आएको पेन्सन सुविधामा परिमार्जन गरेर ‘योगदानमा आधारित प्रणाली’ लागू गर्ने तयारी गरिएको हो। अर्थ मन्त्रालयको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख हेमन्तराज निरौलाका अनुसार नयाँ भर्ना हुने कर्मचारीका हकमा यो पेन्सन प्रणाली लागू हुनेछ।

  • मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण

    मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण बिनोद आचार्य, काठमाडौं, जेठ १८ - नेसनल ट्रेडिङ लिमिटेडले मङ्गलबारबाट बेच्न सुरु गरेको चिनियाँ अनुदानमा प्राप्त इन्डक्सन चुलोमा उपभोक्ताको आकर्षण देखिएको छ। भारतीय नाकाबन्दीको समयमा चीनले दिएको ११ हजार तीन सय थान अनुदानको इन्डक्सन चुलोमध्ये १३ सय केरुङ नाकाबाट तथा १० हजार हवाइमार्गबाट आयात गरिएको थियो। जसमध्ये लिमिटेडको गोदाममा थन्किएको १२ सय ९९ सय वटा चुलोको टेकुस्थित भवनबाट बिक्री शुरु गरिएको हो।

  • रेनोले ल्यायो फेरि अर्को २१ लाखको नयाँ कार

    रेनोले ल्यायो फेरि अर्को २१ लाखको नयाँ कार सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ - रेनो नेपालले अर्को नयाँ गाडी बजारमा ल्याएको छ। क्विड १ हजार सिसि र लजी स्टेपवे कार ल्याएको रेनो आज फेरि रेनो क्वीड एएमटी कार बजारमा ल्याएको हो। नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक)ले अल न्यू रेनो क्विड एएमटी बजारमा भित्र्याएको हो।

  • एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

    एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क सेतोपाटी , काठमाडौं, जेठ १७ - एनसेलले फोरजी- एलटिई सेवा सूरु गरेको छ। अब एनसेलका ग्राहकले अब फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको मज्जालिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

  • हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक

    हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक सेतोपाटी संवाददाता , मकवानपुर, जेठ १७ - हेटौंडा उपमहानगरपालिकाले नयाँ जग्गा प्लटिङमा रोक लगाएको छ। नयाँ मेयर चुनिएपछि पहिलो पटक बसेको नगरपालिकाको बैंठकले नयाँ जग्गा प्लटिङमा रोक लगाएको हो। जग्गा प्लटिङ बढेको भन्दै उपमहानगरपालिकाले तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो। त्यसका लागि बैंठकले उपमेयर मीना लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

  • इम्वोस्ड नम्बर प्लेटको मूल्य सिफारिस

    इम्वोस्ड नम्बर प्लेटको मूल्य सिफारिस सुधिर भण्डारी , काठमाडौं, जेठ १७ - सुरक्षाको दृष्टिकोणले निकै उपयोगी मानिएको इम्वोस्ड नम्बर प्लेट नेपालमा लागू हुन सकेको छैन। इम्वोस्ड नम्बर प्लेटको मूल्य निर्धारण गर्न गठित कमिटीले मूल्य सिफारीस गरेर पठाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराइले जानकारी दिए। सो प्लेट राख्दा सेवाग्राहीले सवारी साधन अनुसार २५ सय रुपैयाँदेखि ३६ सयसम्म तिर्नुपर्ने उनले बताए।

  • नझुक्किनुहोला, आवेदन भर्दैमा सबैले सेयर पाइँदैन !

    नझुक्किनुहोला, आवेदन भर्दैमा सबैले सेयर पाइँदैन ! कमल नेपाल , काठमाडौं, जेठ १७ - सेयरमा आवेदन भर्दैमा दस कित्ता पाइन्छ भनेर नझुक्किनुहोला। नयाँ धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिकाले सबैलाई दस कित्ता सेयर दिने उल्लेख गरे पनि खाली हात बस्नुपर्ने अवस्थाको भने अन्त्य गर्न सक्ने छैन। धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को ३० नम्वर बुँदा उपदफा १ मा ‘धितोपत्र बाँडफाँड गर्दा सवैभन्दा पहिले सबै आवेदकलाई दस कित्ताको दरले बाँडफाँड गर्नुपर्नेछ’ भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ।

  • प्रमुख आयुक्त यादवलाई भेटेर ओलीले भने-एमाले हार्न तयार छ भरतपुरमा पुनः मतगणना गर्नुस्

    काठमाडौँ, जेठ १६ (सेतोपाटी) - प्रमुख आयुक्त यादवले आफूहरू यस बिषयमा गम्भीर रहेको जवाफ दिएको पनि नेम्वाङले बताए। एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता नेम्वाङ सहितको टोलीले आयोग पदाधिकारीलाई भेटेर आफै भरतपुर जान अाग्रह गरेको छ।

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन

    वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नेपाल वायुसेवा निगमले बिक्रीमा राखेको बोइङ किन्ने प्रस्ताव कसैको नपरेपछि फेरि टेन्डर आब्हान गरिएको छ। तीस वर्ष पुरानो बोइङ– ७५७ सिरिजको कर्णाली नेपाली नाम दिइएको उक्त विमान चलाउन भन्दा बिक्री गर्न फाइदा हुने भन्दै निगम संचालक समितिले बिक्री गर्ने निर्णय गरेको थियो।

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा

    बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा बाजुरा, जेठ १६ (सेतोपाटी) - बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जान लागेको सो स्काइ ट्रक मौसम खराब भएपछि बाजुराको कोल्टीमा डाइभर्ट भएको थियो। कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज चिप्लिएर खेतमा पुगेको थियो।

  • साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ?

    साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - आर्थिक वर्ष २०७४ /७५ को बजेटमा सरकारले दुई पाङग्रेमा ८० र चार पाङग्रेमा २ सय ४० प्रतिशत कर लगाएको छ। सरकारले भन्सार शुल्क यथावत राख्दै सडक दस्तुर र सम्भार दस्तुर बढाएको हो। चार पाङग्रे सवारी साधन एक हजार सिसीले अब वार्षिक रुपमा १९ हजार रुपैयाँ तिर्नुपर्छ भने १ हजार १ देखि १५ सयसम्मको चार पाङग्रे सवारी साधनले २१ हजार तिर्नुपर्छ।

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी