विशेष

Search news by date range:

  • प्याकेजमा हेल्थ चेकअप गराउने प्रचलन बढ्दो

    प्याकेजमा हेल्थ चेकअप गराउने प्रचलन बढ्दो प्रतिभा श्रेष्ठ, काठमाडौं, वैशाख २ - अधिकांश मानिसमा देखिने स्वास्थ्य समस्या र बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो हेल्थ प्याकेजमा विभिन्न किसिमका परीक्षणहरू समावेश गरिएका हुन्छन्। जसले गर्दा यसको शुल्कमा एकरूपमा पाइँदैन। त्यस्तै एकै किसिमको परीक्षणका लागि पनि अस्पतालैपिच्छे शूल्क फरक पाइन्छ। परीक्षण गर्न आउने व्यक्तिको उमेर, लिंग, रोग र कुन अंग जाँच गराउने हो, त्यसका आधारमा शूल्क घटबढ हुने अस्पतालहरू बताउँछन् । जेनरल हेल्थ प्याकेजमा सामान्यत: शरीरको पूर्ण जाँच गरिन्छ।

  • २० हजार तिरे महिन्द्राले घरैमा स्कुटर र मोटरसाइकल ल्याइदिने

    २० हजार तिरे महिन्द्राले घरैमा स्कुटर र मोटरसाइकल ल्याइदिने काठमाडौं, वैशाख २ - महिन्द्रा टु ह्विलर्सले नयाँ वर्षको अवसर पारेर २० हजार ७ सय २० रुपैयाँ बुझाए घरैमा स्कुटर र बाइक ल्याइलिने अफर ल्याएको छ । अहिले नेपाली बजारमा महिन्द्राका ६ वटा स्कुटर र २ वटा मोटरसाइकल उपलब्ध छन् । ०७२ सालकाे अवसरमा २० हजार ७ सय २० रुपैया डाउन्ट पेमेन्ट गरे घरैमा बाइक र स्कुटर लगिदिने महिन्द्रा टु ह्विलर्स टेकुका बिटिएल म्यानेजर उदयजंग देवानले जानकारी दिए । ३ वर्षको अवधिभित्र किस्तामा बाँकी रकम बुझाउनुपर्ने उनले बताए ।

  • किनेरै पुस्तक पढ्ने संस्कृति बढ्यो

    किनेरै पुस्तक पढ्ने संस्कृति बढ्यो प्रकाश ढुंगाना, काठमाडौं, वैशाख १ - २०७२ सालमा पुस्तकको बजार अझ बढ्नेमा आशावादी उनी अबको वर्ष उपन्यासहरूको वर्ष हुने दाबी गर्छन्। पुस्तकको बिक्री बढे पनि गुणस्तर र मूल्यका हिसाबले नेपाली छापाखाना प्रतिस्पर्धी हुन सकेका छैनन्। गुणस्तरीय छपाइका लागि ढुक्क हुन सकिने छापाखानाको संख्या ‌औँलामा गन्न सकिने प्रकाशकहरू बताउँछन्। जसले गर्दा भारतीय छापाखानामा भर पर्नुपर्ने प्रकाशकहरूको बाध्यता अझै कम भएको छैन।

  • घर बनाउदै हुनुहुन्छ? इँटाको भाउ ३० प्रतिशत बढ्दै

    घर बनाउदै हुनुहुन्छ? इँटाको भाउ ३० प्रतिशत बढ्दै सुदिल पोखरेल , काठमाडौ, वैशाख १ - फागुन र चैत महिनामा परेको पानी र असिनाका कारण काँचो इँटामा ठूलो क्षति भएको थियो। यस वर्ष इँटाको मूल्य ३० प्रतिशतले बृद्धि मात्र हुने होइन बजारमा यसको चर्को अभाव समेत हुने

  • ठूला स्टोरमा खाद्यान्न १५ देखि २० प्रतिशत महँगो

    ठूला स्टोरमा खाद्यान्न १५ देखि २० प्रतिशत महँगो उत्तम काप्री, काठमाडौं, वैशाख १ - एउटै छानामुनि सवै सामान बिक्री गर्न डिपार्टमेन्ट स्टोरहरु अहिले उपत्यकाका चोकचोकमा खुलेका छन्। राजधानीमा झन्डै ३ दर्जनको हाराहारीमा साना र ठूला गरी स्टोरहरु सञ्चालनमा छन्। आफूलाई मनलाग्दी तवरले उनीहरुले सामग्रीहरुको मूल्य तोक्छन् र बिक्री गर्छन्। तर, संगसंगै शहरका मुख्य क्षेत्रहरुमा प्रसस्तै होलसेल पसल पनि छन्, जसले खुद्रा पनि बिक्रि गर्छन् र सस्ता पनि छन्।

  • बिजनेस बन्यो फोहोर संकलन

    बिजनेस बन्यो फोहोर संकलन शोभा शर्मा - १५ वर्षअघिको कुरा । बिहे भइसकेपछि रजनीलाई आफ्नो नयाँ घरको व्यवसाय के हो ? भनेर कसैले नसोधे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। कारण ‘फोहोरमैला उठाउने व्यवसाय’ सम्मानजनक पेसा थिएन। यस्तो पेसा हो भनेर उत्तर दिन उनलाई कम्ता सकस हुँदैनथ्यो।

  • व्यापार घाटा र चार खर्ब ४८ अर्ब छ करोड

    व्यापार घाटा र चार खर्ब ४८ अर्ब छ करोड हरि लामिछाने , काठमाडौँ, चैत २६ - चालु आर्थिक वर्षको आठ महिनामा ११.२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । यस आवको फागुनसम्म देशको कुल व्यापार घाटा रु चार खर्ब ४८ अर्ब छ करोड पुगेको हो । परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएकाले समग्र निकासीमा नकारात्मक देखिएको हो ।

  • अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरुलाई कारबाही

    अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरुलाई कारबाही काठमाडाै, चैत २४ - वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरुलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा श्रमिकबाट अतिरिक्त रकम असुल्नेहरुको अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ ।

  • ‘अर्थतन्त्र आतङ्कित भयो, बन्दको विकल्प खोज

    ‘अर्थतन्त्र आतङ्कित भयो, बन्दको विकल्प खोज काठमाडौँ, चैत २४ - उद्योगी-व्यवसायीले आमहडतालका कारण आर्थिकरुपमा राज्यलाई ठूलो नोक्सानी हुने भएकाले त्यसको विकल्प खोज्न आग्रह गरेका छन् । उद्यमीले सरकार र प्रतिपक्षले सहमतिबाट द्वन्द्वको अन्त्य गर्नुपर्नेमा जोड दिँदै लगानीको वातावरण बन्दै गरेको अवस्था नबिगार्न अनुरोध गरेका हुन् ।

  • बजेट सात खर्ब ३५ अर्ब हुने

    बजेट सात खर्ब ३५ अर्ब हुने काठमाडाै‌ चैत २३ - सरकारले सबै मन्त्रालय र निकायबाट प्राप्त मोटामाटी योजनाको आधारमा आगामी आर्थिक वर्षका २०७२-७३ का लागि रु सात खर्ब ३५ अर्ब बजेटको अधिकतम् सीमा (सिलिङ) तय गरेको छ । उक्त बजेटमध्ये ५१२ अर्ब राजस्वबाट, १४७ अर्ब वैदेशिक ऋण र रु ७४ अर्ब सहायता आन्तरिक ऋणबाट ब्यहोर्ने गरी बजेटको सिलिङ तय भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

  • कमजोर पूर्वाधारले आक्रान्त नेपालका भन्सार कार्यालयहरुकाे नालीबेली

    कमजोर पूर्वाधारले आक्रान्त नेपालका भन्सार कार्यालयहरुकाे नालीबेली हरि लामिछाने, काठमाडौँ, चैत २१ - भन्सार व्यवस्थापनलाई समयसापेक्ष सुधार गर्न नसक्दा देशको आर्थिक तथा सामाजिक समुन्नतिका लागि राजस्व सङ्कलन गर्ने निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकिएको छैन । राजस्व सङ्कलनार्थ स्थापित ठूला व्यापारिक नाका भन्सारको भौतिक, मानव संसाधन, प्राविधिक एवम् अन्य व्यवस्थापकीय पूर्वाधारमा पर्याप्त ध्यान नपुग्दा यो अवस्था आएको हो ।

  • साताको नेप्सेमा दुई अङ्कको गिरावट

    साताको नेप्सेमा दुई अङ्कको गिरावट काठमाडौँ, चैत २१ - गत दुई साता ओरालो लागेको नेप्से यो साता पनि पहिलो दिनको तुलनामा २.२१ अङ्कले घटेर अन्तिम दिन ९४०.०९ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको पाँच हजार ७३२ कारोबारबाट रु ६७ करोड १५ लाख ५१ हजारबराबरका १९ लाख नौ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३६.१४ प्रतिशत कम हो ।

  • सुन आयात स्वाट्टै घट्यो

    सुन आयात स्वाट्टै घट्यो गत आर्थिक वर्षको सुरुको ७ महिनामा १४ अर्ब ९७ करोड रुपैयाँको सुन आयात गरिएको थियो । राष्ट्र बैंकका अनुसार यसपालि त्यही अवधिमा १ अर्ब ८४ करोडको मात्र भित्रिएको ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो काठमाडौ चैत १९ (सेतोपाटी) - नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटेको छ। आयल निगम व्यवस्थापनले इण्डियन आगल निगमले पठाएको नयाँ मूल्य सूचि अनुरुप पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गरेको बताएको छ।

  • इन्धन उपभोक्तामाथि वार्षिक १३ अर्ब रुपैयाँ बराबरको ठगी

    इन्धन उपभोक्तामाथि वार्षिक १३ अर्ब रुपैयाँ बराबरको ठगी अमित ढकाल - आइजिपी उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा मूल्यभन्दा थोरै परिणामको तेल बेचेको सन्दर्भमा छानबिन गर्न ‘इन्क्वायरी बोर्ड’ गठन गेरका छन्। एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा गठित बोर्डले सात दिनभित्रमा प्रतिवेदन बुझाउने छ। मंगलबार वाणिज्य र गुणस्तर विभागको टोलीले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मुख्यालयमा रहेका पेट्रोल पम्पमा अनुगमन गर्दा लिएको मूल्यभन्दा थोरै परिणामको तेल बेचेको फेला पारेको थियो।

  • मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने

    मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने काठमाडौँ, चैत १८ - काठमाडौँ उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भए पनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न गई सामान्य उपभोक्ताले उपभोग गर्न गाह्रो हुने देखिएको हो ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो काठमाडौँ,फागुन २२ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गरिएको हो । निगमकाअनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु एक÷एक बढेको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११० पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु ८७.५० पुगेको छ ।

  • घटेको भाडादर कार्यान्वयन गराउन ‘खुद्रा पैसा’ बाधकः यातायात विभाग

    घटेको भाडादर कार्यान्वयन गराउन ‘खुद्रा पैसा’ बाधकः यातायात विभाग काठमाडौँ, फागुन २२ - “खुद्रा पैसाका कारण पनि यो भाडादर कार्यान्वयन गर्न अप्ठ्यारो देखिएको छ । अनुगमनका क्रममा खुद्रा पैसाको समस्या हामीले नै अनुभव गर्‍यौ,” विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले भने, “स्वयम्भूदेखि महाराजगन्जसम्म कान्तिपुर यातायातमा अनुगमनका लागि यात्रा गर्दा बसका सहायकले रु १ फिर्ता नदिएपछि पटकपटक किचकिच गर्दा एक यात्रुले सुट लगाएको मानिस एक रुपैयाँका लागि कति किचकिच गर्छ भनी उल्टै गाली गरे, चालकले चाहिँ खुद्रा पैसा नभएर फिर्ता नदिएकोे र उहाँलाई रु ५ नै फिर्ता दिन सहायकलाई भने, अन्तिममा म विभागको महानिर्देशक भनी परिचय दिएर हिँडें ।”

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी