विशेष

Search news by date range:

  • यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण

    यातायात व्यवस्था विभागको रुप फेर्दै रुपनारायण सुधिर भण्डारी , काठमाडौं, जेठ १९ - यातायात क्षेत्रमा देखिएका विकृति हटाउँदै सुधारका काममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई सक्रिय देखिएका छन्। करिव अढाई महिनाअघि उनी महानिर्देशक भएपछि सुधारमुलक कार्यमा सक्रिय बनेका हुन्। हालै सवारी साधन अनुमतिपत्र सरलीकरण गरिएको छ। पहिले लिखित परीक्षा दिँदा दुई खण्डको प्रश्नपत्र हुन्थ्यो भने अहिले एउटा खण्ड मात्रै कायम गरिएको छ।

  • काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना

    काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना राजेन्द्र देवकोटा - कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।

  • 'पाँच वर्षभित्र सडक भत्किए निर्माण व्यवसायीले बनाउनुपर्ने'

    'पाँच वर्षभित्र सडक भत्किए निर्माण व्यवसायीले बनाउनुपर्ने' सेतोपाटी संवादादता, काठमाडौं, जेठ १८ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन आफू सफल भएको बताएका छन्। मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणको कामलाई अघि बढाएर आफूले मधेशको जनताको आर्थिक उन्नतिको आधार तयार पारेको दावी समेत गरे।

  • पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा

    पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा कमल नेपाल, काठमाडौं, जेठ १८ - कर्मचारीहरूलाई दिने पेन्सन (निवृत्तिभरण) राज्यको निम्ति थेग्नै नसक्ने आर्थिक भार बन्दै गएपछि सरकारले अर्को आर्थिक वर्षबाट पेन्सनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ। सेवाबाट अवकाशप्राप्त कर्मचारीका लागि दिइँदै आएको पेन्सन सुविधामा परिमार्जन गरेर ‘योगदानमा आधारित प्रणाली’ लागू गर्ने तयारी गरिएको हो। अर्थ मन्त्रालयको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख हेमन्तराज निरौलाका अनुसार नयाँ भर्ना हुने कर्मचारीका हकमा यो पेन्सन प्रणाली लागू हुनेछ।

  • मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण

    मूल्य घटाएपछि चिनियाँ इन्डक्सन चुलोप्रति उपभोक्ताको आर्कषण बिनोद आचार्य, काठमाडौं, जेठ १८ - नेसनल ट्रेडिङ लिमिटेडले मङ्गलबारबाट बेच्न सुरु गरेको चिनियाँ अनुदानमा प्राप्त इन्डक्सन चुलोमा उपभोक्ताको आकर्षण देखिएको छ। भारतीय नाकाबन्दीको समयमा चीनले दिएको ११ हजार तीन सय थान अनुदानको इन्डक्सन चुलोमध्ये १३ सय केरुङ नाकाबाट तथा १० हजार हवाइमार्गबाट आयात गरिएको थियो। जसमध्ये लिमिटेडको गोदाममा थन्किएको १२ सय ९९ सय वटा चुलोको टेकुस्थित भवनबाट बिक्री शुरु गरिएको हो।

  • रेनोले ल्यायो फेरि अर्को २१ लाखको नयाँ कार

    रेनोले ल्यायो फेरि अर्को २१ लाखको नयाँ कार सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ - रेनो नेपालले अर्को नयाँ गाडी बजारमा ल्याएको छ। क्विड १ हजार सिसि र लजी स्टेपवे कार ल्याएको रेनो आज फेरि रेनो क्वीड एएमटी कार बजारमा ल्याएको हो। नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा.लि.(विशाल ग्रुपको सहायक)ले अल न्यू रेनो क्विड एएमटी बजारमा भित्र्याएको हो।

  • एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

    एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क सेतोपाटी , काठमाडौं, जेठ १७ - एनसेलले फोरजी- एलटिई सेवा सूरु गरेको छ। अब एनसेलका ग्राहकले अब फोरजी लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको मज्जालिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।

  • हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक

    हेटौंडामा नयाँ जग्गा प्लटिङमा रोक सेतोपाटी संवाददाता , मकवानपुर, जेठ १७ - हेटौंडा उपमहानगरपालिकाले नयाँ जग्गा प्लटिङमा रोक लगाएको छ। नयाँ मेयर चुनिएपछि पहिलो पटक बसेको नगरपालिकाको बैंठकले नयाँ जग्गा प्लटिङमा रोक लगाएको हो। जग्गा प्लटिङ बढेको भन्दै उपमहानगरपालिकाले तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो। त्यसका लागि बैंठकले उपमेयर मीना लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।

  • इम्वोस्ड नम्बर प्लेटको मूल्य सिफारिस

    इम्वोस्ड नम्बर प्लेटको मूल्य सिफारिस सुधिर भण्डारी , काठमाडौं, जेठ १७ - सुरक्षाको दृष्टिकोणले निकै उपयोगी मानिएको इम्वोस्ड नम्बर प्लेट नेपालमा लागू हुन सकेको छैन। इम्वोस्ड नम्बर प्लेटको मूल्य निर्धारण गर्न गठित कमिटीले मूल्य सिफारीस गरेर पठाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराइले जानकारी दिए। सो प्लेट राख्दा सेवाग्राहीले सवारी साधन अनुसार २५ सय रुपैयाँदेखि ३६ सयसम्म तिर्नुपर्ने उनले बताए।

  • नझुक्किनुहोला, आवेदन भर्दैमा सबैले सेयर पाइँदैन !

    नझुक्किनुहोला, आवेदन भर्दैमा सबैले सेयर पाइँदैन ! कमल नेपाल , काठमाडौं, जेठ १७ - सेयरमा आवेदन भर्दैमा दस कित्ता पाइन्छ भनेर नझुक्किनुहोला। नयाँ धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिकाले सबैलाई दस कित्ता सेयर दिने उल्लेख गरे पनि खाली हात बस्नुपर्ने अवस्थाको भने अन्त्य गर्न सक्ने छैन। धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को ३० नम्वर बुँदा उपदफा १ मा ‘धितोपत्र बाँडफाँड गर्दा सवैभन्दा पहिले सबै आवेदकलाई दस कित्ताको दरले बाँडफाँड गर्नुपर्नेछ’ भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ।

  • प्रमुख आयुक्त यादवलाई भेटेर ओलीले भने-एमाले हार्न तयार छ भरतपुरमा पुनः मतगणना गर्नुस्

    काठमाडौँ, जेठ १६ (सेतोपाटी) - प्रमुख आयुक्त यादवले आफूहरू यस बिषयमा गम्भीर रहेको जवाफ दिएको पनि नेम्वाङले बताए। एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता नेम्वाङ सहितको टोलीले आयोग पदाधिकारीलाई भेटेर आफै भरतपुर जान अाग्रह गरेको छ।

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन

    वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नेपाल वायुसेवा निगमले बिक्रीमा राखेको बोइङ किन्ने प्रस्ताव कसैको नपरेपछि फेरि टेन्डर आब्हान गरिएको छ। तीस वर्ष पुरानो बोइङ– ७५७ सिरिजको कर्णाली नेपाली नाम दिइएको उक्त विमान चलाउन भन्दा बिक्री गर्न फाइदा हुने भन्दै निगम संचालक समितिले बिक्री गर्ने निर्णय गरेको थियो।

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा

    बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा बाजुरा, जेठ १६ (सेतोपाटी) - बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जान लागेको सो स्काइ ट्रक मौसम खराब भएपछि बाजुराको कोल्टीमा डाइभर्ट भएको थियो। कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज चिप्लिएर खेतमा पुगेको थियो।

  • साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ?

    साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - आर्थिक वर्ष २०७४ /७५ को बजेटमा सरकारले दुई पाङग्रेमा ८० र चार पाङग्रेमा २ सय ४० प्रतिशत कर लगाएको छ। सरकारले भन्सार शुल्क यथावत राख्दै सडक दस्तुर र सम्भार दस्तुर बढाएको हो। चार पाङग्रे सवारी साधन एक हजार सिसीले अब वार्षिक रुपमा १९ हजार रुपैयाँ तिर्नुपर्छ भने १ हजार १ देखि १५ सयसम्मको चार पाङग्रे सवारी साधनले २१ हजार तिर्नुपर्छ।

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

  • बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ

    बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ - वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले ल्याएको बजेट कागजमा मात्र केन्द्रीत नगर्न सुझाव दिएका छन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिँदै उनले यसअघि कतिपय विषय बजेटमा समेटिए पनि कार्यान्वयनमा नआएको भन्दै आगामी वर्षको बजेट भने कार्यान्वयनमा ल्याउन सुझाव दिए।

  • निर्वाचन आचारसंहिता लागेका बेला आएको बजेटको भवानी राणाले गरिन् प्रशंसा

    निर्वाचन आचारसंहिता लागेका बेला आएको बजेटको भवानी राणाले गरिन् प्रशंसा सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ - नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले ल्याएको बजेटको प्रशंसा गरेकी छिन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिदैँ उनले निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको बताइन।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित काठमाडौँ, जेठ १५ - राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • ओप्पोको एफ थ्री स्मार्टफोनको 'रिभ्यु'

    ओप्पोको एफ थ्री  स्मार्टफोनको 'रिभ्यु' काठमाडौं, जेठ १५ (सेतोपाटी) - निकै आक्रामक रुपमा विश्व बजारमा आएको ओप्पो कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा सम्मानजनक बजार हिस्सा ओगटेको दाबी गर्दे आएको छ। चिनियाँ फोन कम्पनी ओप्पोले केहि समय अगाडि सेल्फी एक्सर्टका रुपमा एफथ्री सार्वजनिक गरेको छ। यस फोनको बजार मूल्य ३४ हजार ४ सय ९० रुपैंयाँ रहेको छ। कस्तो छ त यो फोनको समग्र पक्ष ?

  • काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति!

    काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति! रवीन्द्र शाही , काठमाडौं, जेठ १५ - नेपाल दुरसंचार प्राधिकरणले निजी क्षेत्रको दुरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालनको अनुमति दिएको छ। यसअघि नेपाल टेलिकम र एनसेलसँगै फोरजीको लागि आवेदन दिएको स्मार्ट पहिलोचरणमा अयोग्य ठहरिएको थियो।

  • आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

    आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १४ - अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ। पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो।

  • घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात

    घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात सुधिर भण्डारी, , काठमाडौं, जेठ १४ - राजधानीमा साझा यातायात निकै लोकप्रिय छ। बस्नेलाई आरामदायी सिट, उभिएर यात्रा गर्नेको लागि खुला ठाउँ र ह्याङगरको व्यवस्था, उचित भाडा, चालक तथा सहचालकको राम्रो व्यवहार लगायतका कारणले पनि साझा यातायात लोकप्रिय बन्न पुगेको हो।

  • वाणिज्य बैंकहरुले कसरी पुर्‍याउँदैछन् चुक्ता पुँजी ?

    वाणिज्य बैंकहरुले कसरी पुर्‍याउँदैछन् चुक्ता पुँजी ? कमल नेपाल , काठमाडौं, जेठ १२ - चालु आर्थिक वर्षको नाफाबाट दिइने बोनस सेयरलाई समेत जोडेर यसै आर्थिक वर्षभित्र वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने समयसीमा छ। अर्थात यस आर्थिक वर्षभित्रै ८ अर्ब पुर्याउनेगरी प्रक्रिया पुरा भएको हुनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ। केहीले चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेका छन् भने अधिकांश चालु आवको नाफाबाट बोनस दिएपछि पुर्याउने योजनामा छन्। केही बैंकहरु हकप्रद तथा मर्जको प्रक्रियामा छन्।

  • उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

    उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै गाईघाट (उदयपुर), जेठ १२ - नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ ।

  • करिब ४० लाख पर्ने रेनोको कार नेपालमा

    करिब ४० लाख पर्ने रेनोको कार नेपालमा सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ११ - रेनो अटोमोटिभको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले लजी स्टेपवे संस्करणको नयाँ गाडी नेपालमा अनावरण गरेको छ। यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहितको लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धन बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। उत्कृष्ट एमपिभी प्रविधियुक्त गाडिको नेपाली बजारमा प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार कायम गरिएको छ।

  • विजुली, व्यवस्थापन र नेतृत्वले जागेका सरकारी सिमेन्ट उद्योग

    विजुली, व्यवस्थापन र नेतृत्वले जागेका सरकारी सिमेन्ट उद्योग रवीन्द्र शाही , हेटौंडा, जेठ ११ - चालु आर्थिक वर्षमा स्थापनाको इतिहासमै पहिलोपटक उदयपुर सिमेन्ट उद्योगले नाफा आर्जन गर्यो। पूर्ण सरकारी स्वामित्वको यो उद्योगले स्थापना भएदेखि पहिलोपटक नाफा कमाउन सफल भयो। यस्तो सुखद संयोग यतिबेला जुर्यो जब सरकारी उद्योग चल्न सक्दैनन् भन्ने मानसिकता बनिसकेको थियो। ठीक यही वर्ष अर्को सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पनि नाफा तथा उत्पादन बढाएर क्षमता विस्तारको बाटोमा अगाडि बढेको छ। के यी सबै केबल संयोगमात्र हुन् ?

  • भ्याटको लफडाले रोकियो खानेपानी संस्थानको जार पानी बेच्ने योजना

    भ्याटको लफडाले रोकियो खानेपानी संस्थानको जार पानी बेच्ने योजना बिनोद आचार्य , काठमाडौं, जेठ ११ - नेपाल खानेपानी संस्थानले गत फागुनमै २० लिटरका खानेपानी जार दुई हप्ताभित्र बजारमा ल्याउने भने पनि दुई महिना बितिसक्दा पनि ल्याउन सकेको छैन। संस्थानले काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन तथा प्रशोधन गरेर बनेपा तथा काठमाडौँ उपत्यकामा खानेपानी बितरण गर्ने योजना बनाएको थियो। संस्थानको बोर्ड बैठकले नै निर्णय गरेर ५२ रुपैयाँ प्रति जार मिनरल वाटर बेच्ने योजना बनाएको भएपनि हालसम्म वितरण सुरु भएको छैन।

  • ‘अब सधै साझा बसमा सरर गइन्छ’

    ‘अब सधै साझा बसमा सरर गइन्छ’ भक्तपुर, जेठ १० - भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका थिए । जब प्रहरीको भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश ग¥यो, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजाए । कसैले साझा बसमा अबिर र फूल छरेर पूजा गरे भने कसैले चालकलाई टिका र माला लगाईदिएर स्वागत गरे ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी