विशेष

Search news by date range:

  • सगरमाथामा दलाई लामाको झन्डा फहराएकै हो त? छानविन गर्दै पर्यटन विभाग

    सगरमाथामा दलाई लामाको झन्डा फहराएकै हो त? छानविन गर्दै पर्यटन विभाग सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १० - सगमाथामा निर्वासित धर्मगुरु तथा तीब्बतका पूर्व शासक दलाई लामाको झन्ड फहराएको बारे पर्यटन विभागले छानविन अगाडि बढाएको छ। गएको आइतबार सगरमाथा आरोहण गरेका एक आरोहीले दलाईलामाको झन्डा सगरमाथामा फहराएर आएको भन्ने सुचना आएपछि विभागले छानविन अगाडि बढाएको हो।

  • दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी

    दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी विनोद आचार्य , काठमाडौं, जेठ १० - पछिल्लो समय घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको व्यापक प्रयोग भएको देखिन्छ। १० वर्ष अघिसम्म केही ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय खुबै बढेर गएको छ। सामान्य जुस पसलमा पनि सिसिटिभी जडान भएको देख्न सकिन्छ। सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण प्रयोग पनि निकै बढेको बताउँछन् विशाल बजारस्थित पर्पल आईका ललित जोधानी।जोधानीको भनाईमा केही वर्ष अघिसम्म पनि धेरैले थाहा नपाएको यो प्रविधिको प्रयोग पछिल्लो समय भने निकै बढेको छ।

  • ९७ लाख पर्ने कोबेल्कोको नयाँ एस्काभेटर नेपाल भित्रियो

    ९७ लाख पर्ने कोबेल्कोको नयाँ एस्काभेटर नेपाल भित्रियो सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ९ - कोबेल्को एस्काभेटरको आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा ल्याएको छ। नेपाली परिवेशलाई मध्यनजर गर्दै चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। यो उपकरण आफ्नो श्रेणीमा शक्तिशाली हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको रहेको कम्पनीको दावी छ।

  • बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

    बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ९ - जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा अन्तः चिनियाँ कम्पनीलाई दिइने भएको छ। चीन सरकारको स्वामित्वमा रहेको गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई दिने सम्वन्धमा मन्त्रिपरिषद बैठकले सहमति जुटाएको छ। आयोजनाको विस्तृत डिजाइन, निर्माण र लगानी समेत गर्नेगरी इपिसिएफ मोडलमा आयोजना बनाउनेगरी सम्पूर्ण जिम्मा अर्थमन्त्रालयलाई दिइएको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

  • कुन बैंकको प्रतिसेयर आम्दानी कति ?

    कुन बैंकको प्रतिसेयर आम्दानी कति ? सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - जुनसुकै कम्पनीमा लगानी गर्नेको प्रमुख उद्देश्य नै उच्च प्रतिफल लिनु हो। उच्च प्रतिफल दिनका लागि कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि उच्च हुनुपर्दछ। त्यसकारण लगानी गर्नुअघि तपाईले जान्नैपर्ने एक सूचक हो कम्पनीहरुको प्रतिसेयर आम्दानी। प्रतिसेयर आम्दानीकै हिसावले कम्पनीहरुले तपाईलाई प्रतिफल दिन सक्ने क्षमता राख्दछन्। प्रत्येक त्रैमासिक अवधिमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा प्रतिसेयर आम्दानी लेखिएको हुन्छ।

  • उत्कृष्ट टाटा सेडान जेस्ट

    उत्कृष्ट टाटा सेडान जेस्ट सुधिर भण्डारी, काठमाडौं, जेठ ९ - नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा सेडान ‘जेस्ट’ २०७१ माघमा नेपाली बजारमा भित्र्याएको हो। ‘जेस्ट’ भित्र्याएको करिब अढाई बर्षमा सेडान सेग्मेन्टका कारमा अग्र पंक्तिमा पुग्न सफल भएको छ। सेडान सेग्मेन्टका कारमा जेस्टले नेपालमा करिव ३० प्रतिशत र सम्पुर्ण कारमा करिव १० प्रतिशत बजार हिस्सा लिएको सिप्रदीका डेपुटी प्रोडक्ट म्यानेजर कैलाश बाबु गेलाल बताउँछन्।

  • बुधबारदेखि भक्तपुरमा २० वटा साझा बस गुड्ने

    बुधबारदेखि  भक्तपुरमा २० वटा साझा बस गुड्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - बुधबारदेखि भक्तपुरमा बीस वटा साझा बस गुड्ने भएका छन्। योसँगै उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरमा साझा बसहरु संचालनमा आउने भएका हुन्। हालसम्म भक्तपुरमा बसहरु संचालन हुन सकेको थिएन। रुट पर्मिटको औपचारिक पत्र प्राप्त भइसकेकाले पर्सिदेखि साझा बसहरु भक्तपुरको सूर्यविनायकसम्म संचालन हुने भएको साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

  • यात्रु नपाएपछि हिमालय एयरलाइन्सले कोलम्बो उडान रोक्यो

    यात्रु नपाएपछि हिमालय एयरलाइन्सले कोलम्बो उडान रोक्यो सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ८ - हिमालय एयरलाइन्सले श्रीलंका उडान बन्द गरेको छ। यात्रुहरु नपाएपछि कोलम्बो उडान बन्द गर्नु परेको हिमालय एयरलाइन्सले जनाएको छ। उडान सुरु गरेको केही महिनामा नै हिमालयले कोलम्बो उडान बन्द गरेको हो। उसले गत असोज २५ गते कोलम्बोमा हवाइ उडान थालेको थियो।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • साउनदेखि विदेशी च्यानलमा विज्ञापन हेर्न नपर्ने

    साउनदेखि विदेशी च्यानलमा विज्ञापन हेर्न नपर्ने विनोद आचार्य , काठमाडौं, जेठ ८ - आउँदो साउन १ गतेबाट अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुमा विज्ञापन हेर्नु नपर्ने भएको छ। सरकारले साउन १ गतेदेखि ‘क्लिन फिड’ नीति कार्यन्यवनमा ल्याउने भएपछि टिभी हेर्दा विदेशी विज्ञापन हेर्नु नपर्ने भएको हो। गत वर्षको साउनमा नै क्लिन फिड नीति पारित भएको हो। यद्यपी कानुनी तथा प्राविधिक व्यवस्था पुरा गर्न एक वर्ष लाग्ने भएपछि यही साउन १ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो।

  • साझालाई सूर्यविनायकसम्म मात्रै अनुमति ! कहिलेबाट गुड्छन् बस ?

    साझालाई सूर्यविनायकसम्म मात्रै अनुमति ! कहिलेबाट गुड्छन् बस ? सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ७ - साझा यातायातले बस संचालनका लागि भक्तपुरको सूर्यविनायकसम्मका लागि मात्रै अनुमति पाएको छ। यातायात व्यवस्थापन समितिले सरोकारवाला पक्षहरुसित छलफल गर्दै साझालाई सूर्यविनायकसम्म रुट पर्मिट दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले कलंकीबाट बानेश्वर हुँदै कोटेश्वर सम्म पुग्ने साझा बसलाई ठिमी हुँदै सूर्यविनायकसम्मका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए।

  • आस्बा सेवा निशुल्क गर्ने प्रतिस्पर्धामा बैंकहरु

    आस्बा सेवा निशुल्क गर्ने प्रतिस्पर्धामा बैंकहरु सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ७ - सेयर भर्दा आस्बा प्रणाली अवलम्वन हुँदै जाँदा बैंकहरुबीच सेवा शुल्क निशुल्क गर्ने वा घटाउने प्रतिस्पर्धा बढेको छ। केही बैंकले त यो सेवालाई निशुल्क समेत गराएका छन्। एनआईसी एसिया, बैंक अफ काठमाण्डु, सानिमा, सिद्धार्थ, कुमारी बैंक र गरिमा विकासले आस्बा सेवालाई निशुल्क गराएका छन्। धितोपत्र बोर्डले आस्बा सेवा दिने बैंकले प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट, जेठ ७ - जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन

    एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ६ - नेपालमा मोबाइल फोनको बजार निरन्तर विस्तार भइरहेको छ। हाल नेपालमा ४० भन्दा ज्यादा ब्राडका सबैखाले फोन पाइन्छन् भने एक पछि अर्को विदेशी ब्राण्डका फोनहरु नेपाली बजारमा प्रवेश गरिरहेका छन्। गत वैशाख महिना पनि बजारमा विभिन्न ब्राण्डेड स्मार्टफोनहरुले प्रवेश पाए।

  • होण्डाका बाइक र स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

    होण्डाका बाइक र स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ५ - होण्डाका बाइकहरु नेपालमा निकै लोकप्रिय छ। विशेषत होण्डाका साइन, हर्नेट, युनिकन नेपालमा रुचाइएका बाइकमध्येमा पर्छन्। त्यस्तै होण्डाका स्कुटरमा डियो, एभियटर पनि सडकमा अक्सर देखिन्छन्। नेपालको कुल बाइकहरु मध्य होण्डाले ३३ प्रतिशत ओगटेको होण्डाका सेल्स म्यानेजर सोहन श्रेष्ठले जानकारी दिए।

  • राजधानीमा हुइँकिए नेपाल यातायातका ठूला बस

    राजधानीमा हुइँकिए नेपाल यातायातका ठूला बस सुधिर भण्डारी , काठमाडौं, जेठ ४ - राजधानीमा नेपाल यातायातका ठूला बस हुइँकिन थालेका छन्। नेपाल यातायातले पुरानालाई विस्थापित गर्दै चार वटा नयाँ बस संचालनमा ल्याएको हो। बीस वर्ष पुरानो गाडी हटाउने सरकारी निती तथा ग्राहकको कठिनाईलाई मध्यनजर नयाँ बस संचालनमा ल्याइएको नेपाल यातायात मिनिबस सेवा समितिका सचिव गोपालचन्द्र गुरुङले जानकारी दिए। टाटा कम्पनीको यो बस ३५ लाख रुपैयाँ मूल्यको हो।

  • दश कम्पनीलाई जीवन बिमा व्यवसायको लाइसेन्स स्वीकृत

    दश कम्पनीलाई जीवन बिमा व्यवसायको लाइसेन्स स्वीकृत सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ४ - अर्थ मन्त्रालयले दश नयाँ जीवन बिमा कम्पनीलाई संचालनका लागि स्वीकृति दिएको छ। स्वीकृतिको पत्र आजै बिमा समितिलाई पठाउने अर्थमन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीलाई जानकारी दिए। यसअघि एक दर्जन बिमा कम्पनीले व्यवसाय संचालनका लागि स्वीकृति माग्दै समितिमा आवेदन दिएका थिए। तर आवश्यक कागजात र प्रक्रिया नपुगेपछि समितिले १० कम्पनीका लागि मन्त्रालयसित लाइसेन्सको स्वीकृति मागेको थियो।

  • आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने

    आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ४ - विश्व बजारमा धमाकेदार पुनरागमन गरेको ‘नोकिया ३३१०’ अन्ततः नेपाली बजारमा पनि आइपुगेको छ। नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नोकिया ३३१० नेपाली बजार आइपुगेको र शुक्रबारबाट ग्राहकले किन्न सक्ने जानकारी दिए। शर्माका अनुसार नोकिया ३३१० को माग अत्यन्तै उच्च रहेपनि त्यसै अनुपातको आयात भने हुन सकेको छैन।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ३ - वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

  • एक सय वर्ष पुगेको अवसरमा टेलिकमले ल्यायो डाटा अफर

    एक सय वर्ष पुगेको अवसरमा टेलिकमले ल्यायो डाटा अफर सेतोपाटी संवाददाता , काठमाडौं, जेठ २ - एक सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको दिन पारेर नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ। कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत आगामी साउन २८ गतेसम्म कायम रहनेछ। यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ। अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरुलाई पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

  • धर्तीको स्वर्ग अछामको रामारोशन

    धर्तीको स्वर्ग अछामको रामारोशन पूर्णबहादुर खड्का, अछाम, जेठ २ - राज्यको आँखा पुग्न नसकेको अछामको रामारोशन क्षेत्र पर्यटकीय दृष्टिकोणले एक मनमोहक ठाउँ हो। सुन्दर पातलगाउँ र बीचमा बग्ने कैलाश खोलाले रामारोशनलाई थप सुन्दरता दिलाएको छ। आफ्नै गतिमा बगिरहने कैलाशखोलाको उत्पत्ति पनि रामारोशनमै भएको हो। सयौं जीव जनावरको ताती र जडिबुटीहरुको उत्पादन केन्द्रका रुपमा समेत कहलिएको यो ठाउँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ।

  • नेपालमा मेट्रो रेल तथा फ्लाई ब्रिजका लागि चीनले सहयोग गर्ने

    नेपालमा मेट्रो रेल तथा फ्लाई ब्रिजका लागि चीनले सहयोग गर्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ - ओबिओआर सम्मेलनमा भाग लिन चीनको भ्रमणमा रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जनबादी गणतन्त्र चीनका यातायात मन्त्री हेली छाओ पिङसित भेटवार्ता गरेका छन्। भेटका अवसरमा मन्त्री लेखकले सडक र रेलद्वारा दुई देशलाई यातायात संजालमा जोड्ने र निकट भबिस्यमा नेपालले संचालन गर्ने सुरुङ्ग मार्ग, मेट्रो रेल, फ्लाई ब्रिजजस्ता महत्वपूर्ण परियोजनाहरुको दक्ष जनशक्ति उत्पादन तथा बिकास गर्न आबश्यक सहयोगका लागि प्रस्ताव गरेका थिए।

  • बैंकबाट दश लाखभन्दा बढी झिक्नुपरे कारण देखाउनुपर्ने

    बैंकबाट दश लाखभन्दा बढी झिक्नुपरे कारण देखाउनुपर्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ - आगामी साउन महिनादेखि तपाईले बैंकबाट १० लाख वा सोभन्दा बढी रकम सजिलै झिक्न पाउनुहुन्न। १० लाखभन्दा बढीको नगद झिक्नुपर्ने भएमा स्पष्ट रुपमा कारण खुलाएर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ। तर निवेदन उचित नदेखिएमा भने रकम झिक्न पाइँदैन। हालसम्म ३० लाख वा सोभन्दा बढी रकम झिक्दा मात्रै यस्तो कारण खुलाउनुपर्ने वाध्यता थियो। नेपाल राष्ट्र बैंकले हालै सम्पूर्ण बैंकहरुलाई १० लाखभन्दा माथिको नगद कारोबार नगर्न भन्दै परिपत्र गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए।

  • दोब्बरले बढ्यो अर्ब कमाउने बैंकको संख्या

    दोब्बरले बढ्यो अर्ब कमाउने बैंकको संख्या सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ३१ - एक वर्षको अवधिमै एक अर्बभन्दा बढी कमाउने बैंकहरुको संख्या दोब्बर भएको छ। बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नौ महिनाको अवधिमा १३ वटा बैंकहरुले अर्ब बढी नाफा कमाएका छन्। जवकि गत आवको यसै अवधिमा अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या सात थियो। तेस्रो त्रैमासमै अर्बको नाफामा यो वर्ष थपिएका बैंकहरुमा नेपाल एसबिआई, स्टाण्डर्ड चार्टड, एनआइसी एसिया, एनएमबि, माछापुच्छ्रे र प्रभु बैंक छन्।

  • विश्व बैंकले भन्यो ‘नेपाल राष्ट्र बैंक सुस्त’

    विश्व बैंकले भन्यो ‘नेपाल राष्ट्र बैंक सुस्त’ सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ३० - तरलता व्यवस्थापन गर्न नसकेको भन्दै विश्व बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको आलोचना गरेको छ। हालै प्रकाशित एक प्रतिवेदनमा विश्व बैंकले मार्जिन लोन, घरजग्गा कर्जा जस्ता अनुत्पादक क्षेत्रमा ऋण थुप्रिएको राष्ट्र बैंकले बेलैमा देख्न नसकेको भन्दै आलोचना गरेको हो। नेपाल डेभलपमेन्ट अपडेट नामक उक्त प्रतिवेदनमा ‘अनुत्पादक क्षेत्रमा भएको तीब्र कर्जा प्रवाहलाई नियामकले बेलैमा देख्नुपथ्र्यो र समस्या चर्किनु अगावै नियन्त्रणमा लिनुपथ्र्यो’ भनिएको छ।

  • छोटो समयमै लोकप्रिय ‘डाटसन रेडी–गो’, यस्ता छन् विशेषता

    छोटो समयमै लोकप्रिय ‘डाटसन रेडी–गो’, यस्ता छन् विशेषता सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३० - नेपालको पहिलो अर्बान क्रस कार डाटसन रेडी–गो नेपाली बजारमा भित्रिएको छोटो समयमै आक्रमक व्यापार गरिरहेको छ। नेपालका लागि डाटसन गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले ‘गो’ र ‘गो प्लस’को सफलतापछि ‘रेडी गो’ नेपाली बजारमा भित्र्याएको हो। गत वर्ष साउन ११ गते नेपाली बजारमा भित्र्याइको यो कार हालसम्म १ हजारभन्दा धेरै बिकिसकेकोे पायोनियर मोटोकर्प प्रालिकी माकेर्टिङ तथा कम्युनिकेसन अफिसर स्वेता सिलवालले जानकारी दिइन्।

  • विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो

    विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो बिनोद आचार्य , काठमाडौं, वैशाख २९ - नेपाल विद्युत प्राधिकरणले बत्ती बालिने समयमा साधारण बल्बको प्रयोगले विद्युतको माग बढेको भन्दै भारतबाट २ करोड थान लिड बल्ब ल्याएर विद्युत माग घटाउने उद्देश्य लिएको छ प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको छ। प्राधिकरणले भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको छ।

  • साउनदेखि आस्बा प्रणाली अनिवार्य, २० दिनभित्रै सेयर बाँडफाँड

    साउनदेखि आस्बा प्रणाली अनिवार्य, २० दिनभित्रै सेयर बाँडफाँड सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २८ - आगामी साउन महिनादेखि प्राथमिक सेयर निश्कासनमा आस्बा प्रणाली अनिवार्य गरिने भएको छ। गत माघदेखि ऐच्छिक रुपमा लागू गरिएको यो प्रणालीलाई नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि अनिवार्य गर्न लागेको हो। यो प्रणाली अनिवार्य गरिएपछि आइपिओ तथा एफपिओ भर्दा जुन बैंकमा आफ्नो खाता छ, सोहीमार्फत भर्नुपर्दछ। खातामै रकम रोक्का गरेर बाँडफाँडपछि सेयर नपरेको रकम खातामै फुकुवा हुने प्रणाली नै आस्बा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणाली हो।

  • सन्दुक रुईतको लेन्स उद्योगलाई सरकारले सहयोग गर्ने

    सन्दुक रुईतको लेन्स उद्योगलाई सरकारले सहयोग गर्ने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २८ - उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सधाउने भएको छ । यस सम्बन्धमा प्रतिष्ठान र उद्योग मन्त्रालयबीचमा सैद्धान्तिक सहमति( एमाओयू) भएको छ।

  • नेपाली अटो बजारमा रेनो तेस्रो स्थानमा, ८ महिनामा डस्टर र क्विड एक हजार बिके

    नेपाली अटो बजारमा रेनो तेस्रो स्थानमा, ८ महिनामा डस्टर र क्विड एक हजार बिके सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २८ - रेनो कम्पनीको गाडी नेपालमा ८ महिनाअघि भित्रिएको हो। ८ महिनाको अवधिमा आफूहरुले नेपाली अटोबजार क्षेत्रमा तेस्रो स्थान ओगटेको रेनो गाडीको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले दाबी गरेको छ। एडभान्स अटोमोबाइल्सले अहिले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी