विशेष

Search news by date range:

  • सगुनले लगानी अवसर पुनः ल्याउँदै

    सगुनले लगानी अवसर पुनः ल्याउँदै सेतोपाटी संवाददाता , वासिङटन, वैशाख १३ - सगुनमा दोश्रो चरणको लगानी खुल्ने भएको छ। अमेरिकामा रहेको ब्रोकर एजेन्ट बउस्टीड सेक्युरिटिज एलएलसीसँग सम्झौता भएसँगै लगानीको अवसर पुनः प्राप्त हुन लागेको हो । दोस्रो चरणको लगानी मे महिनाको दोस्रो साताबाट खुलाउने गरी ब्रोकर एजेन्टले काम अगाडि बढाई रहेको सगुनले जनाएको छ। यस चरणमा ब्रोकर एजेन्टले ठूला लगानीकर्ता खोजी गरी लगानी भित्र्याउने बताइएको छ ।

  • अटोमेटिक धारापछि रोबर्ट बनाउने तयारीमा नेपाली विद्यार्थी

    अटोमेटिक धारापछि रोबर्ट बनाउने तयारीमा नेपाली विद्यार्थी बिनोद आचार्य, काठमाडौं, वैशाख १३ - विभिन्न प्रविधिको विकास गर्दै अघि बढेको एक युवा जमातको कम्पनी हो ‘पाइला टेक्नोलोजी’। नविनतम प्रविधिको विकासमा तल्लीन रहने उद्देश्यसहित छ जना युवाहरुको समूहले ‘पाइला टेक्नोलोजी’ कम्पनी खोलेर प्रविधिको क्षेत्रलाई विकास गर्ने योजना बनाएका छन्। पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स कम्युनिकेसनमा ग्रयाजुएसन सकाएका ५ जना युवाहरु चितवनका दिपकमल भुसाल, गोर्खाका सागर श्रेष्ठ, भैरहवाका वसिम अक्रम खान, काठमाडौंका निरज बस्नेत,रबिन गिरी र लण्डनबाट एमबीए अध्ययन सकेर स्वदेश फर्केका विनय राउत मिलेर यो कम्पनी खोलेका हुन्।

  • २४ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशत

    २४ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशत रवीन्द्र शाही, काठमाडौं, वैशाख १२ - चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर करिब सात प्रतिशत हुने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ६ दशमवल ९४ हुने छ। बृद्धिदरको यो प्रक्षेपण २४ वर्षपछिको सबैभन्दा बढी हो। यसअघि २०५० सालमा ८ दशमलव ६ प्रतिशत आर्थिक बृद्धिदर थियो। मौसमी अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर करिब सात प्रतिशत पुग्ने अनुमान गरिएको विभाग अन्तर्गत राष्ट्रिय लेखा शाखाका कार्यकारी निर्देशक ईश्वरीप्रसाद भण्डारीले सेतोपाटीलाई जानकारी दिए।

  • एउटै काउन्टरबाट टेलिकमका सबै सेवाको शुल्क बुझाउन सकिने

    एउटै काउन्टरबाट टेलिकमका सबै सेवाको शुल्क बुझाउन सकिने सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख १२ - सबै सेवाहरुको लागि एउटै 'कन्भर्जेन्ट बिलिङ्ग' तथा 'कस्टमर केयर सिष्टम' जडान गरेको नेपाल टेलिकमको सबै शुल्कहरु अब एउटै काउन्टरमार्फत बुझाउन सकिने भएको छ। एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, एफटिटिएच र एडिएसएल सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका सेवाहरु दिइने टेलिकमले जनाएको छ। हालसम्म यी सेवाहरु लिन छुट्टाछुट्टै काउन्टर तथा कार्यालय धाउनुपर्ने वाध्यता छ।

  • नेपाली विद्यार्थीले बनाए लप्सी प्रशोधन मेसिन

    नेपाली विद्यार्थीले बनाए लप्सी प्रशोधन मेसिन सुधिर भण्डारी , काठमाडौं, वैशाख १२ - नेपाली विद्यार्थीहरुले लप्सीको दाना प्रशोधन गर्ने मेसिन बनाएका छन्। काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ चौथो वर्ष अध्यनरत प्रज्वल लुइँटेल, प्रज्वल सैजु, वसन्त अर्याल, निरज जोशी र टंक प्रसाद ज्ञवालीले शिक्षक प्रतिष्ठितलाल श्रेष्ठको सहयोगमा उक्त मेसिन बनाएका हुन्। विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट वर्कको सिलसिलामा यो मेसिन बनाएका थिए।

  • डेढ सय खानेपानी ट्यांकर स्टिकर प्रणालीमा समावेश

    डेढ सय खानेपानी ट्यांकर स्टिकर प्रणालीमा समावेश सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १२ - काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपपछि करिब डेढ सय पानी बोक्ने ट्यांकरहरुलाई पानी परीक्षण गरि स्टिकर प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पानी ट्यांकरमा रहेको पानीको परीक्षण गरी स्टिकर प्रदान गर्ने कुराको प्रगति र अनुमतिको विषयमा जानकारी लिंदा बोर्डले सो कुरा बताएको हो ।

  • चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला?

    चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला? सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १२ - विश्वबजारमा आक्रमक बन्दै गएको चीनले नयाँनयाँ उत्पादन बजारमा ल्याइरहेको छ। केही समय अगाडिसम्म हल्काफुल्का उत्पादनमामात्र जोड दिएको र बलियो ब्रान्डिङ नगरेको भन्दै चिनियाँ उत्पादनलाई पश्चिमा मिडियाले आलोचना पनि नगरेको होइनन्।

  • एटिआर विमान ल्याउँदै यति एयरलाइन्स

    एटिआर विमान ल्याउँदै यति एयरलाइन्स रवीन्द्र शाही , काठमाडौं, वैशाख १२ - निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले आन्तरिक उडानमा ठुला विमान भित्र्याउने भएको छ। हाल ३० सिटे ‘जेटस्ट्रिम ४१’ विमानबाट सेवा प्रदान गरिरहेको यतिले तत्काल ७२ सिट क्षमताका दुईवटा एटिआर विमान किन्ने तयारी गरेको छ। पहिलो चरणमा दुईवटा एटिआर७२–५०० सिरिजका विमान ल्याउनको लागि अन्तिम तयारी भइरहेको र वैशाखभित्र पहिलो र जेठ महिनाभित्र दोस्रो एटिआर यति एयरको परिवारमा जोडिने यतिका मिडिया म्यानेजर भिमराज राईले जानकारी दिए।

  • कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफी सप’

    कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफी सप’ सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ११ - राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफी सप’ सञ्चालनमा आएको छ। विभिन्न पेशामा आबद्ध पाँच जनाको समूहले कोटेश्वरमा आधुनिक कफी सप सञ्चालनमा ल्याएका हुन्। सपमा अर्गानिक कफीका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ। बढ्दो कफी कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाले आफ्नै लगानीमा यो सप सञ्चालनमा ल्याएका हुन्। यसलाई राजधानीकै उत्कृष्ट कफी सपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य लिइएको सञ्चालक उद्धवराज थपलियाले बताए।

  • नेपाली बजारमा २०७३ मा भित्रिए यस्ता स्मार्टफोन

    नेपाली बजारमा २०७३ मा भित्रिए यस्ता स्मार्टफोन बिनोद आचार्य, काठमाडौं, वैशाख ११ - नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार देशको जनसंख्याको १२७ प्रतिशत अर्थात ३ करोड १ लाख १९ हजार मोबाइल फोन प्रयोगकर्ता छन्। कुल जनसंख्याको ५२ दशमलव ७० प्रतिशत अर्थात १ करोड ५९ लाख नेपाली इन्टरनेटको पहुँचमा रहेका छन्। देशभर ४ हजार खुद्रा ब्यापारी छन्। आर्थिक वर्ष २०७२/७३ मा मोबाइल आयातकर्ताहरुले मूल्य अभिबृद्धि कर वापत १ अर्ब ६५ करोड रुपैयाँ राज्यलाई तिरेका छन्।

  • कहाँ किन र कसरी घुम्ने ? ‘वेलकम नेपाल’ एपले दिनेछ जवाफ

    कहाँ किन र कसरी घुम्ने ? ‘वेलकम नेपाल’ एपले दिनेछ जवाफ सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ११ - नेपाल पर्यटन बोर्डले वेलकम नेपाल मोबाइल एप्लिकेशन ल्याएको छ। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको मोबाइल एप बोर्डले सार्वजनिक गरेको छ। विदेशी र आन्तरिक पर्यटकलाई लक्षित गरेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित यो मोबाइल एप विकास गरिएको बोर्डले जानकारी दिएको छ। विभिन्न गन्तव्यको बारेमा जानकारीसहित बनाइएको यो एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको कार्यकारी प्रमुख दीपकराज जोशीले बताए।

  • चुनावी लयमा पुँजी बजार

    चुनावी लयमा पुँजी बजार नरेन्द्र चुँदाली - साताको पहिलो दिनको कारोबार मार्फत नेप्सेले हरियाली सुचक दर्ता गरेको छ। आइतबार ३५ अंकको वृद्धिसँगै डेढ अर्बमाथि कारोबार भयो। स्थानीय तहको चुनाब हुने वा नहुने अन्यौल जारी रहेकै बेला शनिबार दुई चरणमा चुनाव गर्नेगरी मधेसी मोर्चा पनि सहमतिमा आएसँगै लगानीकर्ताको मनोविज्ञान बलियो देखियो। जसबाट नेप्सेमा उछाल देखियो। चैत अन्तिम सातादेखि करेक्सनको लय समातेको नेप्से नयाँ वर्षको सुरुवाती दुई कारोबारहरुमा घटेको थियो।

  • हावाबाट बिजुली: फेरि अर्को प्रविधि आयो

    हावाबाट बिजुली:  फेरि अर्को प्रविधि आयो रवीन्द्र शाही, काठमाडौं, वैशाख १० - एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा हावाबाट बिजुली निकाल्ने भनेर भाषण गर्दा त्यसको बारेमा धेरै नै टिकाटिप्पणी भयो। उनको भाषण अनुसार एउटा विदेशी कम्पनीले सो सम्बन्धमा प्रस्ताव पनि राखेको थियो तर त्यो आफै हराएर गयो। हावाबाट बिजुली निकाल्न विश्वव्यापीरुपमा लोकप्रिय हुँदै गइरहेको वीन्ड इनर्जी सम्बन्धि अर्को नयाँ प्रविधि नेपाल भित्रिएको छ।

  • नेपाल टेलिकमले ल्यायो सस्तो इन्टरनेट

    नेपाल टेलिकमले ल्यायो सस्तो इन्टरनेट सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख १० - नेपाल टेलिकमले सस्तो डाटा प्याक अफर ल्याएको छ। कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफर अन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

  • मैले एक कित्ता सेयर किन नपाउने ?

    मैले एक कित्ता सेयर किन नपाउने ? रविन्द्र भट्टराई - कम्पनीको सेयर बाँडफाँड भएपछि अनलाइन खोल्छु, पत्रिका पल्टाउँछु, सबैमा एकै प्रकारका समाचार हुन्छन्। फलाना कम्पनीको सेयर बाँडफाँड, यति कित्ता भन्दा माथि भर्नेलाई सेयर पर्यो, यति भन्दा तल भर्नेलाई सेयर परेन। यति कित्ता भन्दा तल सेयर भर्ने हेरेको हेर्यै! यति भन्दा माथिका भाग्यमानी ! जब यस्ता समाचार पढ्छु। भित्रैबाट पीडा लागेर आउँछ। अनि छटपट्टी सुरु हुन्छ । के सेयर बजारमा न्यून आय वर्ग लगानी गर्न योग्य छैनन्? सेयर बजारमा न्यून आय माथि कत्रो अन्याय गरिएको छ। अत्याचार गरिएको छ। सेयर नपर्ने प्राय कम पैसा लगाउने नै हुन्छन्। सबै नहोलान् तर अधिकांश न्यून आय वर्गका नै हुन्छन्।

  • चन्द्रागिरि छेक्यो हुस्सु र कुहिरोले तर छेकिएनन् पर्यटक (फोटोमा)

    चन्द्रागिरि छेक्यो हुस्सु र कुहिरोले तर छेकिएनन् पर्यटक (फोटोमा) अनिश रेग्मी , काठमाडौं, वैशाख ९ - अरु दिनभन्दा शनिबार चन्द्रागिरिमा आन्तरिक पर्यटक भरिभराउ हुने गर्दछन्। त्यहाँ पुग्ने अधिकांश पर्यटकको चाहना काठमाडौं र आसपासका सुन्दर हिमाली दृष्य अवलोकन गर्नु हो। तर विडम्बना शनिबार भने बिहानैदेखि चन्द्रागिरि हुस्सु र कुहिरोले ढाकिएको थियो। एउटा केबुलकारको डब्बामा चढेकाले अर्को डब्बालाई देख्न समेत मुश्किल पर्दथ्यो। न यहाँबाट हिमालका दृष्यहरु देखिन्थे न त काठमाडौं नै। तै पनि पर्यटक भरिभराउ थिए।

  • महँगो ‘फोर के’ टिभी किन्दै हुनुहुन्छ ? गुणस्तर ‘वान के’ मात्रै पाइन्छ!

    महँगो ‘फोर के’ टिभी किन्दै हुनुहुन्छ ? गुणस्तर ‘वान के’ मात्रै पाइन्छ! विनोद आचार्य, काठमाडौं, वैशाख ९ - हाल घरघरमा प्रयोगमा रहेको एनालग प्रविधिलाई डिजिटल प्रविधीले विस्थापित गर्दै लैजाने सरकारले तयारी गरिरहँदा पनि टिभीको पुरा क्षमताको गुणस्तर भने सदुपयोग नहुने भएको छ। सेट टप बक्स मार्फत ‘डिजिटलाइज्ड’ गरिएपछि केबल प्रदायक कम्पनीहरुले ‘१०८० पी’ वा ‘१०८० आई’ को रेज्युलेसन पिक्चर क्वालिटी सहितको सिग्नल प्रदान गर्नेछन्। जसमा १,९२०×१,०८० होरिजन्टल तथा भर्टिकल पिक्सेल रहने बताइन्छ।

  • धुलो र चुनावले चाप बढाए विमानस्थलको,के हुँदैछ व्यवस्थापनको लागि?

    धुलो र चुनावले चाप बढाए विमानस्थलको,के हुँदैछ व्यवस्थापनको लागि? रवीन्द्र शाही , काठमाडौं, वैशाख ८ - केहीदिन अगाडि गोमा एयरको विमान आकाशमा होल्ड हुँदा इन्धन सकिने खतरा उत्पन्न भएपछि डाइभर्ट भयो। त्यस्तै प्रत्येक दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने विमानहरु आकाशमै होल्ड हुने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने प्रत्येकदिनको ‘एयर ट्राफिक’को(विमान होल्ड) कारणले गर्दा एयरलाइन्सहरुको व्यावसायिक क्षति त आफ्नो ठाउँमा छ भने अर्कोतिर यात्रुको समयको क्षति र मनौवैज्ञानिक तनाव भोग्न बाध्य छन्।

  • काठकाे विकल्प कंक्रिटका झ्याल ढोका, कति पर्छ त मूल्य ?

    काठकाे विकल्प कंक्रिटका झ्याल ढोका, कति पर्छ त मूल्य ? सुधिर भण्डारी , काठमाडौं, वैशाख ८ - घर बनाउन काठ निकै अवस्यक पर्छ। विषेशत झ्याल ढोकाको लागी यो परिपुरक नै मानिन्छ। तर यो मान्यतालाई हटाउदै अल्मुनियम तथा युपिभिसीका झ्याल ढोकाहरुको पनि प्रयोग बढ्यो। अल्मुनियम तथा युपिभिसीका झ्याल ढोका पछि कंक्रिटका झ्याल ढोकाको पल्लाको प्रयोग पनि बढ्दो क्रममा छ। यो नेपालको लागि नयाँ प्रयोग भएपनि विदेशमा भने यसको प्रयोग उच्च छ। प्रार्चुगलबाट सुरु भएको यो प्रविधी खडी राष्ट्र, चीन, दक्षिण भारत लगायतका ठाउँमा धेरै प्रयोग भइरहेको व्यवसायीहरु बताउछन्।

  • बिश्व बैंकमा नेपालको प्रशंसा

    बिश्व बैंकमा नेपालको प्रशंसा वासिंगटन डिसी, बैशाख ८ गते - चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए ।

  • ‘एस एट’ र ‘एस एट प्लस’ किस्ताबन्दीमा कसरी किन्ने? यस्तो छ प्रक्रिया

    ‘एस एट’ र ‘एस एट प्लस’ किस्ताबन्दीमा कसरी किन्ने? यस्तो छ प्रक्रिया विनोद आचार्य, काठमाडौं, वैशाख ८ - नेपाली बजारमा सामसङले हालै सार्वजनिक गरेको ‘ग्यालेक्सी एस एट’ तथा ‘ग्यालेक्सी एस एट प्लस’ किस्तामा किन्न सकिने कम्पनीले जनाएको छ।यी दुबै फोनको खरिदकर्ताहरुका लागि विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने इएमआई पनि प्रदान गरिएको सामसङ नेपालका आइएम बिज प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए। उनले भने, ‘किस्तामा किन्न चाहनेहरुका लागी हामीले मेगा, ग्लोबल आइएमइ, लक्ष्मी, नबिल र एनआइसी एसिया गरी पाँच बैंकहरुसँग साझेदारी गरेका छौँ।’

  • साउदीले सपिङ मलमा विदेशी कामदार नलिने!

    साउदीले सपिङ मलमा विदेशी कामदार नलिने! सेतोपाटी, काठमाडौं, वैशाख ७ - साउदी अरबले सपिङ मलमा विदेशी कामदार नलिने भएको छ। साउदी सरकारले आफ्ना नागरिकहरुलाई रोजागारीको अवसर दिनेभन्दै विदेशीहरुलाई सपिङ मलमा काम गर्न प्रतिबन्ध लगाउने जनाएको छ। साउदी श्रम मन्त्रालयका प्रवक्ता खालेद अबा अल खालीको ट्वीटलाई उल्लेख गर्दै ब्लुमवर्गले लेखेको समाचार अनुसार यो निर्णयको बारेमा बिस्तृत जानकारी भने खुलाइएको छैन।

  • अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाःथरीथरीका उत्पादन र प्रविधि(फोटोहरु)

    अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाःथरीथरीका उत्पादन र प्रविधि(फोटोहरु) अनिश रेग्मी, काठमाडौं, वैशाख ७ - काठमाडौंको भृकुटी मण्डलमा विहिबारदेखि ‘१३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नविनतम प्रविधि प्रर्दशनी’ सुरु भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको घरेलु तथा साना उद्योगको उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरेको हो ।

  • पुरानो प्रविधिबाट कुटेको चिउरा बेच्दै नेवारी महिला

    पुरानो प्रविधिबाट कुटेको चिउरा बेच्दै नेवारी महिला सुधिर भण्डारी , काठमाडौं, वैशाख ७ - राजधानीको भृकुटीमण्डपमा बिहीबारबाट जारी १३ औं अन्तर्राष्ट्रिय औद्योगिक मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा ‘टोखा सरस्वती लाछी महिला समुहले’ धेरैको ध्यान तान्यो।मेलामा धैरै प्रकारका प्रविधीको प्रदर्शनी भएपनि उक्त महिला समुहको परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न ठुलै भीड देखिन्थ्यो।

  • नेपाल एयरलाइन्सको व्यवस्थापन जिम्मा लिन जर्मन कम्पनी ‘लुफ्थान्सा’ इच्छुक

    नेपाल एयरलाइन्सको व्यवस्थापन जिम्मा लिन जर्मन कम्पनी ‘लुफ्थान्सा’ इच्छुक रवीन्द्र शाही , काठमाडौं, वैशाख ७ - सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिर्घकालिन रणनीतिक साझेदार बन्न जर्मन एयलाइन्स कम्पनी लुफ्थान्सा कन्सल्टिङ इच्छुक देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको रणनीतिक साझेदार बन्न इच्छुक कम्पनीहरुबाट आसय पत्र माग गर्दै जारी गरेको ‘बन्द टेन्डरमा’ एकमात्र कम्पनी लुफ्थान्साले प्रस्ताव पेश गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

  • नेपाल एयरलाइन्सलाई ऋण सम्झौता गर्न बाटो खुल्यो

    नेपाल एयरलाइन्सलाई ऋण सम्झौता गर्न बाटो खुल्यो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ७ - नेपाल एयरलाइन्सले खरिद गर्न लागेको वाइड बडी विमान खरिदको लागि आवस्यक ऋण लिन नेपाल सरकार जमानी बस्ने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले नेपाल एयरलाइन्सको लागि जमानी बस्ने निर्णय गरेको छ। अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेशनमार्फत एयरबस ३३०–२०० दुईथान किन्ने सम्झौता गरिसकेको नेपाल एयरलाइन्सको लागि ऋण दिन तयार भएको कर्मचारी संचयकोषले जमानी नेपाल सरकार नै बस्नुपर्ने अडान राखेको थियो।

  • राजधानीका पम्पहरुमा तेल हाल्नेको लामो लाइन, निगम भन्छ ‘कृत्रिम अभाव मात्र हो’

    राजधानीका पम्पहरुमा तेल हाल्नेको लामो लाइन, निगम भन्छ ‘कृत्रिम अभाव मात्र हो’ बिनोद आचार्य, काठमाडौँ, बैशाख ७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा जाने निर्णय गरेको केहि दिन नबित्दै यसको प्रत्यक्ष असर राजधानीका पेट्रोल पम्पहरुमा देखिन थालको छ। राजधानीका अधिकांश पेट्रोल पम्पहरुमा आफ्ना सवारीसाधनमा तेल हाल्न चाहनेको लामो लाइन लाग्न थालेको छ जसले गर्दा दैनिक साढे ३ लाख देखि ४ लाख किलोलिटर तेल माग हुने गरेकोमा अहिले बढेर ८ लाख किलोलिटर पुगेको छ।

  • नेपाली बजारमा सामसङ एक्लैको ६० प्रतिशत हिस्सा-स्थापित

    नेपाली बजारमा सामसङ एक्लैको ६० प्रतिशत हिस्सा-स्थापित प्रकाश / बिनोद, काठमाडौं, वैशाख ७ - विश्व स्मार्टफोन बजारमा अग्र पंक्तिमा रहेको सामसङ नेपालमा पनि सबैभन्दा रुचाइएको ब्राण्ड हो । पछिल्लो समय स्मार्टफोनप्रतिको प्रयोगकर्ताको एक पछि अर्को अर्थपूर्ण नविनता तथा डिजाइनमा भित्र्याउँदै आएको सामसङले हालै मात्र नेपाली बजारमा ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ सार्वजनिक गरेको छ ।

  • सरकारी राजश्वबाट आफ्नै खल्ती भर्ने यातायातका पाँच कर्मचारी निलम्बनमा

    सरकारी राजश्वबाट आफ्नै खल्ती भर्ने यातायातका पाँच कर्मचारी निलम्बनमा रवीन्द्र शाही , काठमाडौं, वैशाख ६ - यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँचजना कर्मचारीहरु निलम्बनमा परेका छन्। ५६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निलम्बन गरेको छ। यातायात व्यवस्था कोशी कार्यालयका प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापाल शुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले निलम्बन गरेको हो।

  • सामसुङ ‘एस एट’ र ‘एस एट प्लस’नेपाली बजारमा, मूल्य र फिचर यस्ता छन्

    सामसुङ ‘एस एट’ र ‘एस एट प्लस’नेपाली बजारमा, मूल्य र फिचर यस्ता  छन् सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ६ - नेपाली बजारमा सामसुङका दुई स्मार्टफोन ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ आज सार्वजनिक गरिएको छ। सामसुङ नेपालले दुई स्मार्टफोन सार्वजनिक गरेको हो। नेपाली बजारमा ‘एस एट’ को मूल्य ८८ हजार ९ सय र प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ। वैशाख २२ गतेदेखिमात्र ग्राहकहरुले किन्न पाउने स्मार्टफोनको प्रि बुकिङ भने खुल्ला भएको छ। www.s8prebooking.com वेबसाइटमा गएर बुकिङ गर्न सकिने छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी