ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढ्दो

  • Get News Alerts

 बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् ।

घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग यहाँका ग्रामीण क्षेत्रमा बढ्दो रुपमा रहेको छ ।

सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

शङ्करपुरका रामप्रसाद रानाले विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा प्रणाली प्रभावकारी भएको उल्लेख गर्दै बाढीले विस्थापनमा पारेपछि लालझाडी वन छेउ विद्युत्को विकल्पका रुपमा चार वर्षदेखि सौर्य ऊर्जा प्रणाली जडान गरेर विद्युत्को आपूर्ति गर्दै आएका बताए।

विद्युत् नपुगे पनि विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्दै आएको उनले बताए।

घरेलु सौर्य विद्युत् प्रणालीमा सरकारले चार हजारदेखि १० हजार रुपैयाँसम्म अनुदान दिने भएकाले यसप्रति ग्रामीण क्षेत्रका बासिन्दा बढी आकर्षित भएको नौखरीका खडक चौधरीले बताए।

“एकल महिला, पिछडिएका वर्ग, विपत्ती पीडित, गरिब, द्वन्द्वबाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजातिको हकमा प्रति लक्षित घरधुरीलाई थप अनुदान रकमसमेत उपलब्ध गराउने सरकारी व्यवस्थाले सघाउ पु¥याएको छ” – उनले भने।

१० हजारदेखि ५० हजारसम्ममा सौर्य ऊर्जा विद्युतीय प्रणाली जडान गर्न सकिने र विद्युत्भार कटौतीको विकल्पका रुपमासमेत सर्वसाधारणले यस प्रणालीको उपभोग गर्दै आएका छन् ।
सौर्य ऊर्जाको क्षेत्रमा कार्य गर्दै आएका कम्पनीका अनुसार मासिक रुपमा छदेखि १० वटासम्म सौर्य ऊर्जा प्रणालीको कञ्चनपुरमा खपत हुने गरेको छ ।

बढ्दो विद्युत्भार कटौतीले सौर्य ऊर्जाको महत्व बढाएको उल्लेख गर्दै जिल्ला विकास समितिको ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिनेश लम्सालले इन्भर्टर र जेनेरेटरको खर्च धान्न नसक्ने सर्वसाधारणका लागि सौर्य ऊर्जा उपयोगी सावित भएको बताए।

विसं २०६५ देखि ऊर्जा तथा वातावरण एकाइको यहाँ स्थापनापछि सौर्य ऊर्जाको खपत बढेको हो । कञ्चनपुरमा २०६५ सालदेखि हालसम्म सौर्य ऊर्जाको प्रयोग गर्नेको सङ्ख्या एक हजार ६९ पुगेको छ ।

ऊर्जा तथा वातावरण एकाइको तथ्याङ्कअनुसार बेलडाँडी नगरपालिकामा २७९, बेलौरी नगरपालिकामा १८६, देखतभूलीमा ९१, दोधारा नगरपालिकामा १३३, शङ्करपुरमा ७८, रौतेली विचवा र बाइसे विचवामा ५२÷५२ वटा, झलारीपिपलाडी नगरपालिकामा ६०, कृष्णपुर नगरपालिकामा ४८, बेदकोट नगरपालिकामा ६२ घरमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ ।

यसैगरी, पुनर्वास नगरपालिकामा १०, रैकवार विचवाका ३० घरमा सौर्य ऊर्जा जडान गरिएको छ । सरकारले विद्युत् नभएको बेला पनि सहर क्षेत्रलाई उज्यालो राख्नका लागि अनुदानमा सौर्य सडक बत्ती जडान गर्ने योजना ल्याएपछि नगरपालिकाले कार्यक्रमलाई अगाडि सारेका छन् । पुनर्वास नगरपालिकाले नगरका १० बढी ठाउमा सौर्य बत्ती जडान गरेको छ ।

सत्तरी प्रतिशत सरकारले २० प्रतिशत सम्बन्धित नगरपालिकाले र १० प्रतिशत स्थानीय जनताले खर्च व्यहोर्नुपर्ने व्यवस्थाअनुरुप नगरपालिकामा सडक बत्ती राखिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए।

यसैगरी, झलारी पिपलाडी नगरपालिकाले आव २०७४÷७५ मा कार्यान्वयन हुने गरी १० लाख रकम सौर्य बत्तीका लागि बजेट विनियोजन गरेको छ । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • ‘आइफोन सिक्स एस’ २०१६ मा सर्वाधिक विक्री भएको फोन

    ‘आइफोन सिक्स एस’ २०१६ मा सर्वाधिक विक्री भएको फोन एप्पलले सन् २०१५ मा सार्वजनिक गरेको ‘आइफोन सिक्स एस’ मोडलको फोन २०१६ मा सर्वाधिक विक्रि भएको तथ्यांकले देखाएको छ।

  • गल्फ आयलको वार्षिक दुई हजार किलोलिटर लुब्रिकेन्ट बिक्री

    गल्फ आयलको वार्षिक दुई हजार किलोलिटर लुब्रिकेन्ट बिक्री गल्फ आयलले नेपालमा आफ्नो वार्षिक दुई हजार किलोलिटर लुब्रिकेन्ट बिक्री हुने गरेको जनाएको छ। हालै राजधानीमा ‘टेक्निकल मिट’ आयोजना गरी गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल ल्युब आयलले वार्षिक कुल आवश्यकताको १० प्रतिशत भन्दा बढी हिस्सा आफूहरुले ओगटेको जनाएको हो।

  • ग्यासमा कमिसन बढाउनुपर्ने भन्दै आन्दोलनको चेतावनी

    ग्यासमा कमिसन बढाउनुपर्ने भन्दै आन्दोलनको चेतावनी प्रतिसिलिण्डर ५० रुपैयाँ कमिसन खाँदै आएका ग्यास विक्रेताहरुले सरकारले पुस १९ गतेदेखि कमिसन घटाएर ३२ रुपैयाँ कायम गरेपछि आन्दोलन चर्काउने चेतावनी दिएका छन्। यसअघि ग्यासमा भएको कमिसन हटाएपछि विक्रेता संघ रुपन्देही र अन्य डिलरहरुले पुस २० गते देखि माघ ५ गतेसम्म आन्दोलन गरेका थिए। उद्योगीहरुले विक्रेताहरुका माग पुरा गर्ने भन्दै थप ६ रुपैयाँ कमिसन बढाउने बताएपछि स्थगित भएको आन्दोलन व्यवसायीहरुले फेरी चर्काउने बताएका छन्।

  • पाँच वर्षभित्र ग्रामीण क्षेत्रका सबै भान्सा धुवाँमुक्त बनाइने

    पाँच वर्षभित्र ग्रामीण क्षेत्रका सबै भान्सा धुवाँमुक्त बनाइने परम्परागत तरिकाले प्रयोग हुँदै आएका दाउरा, गुइँठाजस्ता उर्जालाई आधुनिक, दिगो र स्वच्छ तवरले विकास गर्ने उद्देश्यका साथ नेपाल जैविक उर्जा रणनीति कार्यान्वयनमा आएको छ। जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार गरिएको रणनीतिक मस्यौदा आज सार्वजनिक गरिएको छ।

  • ग्यासको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीको माग

    ग्यासको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीको माग उपभोक्ता अधिकारकर्मीहरुले खाना पकाउने ग्यासको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले निगमले घाटा देखाउँदै सधैं उपभोक्तालाई शोषण गर्ने गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी