राजधानीका पम्पहरुमा तेल हाल्नेको लामो लाइन, निगम भन्छ ‘कृत्रिम अभाव मात्र हो’

  • Get News Alerts

दैनिक साढे तीन लाख किलोलिटर तेलको माग बढेर ८ लाख पुग्यो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा जाने निर्णय गरेको केहि दिन नबित्दै यसको प्रत्यक्ष असर राजधानीका पेट्रोल पम्पहरुमा देखिन थालको छ।
 
राजधानीका अधिकांश पेट्रोल पम्पहरुमा आफ्ना सवारीसाधनमा तेल हाल्न चाहनेको लामो लाइन लाग्न थालेको छ जसले गर्दा दैनिक साढे ३ लाख देखि ४ लाख किलोलिटर तेल माग हुने गरेकोमा अहिले बढेर ८ लाख किलोलिटर पुगेको छ। 
 
तराईमा फेरि आन्दोलन हुने हल्ला र पम्प व्यवसायीहरुले तेल अभावको रहेको बताउन थालेकाले राजधानीबासी सवारीसाधनको टयाङकी भरी तेल हाल्न तथा स्टोर गर्न खोज्ने प्रवृतिका कारण यो समस्या देखा परेको नेपाल आयल निगमका प्रवक्ता सिताराम पोखरेलले बताए।
 
पोखरेलका अनुसार मधेसी दलहरुले फेरि आन्दोलनमा जाने निर्णय गरेसँगै फेरि तेल अभाव हुन सक्ने त्रासले गर्दा सामान्य समय भन्दा दुई गुणा बढि  तेलको माग देखिएको हो।
 
उनले सेतापाटीसँग कुरा गर्नै क्रममा भने, ‘तराईमा आन्दोलन हुने हल्ला तथा नाकाबन्दीको समयको जस्तो अभाव फेरि दोहोरिने सक्ने हो कि भन्ने त्रासका कारण मानिसहरु तेल भण्डारण गर्न खोज्ने गरेको हामीले अनुभव गरेका छौँ, फलस्वरुप तराई केन्द्रित दलहरुले केहि नयाँ निर्णय गर्ने बित्तिकै तेलको माग अस्वभाविकरुपमा बढन थालेको छ।’
 
उनले भने यहि मौका छोपी केहि पम्प तथा तेल तस्करहरुले कृत्रिम अभाव गर्न खाज्न सक्ने तर्फ सचेत रही त्यसका लागी अनुगमन टोली समेत परिचालन गरिएको दाबी गरे।
 
उनले इन्डियन ओयल कर्पोरेसन (आइओसी) बाट नियमित तेल लोड भइरहेको जानकारी दिदँै बजारमा देखिएको कृत्रिम हल्लाको अवस्थालाई तोड्न पेट्रोल पम्पहरुलाई पर्याप्त तेल बाडिरहिएको र नियमित अनुगमनका लागि कर्मचारीहरु खटाइएको समेत बताए।
 
त्यस्तै, प्रवक्ता पोखरेलले पम्प्हरुमा देखिएको लाइनलाई कम गर्न भन्दै नेपालगञ्जको डिपोबाट थप १ लाख तथा भैरहवाको डिपोबाट ६० हजार किलोलिटर तेल मगाइएको उल्लेख गरे।
 
पोखरेलले तेलको कुनै अभाव नहुने भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न समेत अपिल गरे। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • आगामी हिउँदमा औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य!

    आगामी हिउँदमा औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य! अघिल्लो वर्ष हिउँददेखि घरायसी ग्राहकहरु लोडसेडिङ मुक्त भएपनि आगामी हिउँद भने चुनौतिपुर्ण बन्दै गएको छ। अघिल्लो वर्ष चुहावट नियन्त्रण, व्यवस्थापनबाट लोडसेडिङ हटाइए पनि यो वर्ष भने चुनौतिपुर्ण रहेको स्वयम् अधिकारीहरुले बताइरहेको समयमा उर्जामन्त्री महेन्द्र बहादुर शाहीले भने आगामी हिउँदमा औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ मुक्त पार्ने घोषणा गरेका छन्।

  • विमान र विमानस्थल रक्षकहरुको सम्मेलन काठमाडौंमा

    विमान र विमानस्थल रक्षकहरुको  सम्मेलन काठमाडौंमा जहाज, एयरपोर्ट तथा समग्र हवाई क्षेत्रमा विभिन्न प्रकार सुरक्षा चुनौतिहरु बढ्दै गएको भन्दै चासो र चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नेपालमा भने ‘एयरक्रफ्ट फायर फाइटर’हरुको सम्मलेन सुरु भएको छ। हवाई यातायात अझै सुरक्षित, नियमित, भरपर्दो र विश्वसनीय बनाइराख्नको लागि र यो क्षेत्रमा उत्पन्न भएका नयाँनयाँ चुनौतिको सामना गर्न पेशामा लागेकाहरुको सीप, क्षमता विकास गर्न सम्मलेन आयोजना गरिएको आयोजक नेपाल उद्धार तथा अग्नी निवारक संघले जानकारी दिएको छ।

  • कृत्रिम इन्धन अभावको मार खप्दै सर्वसाधारण

    कृत्रिम इन्धन अभावको मार खप्दै सर्वसाधारण युक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको ४८ घन्टा नबित्दै वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभावले सर्वसाधारणलाई हैरानी बढाएको छ । वीरगन्जमा रहेका पेट्रोल पम्पमा बिहानेदेखि “माफ गर्नुहोला पेट्रोल छैन” लेखिएको साइनबोर्ड झुन््याइएका कारण सर्वसाधारले हैरानी व्यहोर्नु परेको हो । नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले वीरगन्ज नगरमा सञ्चालित पेट्रोल पम्पमा आइतबार मात्र १५ हजार लिटर पेट्रोल वितरण गरिएको जनाए पनि पम्पहरुले पेट्रोल छैनको साइनबोर्ड लगाई कृत्रिम अभाव सिर्जना गरेका हुन् ।

  • देशभर ‘युरो­४’ मापदण्डको तेल, के छ फाइदा ?

    देशभर ‘युरो­४’ मापदण्डको तेल,  के छ फाइदा ? उपभोक्ताले आजबाट आफ्ना सवारीसाधनमा देशभरका पेट्रोल पम्पहरुमार्फत युरो­४ मापदण्डको तेल हाल्न पाउने भएका छन्। यद्यपि काठमाडौँ उपत्यकाका उपभोक्ताले भने सोमबारबाटै युरो­४ मापदण्डको तेल पाएका छन्। नेपाल आयल निगमले भारतबाट ल्याउने तेल युरो­३ गुणस्तरको हुने गरेपनि भारत सरकारले २०१७ बाट युरो­३ लाई विस्थापित गरी युरो­४ मापदण्ड प्रतिस्थापन गरेसँगै नेपालमा पनि सोहि गुणस्तरको तेल आयात हुन थालेको हो।

  • अलैँची खेतीमा किसान आकर्षित

    अलैँची खेतीमा किसान आकर्षित जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता अलैँचीले बजारमा राम्रो मूल्य पाउन थालेकाले पनि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी