एक खर्ब ३० अर्ब ७४ को परियोजना सुरु

  • Get News Alerts

 कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज यहाँ आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरेका हुन्। परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि  दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल एक खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिए । चालु आवमा देशभर पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

“हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,” ढकालले भने । सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनको भनाइ छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताए। परियोजना शुभारम्भ कार्यक्रममा सांसद प्रेम सुवालले समेत आफ्नो धारणा राखेका थिए । रासस ९तस्बिर उपलब्ध छ०

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्लटिङले मासि‌ंदै छ केराखेती

    प्लटिङले मासि‌ंदै छ केराखेती केराका लागि उर्वर भूमि मानिएको चितवनको जग्गा खण्डीकरणसँगै केराखेती विस्थापित हुने चिन्ता बढेर गएको छ । एक गाउँ एक उत्पादनका रुपमा उद्योग वाणिज्य सङ्घ चितवन शाखाले प्रवद्र्धन गर्दै आएको केराखेती अहिले घडेरीका लागि जमिन मासेर खण्डीकरण हुँदै आएको छ ।

  • गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै किसान

    गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै किसान केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन्। जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो।

  • कृषि परियोजनाका लागि डेढ करोड लगानी

    व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ। जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो।

  • हेला गरिएकै अन्नबालीको माग बढ्दो

    हेला गरिएकै अन्नबालीको माग बढ्दो अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ । यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यसलाई हेलाका रुपमा हेरिने गरिएको छ । बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताउछन्।

  • अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

    अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआएका छन्। तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआएका थापाले बिरुवा बिक्रीबाट वार्षिक २० लाखसम्म आम्दानी गरिरहेका छन्। उनले सुरुवातमा एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरेका थिए। हाल उनले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएका छन्। तालिम लिएपछि उनी बिरुवा उत्पादन गर्न थालेका थिए।

किनमेल अनुभव

  • अष्ट्रेलियामा मासुभन्दा साग महँगो अष्ट्रेलियामा मासुभन्दा साग महँगो

    नेपालमा मेरो घर ललितपुर हात्तीवन हो। अष्ट्रेलियामा पढ्न आएको एक वर्ष भयो। सिड्नीमा बस्दै आएको छु। नेपाली विद्यार्थी पढ्न भनेर आए पनि सबै अष्ट्रेलिया आएपछि काम गर्नैपर्ने हुन्छ।

    पवन राउत, हाल सिड्नी

  • w
  • थाइल्याण्डमा टिसर्ट धेरै सस्तो थाइल्याण्डमा टिसर्ट धेरै सस्तो

    थाइल्याण्डमा टिसर्ट निकै सस्तो पाइने रहेछ। बुटवल र काठमाडौंमा ८ सयदेखि १५ सयसम्म भनिने टिसर्ट थाइल्याण्डमा नेपाली ३ सय रुपैयाँमा नै पाइने रहेछ। हुन त काठमाडौंमा अधिकांश टिसर्ट थाइल्याण्डबाट नै आउने हो। तर ३ सयको टिसर्टलाई व्यापारीले १५ सयमा बेच्न भने नपाउने हो।

    बालकृष्ण न्यौपाने, बुटवल

  • tata
  • भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो

    मैले गत पुस ३ गत ६ वर्षे छोराको लागि बालाजुमा रहेको भाटभटेनी सुपरमार्केटबाट ९ सय रुपैंयाँमा एक जोर जुत्ता किनेको थिएँ। मेरो छोरोको विद्यालयमा पढ्ने र विद्यालयका लागि अर्कै जुत्ता लगाउनु पर्ने हुँदा उसले १० दिन जति मात्र त्यो जुत्ता लगायो होला।

    जगदिश तिवारी,बालाजु

  • आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु

    मेरो घर धनुषा जिल्ला हो। हाल काठमाडौं महाराजगंज बस्दै आएको छु। जनकपुरबाट म विदेश जाने भनेर काठमाडौं आएको हुँ । विदेश पठाउने म्यानपावर र दलालले दिने दुख सम्झेर नेपालमै केही गर्नु पर्यो भनेर बलेरो गाडी किनेँ।

    गौरव श्रेष्ठ (डण्डे), काठमाडौं

  • क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ! क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ!

    म क्यानडा आएको एक वर्ष भयो । क्यानडाको बा्रम्टन भन्ने ठाँउमा मेरो बसाई छ । नेपामा मेरो घर ललितपुर जिल्लाको इमाडोलमा हो । पुख्र्याैली घर भने झापा जिल्ला पर्छ । नेपाल र क्यानडाको तुलना गर्न त मिल्दैन। यहाँ हरेक कुराको सिस्टम छ र नागरिक पनि त्यहिअनुसार चलेका छन् । नेपालको तुलनाका कमाई राम्रो भएपनि खर्च पनि त्यतिनै हुने रहेछ ।

    बालकुमार कार्की , क्यानडा

  • बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु

    म नर्सिङको बिद्यार्थी हुँ। सपिङ गर्न प्राय सपिङ कम्पेक्सहरुतिर नै जाने गरेकी छु। मलाई बार्गेनिङ गर्न आउँदैन त्यसैले जाँदा सधै दिदीहरु लिएर जाने गरेकी छु।

    इन्जु धामी

  • एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो

    बर्षैपिच्छे सामानहरुको भाउ अपत्यारीलो तरीकाले बढीरहेको छ । पोहोर साल मैले एउटा ‘लेदर लुक्स ज्याकेट’ २५ सय रुपैयाँमा किनेको थिए । यसपाली त्यस्तै क्वालिटीको ज्याकेटलाई पसलेहरुले ३५ सय भन्छन् । एकै बर्षमा एक हजार मुल्य बृद्धी, यो त अत्ति भयो नि । हामि जस्तो बिद्यार्थीहरुलाइ मुल्य बृद्धीले प्रत्यक्ष असर पारेको छ । यस बिषयमा पनि सरकारले ध्यान दिए हुन्थ्यो ।

    अमृत बस्नेत

  • खेलकुदका सामग्रीमा त नठगे हुने नि खेलकुदका सामग्रीमा त नठगे हुने नि

    म ललितपुर जिल्लाको राष्ट्रिय तेक्वादो कार्यसमितिको सचिव छु। म प्रायः जिल्लामा खेलकुद प्रतियोगिता संचालन गर्छु । खेलकुद सामाग्री किन्न बिभिन्न स्पोर्ट हाउमा गएको छु। सबै पसलमा सामान कमसल राखेर मुल्य बढी लिने गरेको जस्तो लागेको छ । एक त स्पोर्ट हाउस कम भएको सामाग्रि किन्नै प¥यो । राम्रो सामाग्री भएन भने खेलाडि देखि सबैको अफिसियल साथीहरुको चित्त बुझ्दैन खेलकुद जस्तो पेसाको सामानमा त कमसेकम नठगेको भए हुन्थ्यो जस्तो लाग्छ ।

    बिमलकुमार अछामी

लोकप्रिय

सूचनापाटी