तरकारी उत्पादनमा कमी

  • Get News Alerts

 तरकारी उत्पादनमा कमी आएको छ । 
 
चिसो मौसममा कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो । उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको सङ्ख्या मात्रै बढेको छ । 
 
तरकारी उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताए । तरकारीको मौसममा दैनिकरुपमा करिब ५०० किसानले तरकारी ल्याउने गरेका थिए । तर अहिले दैनिक ५० जनाको हाराहारीमा मात्र तरकारी बिक्री गर्न आउने गरेका छन् । 
 
कालीमाटी तरकारी बजारमा भन्दा यहाँ किसानले तरकारीको मूल्य बढी पाउने गरेका छन् । उग्रचण्डी कृषि बजारमा अन्य बजारमा भन्दा राम्रै व्यापार हुने गरेको अर्का स्थानीय व्यापारी सुन्दर पराजुली बताउँछन्। 
 
जाडो मौसममा सिँचाइको अभाव हुने हुँदा उत्पादनमा कमी आएको स्थानीय कृषक सरस्वती बजगाईंले बताइन्। तरकारीको उत्पादन अनुसार बजार मूल्य नपाएको उनले गुनासो गरिन्। “बजारमा व्यापारीको हारालुछ नै चल्छ, तर भने अनुसारको मूल्य दिँदैनन्,” उनले भनिन् । दिनरात तरकारी खेतीमा नै लाग्दा पनि लगानी अनुसारको मूल्य पाउन नसकेका किसान बताउँछन । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सडक अवरुद्ध हुँदा इटहरीमा तरकारीको मूल्य आकासियो

    सडक अवरुद्ध हुँदा इटहरीमा तरकारीको मूल्य आकासियो अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि यहाँ तरकारीको मूल्य आकाशिएको छ।

  • बाढीले धनुषामा २५ करोडको माछा बगायो

    बाढीले धनुषामा २५ करोडको माछा बगायो बाढीले धनुषामा २५ करोडभन्दा बढीको माछा बगाएको छ। बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन्।

  • आपूर्ति नभएको भन्दै व्यापारीले मनपरी बढाउन थाले तरकारीको मूल्य

    आपूर्ति नभएको भन्दै व्यापारीले मनपरी बढाउन थाले तरकारीको मूल्य देशका विभिन्न जिल्लाहरु बाढी­पहिरो, डुबानमा पर्दा आपूर्ति कम भएको भन्दै व्यापारीहरुले मनपरीरुपमा फलफूल तथा तरकारीको भाउ बढाएका छन्। हाल बजारमा सबै खाले तरकारी तथा फलफूलको भाउ अचकालीरुपमा बढाइएको छ। अधिकांश फलफूल तथा तरकारीको बजार मूल्यमा ४० प्रतिशतदेखि शत प्रतिशतसम्म वृद्धि भएको छ। अघिल्लो हप्तासम्म ६० रुपैंयाँ प्रति केजीमा किनबेच हुने गरेको गोलभेडाको मूल्य हाल १२० रुपैंयाँ पुगेको छ।

  • चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला

    चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला सामान्यतया गाउँघरका करेसाबारीमा तरकारीको रुपमा प्रयोग गरिने घिरौंला कति लामो होला ? अनि त्यसको मोटाई अर्थात गोलाई फिट कति सम्म होला ? स्वभावैले ६ इन्चदेखि डेढ फिट लामो र ५ इन्च मोटाई सम्म हुँदो हो। तर झापा शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन्।

  • काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना

    काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी