बाली बिमाबारे किसान अनविज्ञ

  • Get News Alerts

 बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन्। 
 
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन्। 
 
सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए।  
 
बाली बिमा नगरेकै कारण किसानले बर्सेनि क्षतिपूर्ति पाउन सकेका छैनन् । “बाली बिमाबारेमा किसानले चासो दिने गरेका छैनन्,” नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्राविधिक सहायक महादेव अवस्थीले भने। कम्पनीले डडेल्धुरा र बैतडीमा कृषि बिमा गर्ने गरेको छ । 
 
सरकारले विभिन्न बालीमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बिमा शुल्क आफैले तिर्ने गर्दछ । क्षतिपूर्ति किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्छन् । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • महँगियो गोलभेडा: प्रतिकेजी १ सय १० रुपैयाँ

    महँगियो गोलभेडा:  प्रतिकेजी १ सय १० रुपैयाँ खुद्रा तरकारी बजारमा उपभोक्ताले अहिले सानो गोलभेडालाई प्रतिकेजी ११० रुपैयाँसम्म तिर्नुपरेको छ। कालिमाटीको होलसेल बजारमै गोलभेडाको थोक मूल्य प्रतिकेजी ७८ रुपैयाँ छ। व्यापारीहरुले अरुबेलाझैं आफूलाई नाफा राखेर बेच्दा गोलभेडाको खुद्रा मूल्य १ सयभन्दा बढी पर्न गएको छ। गोलभेंडाको खुद्रा मूल्य अहिले १ सयदेखि ११० रुपैयाँसम्म पर्ने गरेको व्यापारीहरु बताउँछन्।

  • इलाममा करिब पाँच अर्बको दूध उत्पादन

    इलाममा करिब पाँच अर्बको दूध उत्पादन दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ।

  • माछा सुपरजोनमा ५० करोडको क्षति

    माछा सुपरजोनमा ५० करोडको क्षति बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो।

  • तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

    तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान गौशाला नगगरपालिका– १२ ९साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन्।

  • मोरङ-सुनसरी सिँचाइ आयोजनामा ८० करोडको क्षति

    केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब ८० करोडको क्षति भएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी