दुधको लागत मूल्य नपाउँदा किसान निराश

  • Get News Alerts

 
लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् । 
 
लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् । पशुलाई खुवाउने दाना, चोकर, ढुटो, पराल, घाँसको मूल्य बढ्दै जाँदा दूधको मूल्यमा लागतअनुसार वृद्धि हुन सकेको छैन । सरकारी अनुदान नाम मात्रको रहेको छ । 
 
पश्चिम चितवनको चनौलीका कृषक कुलानन्द अधिकारीले ४५ वटा गाई पालेका छन् । दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका अधिकारी खर्च धान्न मुस्किल भएको बताउँछन् । कामदार पाउन नसकेपछि घरका सबै सदस्य मिलेर गाईको हेरचाह गर्दैआएका छन् । 
 
“गाईको सङ्ख्या घटाउँदै लगेको छु, यस्तै अवस्था रहे पेसा छाड्नुको विकल्प छैन,” उनले भने । 
 
यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको तीन कार्यकाल अध्यक्ष रहिसकेका शङ्करराज राजभण्डारीले सुरुवातमा ५२ वटा गाई पालेका थिए । उनले दैनिक ३०० लिटरसम्म दूध बिक्री गर्थे। अहिले उनले १६ वटा गाई पालोछन् । दैनिक ७५ देखि ८० लिटरसम्म दूध बिक्री गर्ने गरेको उनी बताउँछन् । 
 
“गाईभैँसी पाल्नेहरु विस्थापित हुँदै गएका छन्,” उनले भने । खर्च धान्न मुस्किल परेकाले कतिपय किसानले पेसा छोड्दै गएका राजभण्डारीको भनाइ छ । किसानलाई खर्च धान्न मुस्किल र उपभोक्तालाई खरिद गरेर खान महँगो परिरहेको बताउँदै उहाँले बिचौलियाकै कारण उत्पादन गर्ने र उपभोग गर्ने मर्कामा परेको बताए । 
 
दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष हरिहर सुवेदी पहिलेको तुलनामा दैनिक दूध उत्पादनमा २५ देखि ३० हजार लिटर घटेको बताउँछन् । लागत मूल्य बढ्दै जाँदा दूधको मूल्य नबढेपछि किसानमा उत्साह नरहेको उनले बताए । 
 
विसं २०७१ पुसमा दूधको मूल्य वृद्धि गरिएको थियो । कृषकले प्रतिलिटर दूधको मूल्य ४० रुपैंयाँ पाउने गर्छन् । तर बजारमा ६० रुपैंयाँमा बिक्री भइरहेको छ । त्यही दूधबाट घ्यू उत्पादन गरी व्यवसायीले थप नाफा कमाउने गरेका छन् । कृषकले लागत मूल्य पाउनका लागि प्रतिलिटर ५० मा दूध बेच्नुपर्ने सुवेदीको भनाइ छ । 
 
४४ किलोको बोराको चोक्करको मूल्य एक हजार एक सय रुपैंयाँ पर्छ भने दानाको प्रतिकिलो २८ देखि ४० तथा ढुटोको मूल्य २८ देखि ३० सम्म पर्छ । कामदार पाउन मुस्किल हुन्छ । परालको मूल्य र घाँस उत्पादनको लागत निकै बढेको किसान बताउँछन् । 
 
जिल्लामा १४० वटा दुग्ध उत्पादक सहकारी संस्थाले दूध सङ्कलन गरेर स्थानीय बजार र बाहिरी जिल्लामा पठाउने गर्छन् । कतिपय कृषकले आफँैले सोझै बजारमा पठाउने गरेका छन् । सङ्घका उपाध्यक्ष बालकृष्ण उप्रेतीका अनुसार जिल्लामा दैनिक करिब तीन लाख ६५ हजार लिटर दूध उत्पादन हुन्छ ।
 
काठमाडौँ, पोखरा, वीरगन्जलगायत सहरमा दैनिक एक लाख ५० हजार लिटर दूध बिक्री हुन्छ । दैनिक दुई लाख १० हजार लिटर दूध, दुग्ध किसान र स्थानीय बजारमा खपत हुने गरेको उप्रेतीले बताए । 
 
जिल्लामा करिब ४८ हजार कृषक दुग्ध उत्पानमा आबद्ध भएका अनुमान छ । करिब ३६० जनाले व्यावसायिक रुपमा गाईभैँसी पालेका उप्रेती बताउँछन् ।
 
 “बिचौलियाका कारण कृषकले मूल्य नपाउँदा विस्थापित हुने अवस्था छ,” उनले भने । सहकारीले आफैँ उद्योग बनाएर प्रशोधन नगरेसम्म किसानले लाभ पाउन नसक्ने उप्रेतीको भनाइ छ । 
 
पछिल्लो समय सरकारले दुग्ध उत्पादक कृषकलाई गोठ सुधारका लागि सहयोग गर्दै आएको छ भने घाँसको बीउ र डाले घाँसको बिरुवा पनि वितरण गर्दै आएको छ । प्रतिलिटर एक अनुदान समेत यस वर्षबाट सुरु गरेको छ । यद्यपि सो रकम पर्याप्त हुन नसकेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इं बताउँछन् । 
 
‘दूध क्षेत्रको प्रवद्र्धन आर्थिक र सामाजिक रुपान्तरण’ नाराका साथ आज विभिन्न कार्यक्रमसहित दूध दिवस मनाइँदैछ । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला

    चन्द्रकलाको बारीमा फल्यो साढे ४ फिट लामो घिरौंला सामान्यतया गाउँघरका करेसाबारीमा तरकारीको रुपमा प्रयोग गरिने घिरौंला कति लामो होला ? अनि त्यसको मोटाई अर्थात गोलाई फिट कति सम्म होला ? स्वभावैले ६ इन्चदेखि डेढ फिट लामो र ५ इन्च मोटाई सम्म हुँदो हो। तर झापा शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन्।

  • काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना

    काँक्रो किन तितो हुन्छ? यसरी राेक्न सकिन्छ तितोपना कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ।

  • कास्कीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

    कास्कीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेती विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।

  • बाली बिमाबारे किसान अनविज्ञ

    बाली बिमाबारे किसान अनविज्ञ बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् ।

  • किसानको पहलमा बाख्राको स्रोतकेन्द्र

    तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ । जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी