सिमेन्टको मूल्य तत्काल नबढ्ने

  • Get News Alerts

नेपाली बजारमा तत्काल सिमेन्टको मूल्य नबढ्ने भएको छ। केही समय अगाडिमात्र उद्योगीहरुले मूल्य बढाए पनि उद्योग मन्त्री नवीन्द्रराज जोशीको आग्रहपछि उद्योगीहरु मूल्य नबढाउन सहमत भएका छन्। 
 
आइतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिसँगको छलफलमा मन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भर्खरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीहरुलाई आग्रह गरेपछि उद्योगीहरु मूल्य नबढाउन सहमत भएका हुन्। 
 
छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको भन्दै तत्काललाई सरकारको अनुरोध स्वीकार गरिएको बताए। हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने उनले जानकारी दिए।  
 
सरकारले लागतलाई कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्ने भन्नेबारे अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक समिति गठन गरेको छ।
 
समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने विषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ। 
 
अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिबोरा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए। 
 
आजको छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा आफ्नो मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीहरुलाई आग्रह गरेका थिए।  
 
नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तत्पर रहेको मन्त्री जोशीले बताए।   
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो

    भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो पछिल्लो समय क्षमता बढाउँदै गएका नेपालका सिमेन्ट उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्न थालेका छन्। तीन हप्तादेखि कोइला, क्लिंकर लगायत सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउन नसक्दा उत्पादन घट्दै गइरहेको व्यवसायीहरुले बताएका छन्।

  • जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन

    जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन शंकर ग्रुपको जगदम्बा स्टिलले राइनो स्टिल एफई ५०० डि ग्रेडको डण्डी उत्पादन थालेको छ। प्राविधिक विषयमा जानकारी गराउने उद्देश्यले आयोजित एक सम्मेलनमा जगदम्बाका सिईओ आनन्द नेपालले नयाँ पुस्तालाई हुनेगरी मजबुत बलियोका लागि नयाँ डण्डीको उत्पादन थालिएको बताए।

  • सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

    सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन्। भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ।

  • विश्वको आधा स्टिल चीनमा उत्पादन

    विश्वको आधा स्टिल चीनमा उत्पादन विश्वर उत्पादन हुने स्टिलमा चिनियाँ हिस्सा पचास प्रतिशत रहेको छ। विश्व स्टिल एसोसिएसनको तथ्यांक अनुसार विश्वभरमा उत्पादन भएको स्टिलमा चीन एक्कलैले आधा उत्पादन गर्ने गरेको छ।

  • पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने

    पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पपछिको पुनःनिर्माणको काम सोचेअनुसार हुन नसकेको बताएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी