इट्टाको विकल्पमा ‘इन्टर लक ब्लक’

  • Get News Alerts

साढे दुई लाखको मेसिन किनेपछि आफैले बनाउन सकिने
थाइल्याण्डमा निकै प्रचलित इन्टर लक ब्लकले नेपालमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गइरहेको छ। 
 
दुई तलासम्म घर बनाउन मिल्ने यो ब्लकको बजार मूल्य प्रतिगोटा ५० रुपैयाँ पर्छ। यो ब्लक बालुवा, सिमेन्ट र ढुंगाको धुलोको समिश्रणबाट बनाइने हुँदा निकै बलियो हुने व्यवसायीहरु बताउँछन्। यो ब्लकको तौल ८ किलो हुन्छ। 
 
एउटा ब्लकले तीन वटा इट्टाको काम गर्ने व्यवसायीहरुको दावी छ। यो अन्य ब्लकको तुलनामा बलियो र वैज्ञानिक भएको हिमालयन ट्रेडिङ बिजनेस कन्सर्नका म्यानेजर कृष्ण नेपालीले बताए। यो ब्लकबाट बिशेषत वाल, टहरो, पार्टेसन तथा २ तलासम्मको घर बनाउन सकिने नेपालीले बताए। 
‘मानिसहरुको मनमा ब्लक भन्ने वित्तिकै कमजोर हुन्छ भन्ने मानसिकता छ, र बजारमा पाइने धेरैजसो ब्लक कमसल नै छन् तर यो इन्टर लक ब्लक निश्चित मापदण्ड अनुसार बनाइएको हुन्छ’ उनले भने ‘संरचना बनाउँदा यो एकआपसमा राम्रो सँग लक गरिने हुँदा अरु सामान्य ब्लक भन्दा निकै बलियो हुन्छ।’ 
 
ब्लकमा रहेको प्वालमा फलामे डण्डी राखेर बनाइने हुँदा संरचना बलियो हुने नेपालीले बताए।  विशेषगरी यो ब्लकको माग नेपालको गोरखा, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुलीलगायतका जिल्लामा पनि हुन थालेको उनको भनाइ छ। ‘कम पैसामा बलियो संरचना बनाउन सकिने हुँदा यसको लोकप्रियता बढेको छ’ उनले भने। 
 
यो ब्लकले घर बनाउँदा इट्टाको तुलनामा निकै कम सिमेन्ट बालुवा लाग्छ र निकै छिटो घर निर्माण गर्न सकिने व्यवसायी बताउँछन्। मेसिनमा ब्लक बनाएपछि एक हप्ताजति सुकाउनुपर्छ। शितल ठाउँमा सुकाउने र साँझ बिहान पानीले भिजाएपछि हप्ता–दस दिनमा यो ब्लक तयार हुन्छ। 
 
इट्टा बनाउँदा जस्तो यो ब्लक बनाउँदा वातावरण प्रदुषण नहुने र निकै सजिलोसँग बनाउन सकिन्छ।यसको व्यवसाय नै गर्ने हो भने पनि धेरै खर्च गर्नु पर्दैन। इन्टर लक ब्लक बनाउने मेसिनलाई जम्मा २ लाख ४० हजार पर्छ। केही दिन प्रशिक्षण लिएपछि जोकोहीले पनि ब्लक बनाउन सिक्ने भएकोले यसले रोजगारीको समेत सिर्जना हुने व्यवसायीहरुको भनाइ छ। 
 
 
धेरैको घर बनाउनुपर्ने छ भने यो मेसिन नै किनेर ब्लक बनाउँदा सस्तो पर्दछ। हिमालयन ट्रेडिङका नेपाली भन्छन् ‘धेरैको घर बनाउनु पर्ने छ भने मिलेर यो मेसिन किन्ने, ब्लक तयार भएपछि घर बनाउन सकिन्छ।’
 
ब्लकको बीचमा डण्डी राखिने भएकाले यो भूकम्पप्रतिरोधात्मक पनि हुने व्यवसायी बताउँछन्। यद्यपी साढे दुई तलाभन्दा अग्ला घर भने यसबाट बनाउनु उपयुक्त हुँदैन। ब्लक गह्रौ हुने हुँदा अग्लो घर बनाएमा माथिल्ला तलाको भार पर्दछ। यसले संरचनाको भारवहन क्षमतामा असर पर्दछ। ‘तर एक वा दुई तलाको घर बनाउन यो अति नै उपयोगी छ, यस्ता ब्लकबाट बनाएको घरमा सामान्य रेट्रोफिट हुन्छ, जसले गर्दा भूकम्पका धक्काले पर्खाल भत्किँदैन’ नेपालीले भने।  
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो

    भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो पछिल्लो समय क्षमता बढाउँदै गएका नेपालका सिमेन्ट उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्न थालेका छन्। तीन हप्तादेखि कोइला, क्लिंकर लगायत सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउन नसक्दा उत्पादन घट्दै गइरहेको व्यवसायीहरुले बताएका छन्।

  • जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन

    जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन शंकर ग्रुपको जगदम्बा स्टिलले राइनो स्टिल एफई ५०० डि ग्रेडको डण्डी उत्पादन थालेको छ। प्राविधिक विषयमा जानकारी गराउने उद्देश्यले आयोजित एक सम्मेलनमा जगदम्बाका सिईओ आनन्द नेपालले नयाँ पुस्तालाई हुनेगरी मजबुत बलियोका लागि नयाँ डण्डीको उत्पादन थालिएको बताए।

  • सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

    सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन्। भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ।

  • विश्वको आधा स्टिल चीनमा उत्पादन

    विश्वको आधा स्टिल चीनमा उत्पादन विश्वर उत्पादन हुने स्टिलमा चिनियाँ हिस्सा पचास प्रतिशत रहेको छ। विश्व स्टिल एसोसिएसनको तथ्यांक अनुसार विश्वभरमा उत्पादन भएको स्टिलमा चीन एक्कलैले आधा उत्पादन गर्ने गरेको छ।

  • पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने

    पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पपछिको पुनःनिर्माणको काम सोचेअनुसार हुन नसकेको बताएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी