जेसीबीको ग्रामिण अभियान सम्पन्न

  • Get News Alerts

नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी  सिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामिण अभियान सुरु गरेको थियो । 
 
जेसीबी इन्डियाका प्राविधिकसहितको टोलीले नेपालभर ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको अर्थमुभर्सले जानकारी दिएको छ। 
 
जलविद्युत, राजधार्ग, विमानस्थल जस्ता मेगास्ट्रक्चरको निर्माण कार्यमा मात्र होइन हाम्रा मेसिनहरु पेट्रोल पम्प, पशुपालन, खेतीपाती जस्ता साना व्यवसायमा समेत प्रयोग हुने भएकोले व्यवसायी र स्थानीय बासिन्दालाई जेसीबीका मेसिनहरु प्रयोग गरेर कसरी समय र पैसाको बचाउ गर्न सकिन्छ  भनेर चेता जगाउन अभियान चलाएको अर्थमुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिब देउजाले जानकारी दिए। 
 
‘स्थानीय तहबाटै विकास निर्माणको कार्यलाई प्राथमिकता दिइरहेको समयमा यस्तो मेसिनहरु हरेक गाउँ र सहरमा अपरिहार्य जस्तै भइसकेको छ,’ उनले भने, ‘अहिले उपभोक्ता समूह र टोल सुधार समितिहरुले समेत स्थानीय प्रयोजनका लागि हेभि इक्विपमेन्ट राख्ने चलन बढेको छ । यस्तो अवस्थामा मेसिनबारे जानकारी हुनु आवश्यक छ । त्यसैले नै हामीले यो अभियान चलाएका हौं ।’
 
ग्रामिण अभियान अवधिभर जेसीबीका मेसिन किन्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणको अवसर दिइनुका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट समेत दिइएको थियो । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन नेपाली बजारमा छन्। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो

    भारतबाट कच्चा पदार्थ नआउँदा सिमेन्टको उत्पादन आधा घट्यो पछिल्लो समय क्षमता बढाउँदै गएका नेपालका सिमेन्ट उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्न थालेका छन्। तीन हप्तादेखि कोइला, क्लिंकर लगायत सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउन नसक्दा उत्पादन घट्दै गइरहेको व्यवसायीहरुले बताएका छन्।

  • जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन

    जगदम्बाले थाल्यो ‘राइनो’ स्टिलको उत्पादन शंकर ग्रुपको जगदम्बा स्टिलले राइनो स्टिल एफई ५०० डि ग्रेडको डण्डी उत्पादन थालेको छ। प्राविधिक विषयमा जानकारी गराउने उद्देश्यले आयोजित एक सम्मेलनमा जगदम्बाका सिईओ आनन्द नेपालले नयाँ पुस्तालाई हुनेगरी मजबुत बलियोका लागि नयाँ डण्डीको उत्पादन थालिएको बताए।

  • सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

    सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन्। भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ।

  • विश्वको आधा स्टिल चीनमा उत्पादन

    विश्वको आधा स्टिल चीनमा उत्पादन विश्वर उत्पादन हुने स्टिलमा चिनियाँ हिस्सा पचास प्रतिशत रहेको छ। विश्व स्टिल एसोसिएसनको तथ्यांक अनुसार विश्वभरमा उत्पादन भएको स्टिलमा चीन एक्कलैले आधा उत्पादन गर्ने गरेको छ।

  • पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने

    पुनर्निर्माणका लागि उद्योगबाट सरकारले सस्तोमा सामान किन्ने उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पपछिको पुनःनिर्माणको काम सोचेअनुसार हुन नसकेको बताएका छन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी