इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

  • Get News Alerts

 इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। 
 
औद्योगिक क्षेत्रका लागि सरकारले भूमिको उचित प्रबन्ध गर्न लागिरहेको बेला इँट्टा उद्योगको व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न गठित अध्ययन टोलीले तयार गरेको नेपालमा इँट्टा उद्योगसम्बन्धी राष्ट्रिय रणनीतिक नीतिको मस्यौदा माथिको छलफलमा सरोकारवालाले सो धारणा व्यक्त गरेका छन्। 
 
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)को सहयोगमा पूर्वसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित अध्ययन टोलीले तयार गरेको मस्यौदामा इँट्टा उद्योगमा प्रयोग हुने कोइलाको विकल्पमा विभिन्न वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगमा जोड दिइएको छ। 
 
यसैगरी इँट्टाका गुणस्तर निर्धारण तथा विविधीकरण, बालश्रम, व्यावसायिक सुरक्षा, ज्यालाजस्ता सामाजिक सुरक्षाको महत्व तथा अनुगमन मूल्याङ्कनको भरपर्दो संयन्त्र निर्माणलाई पनि प्राथमिकता दिइएको छ। 
 
नेपालमा हाल करिब एक हजारवटा इँटाभट्टा सञ्चालनमा रहे पनि अधिकांश परम्परागत ढङ्गबाट सञ्चालन रहेका र ती भट्टामा वातावरण प्रदूषण, उत्पादन क्षमता न्यून र व्यावसायिक सुरक्षाको स्थिति कमजोर रहेको छ। 
 
मस्यौदामाथि छलफल गर्न आज यहाँ आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघन पुडासैनी, इसिमोडका महानिर्देशक डेभिड मोल्डेन, इँट्टा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारलगायतले इँट्टा उद्योगमा ल्याउनुपर्ने प्रविधि तथा नीतिगत सुधारका बारेमा प्रकाश पारे। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • शिवम् सिमेन्टद्वारा केएनपी राष्ट्रिय महिला भलिबलको सह–प्रायोजन

    शिवम् सिमेन्टद्वारा केएनपी राष्ट्रिय महिला भलिबलको सह–प्रायोजन शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सह–प्रायोजन गर्ने भएको छ। उक्त प्रतियोगिता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि सुरु हुन गइरहेको छ।

  • चीनद्वारा उपल्लो मुस्ताङ्गीलाई निर्माण सामग्री प्रदान

    चीनद्वारा उपल्लो मुस्ताङ्गीलाई निर्माण सामग्री प्रदान छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।

  • उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च

    उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

    व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी